×

NMB BANK
NIC ASIA

क्याम्पसमै संस्कृति र इतिहास संकटमा, पढ्न नै आउँदैनन् विद्यार्थी

असार ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – कुनै समय धेरै विद्यार्थीको रोजाइँमा पर्ने मानविकी संकाय अहिले कमजोर बनेको छ । मानविकी संकायमा अध्ययन गर्ने विद्यार्थी नगन्य मात्र हुन थालेका छ ।

Sagarmatha Cement
Muktinath Bank

मानविकी अध्ययन गरेका विद्यार्थी कुन क्षेत्रमा लाग्ने भन्ने स्पष्ट धार नहुँदा त्यसप्रति विद्यार्थी प्रतिवर्ष घट्दै गएका हुन् । ५ नम्बर प्रदेशमा रहेका त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा इतिहास, संस्कृति र भूगोल विषय अध्ययन गर्ने विद्यार्थीको संख्या न्यून देखिएको छ । शैक्षिक सत्र २०७४÷७५ मा स्नातक तह अन्तर्गतको मानविकी संकायका ३ विषयमा निकै कम मात्रामा विद्यार्थी भर्ना हुन आएको देखिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रुपन्देही, पाल्पा, दाङ, बाँके लगायतका जिल्लामा रहेका त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ५ वटा आंगिक क्याम्पसमा स्नातक तहको पहिलो, दोस्रो र तेस्रो वर्षको इतिहास विषयमा मात्र ८ जना विद्यार्थी भर्ना भएका छन् । संस्कृतिमा ४० जना तथा भूगोलमा ५५ जना विद्याथी भर्ना भएका छन् । भैरहवा बहुमुखी क्याम्पस रुपन्देहीमा चालू शैक्षिक सत्रमा स्नातक तहअन्तर्गत इतिहास र संस्कृतिमा भर्ना हुने विद्यार्थीको संख्या शून्य छ ।


Advertisment
Nabil box
Kumari

भूगोल विषयको अध्यापन हुन छाडेको ३ वर्ष भएको छ । यसको एउटै कारण विद्यार्थीको अभाव हुनु हो । क्याम्पस परीक्षा शाखाकी सीता श्रेष्ठले विगत ३ वर्ष यता निकै न्यून मात्रामा विद्यार्थी भर्ना हुन आएकाले प्रशासनको आदेशमा यसै शैक्षिक वर्षदेखि इतिहास र संस्कृति विषयमा विद्यार्थीको भर्ना नलिएको बताइन् ।

Vianet communication
Laxmi Bank

त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा स्नातक तहको दोस्रो र तेस्रो तहमा इतिहास विषयमा विद्यार्थी संख्या शून्य रहेको छ । प्रथम वर्षमा भने २ जना विद्यार्थीले भर्ना गरेका छन् । क्याम्पसको तथ्याङ्क अनुसार भूगोल विषयमा स्नातक तहमा ४ जना विद्यार्थी भर्ना भएका छन् । तथ्यांकले संस्कृति विषयमा १४ जना विद्यार्थी भर्ना भएको देखाउँछ । 

‘इतिहास, संस्कृति, भूगोल तथा राजनीतिशास्त्र जस्ता विषयमा विद्यार्थी टिकाइ राख्न यी विषयलाई व्यवसायिक बनाइएको छैन । त्यसैले विद्यार्थी अन्य धारका विषयमा पलायन हुँदै छन् ।’

बुटवल बहुमुखी क्याम्पस रुपन्देहीमा स्नातक तहमा इतिहास विषयमा २ जना विद्यार्थी भर्ना भएका छन् । पहिलो वर्षमा १ र दोस्रो वर्षमा १ गरी २ जना मात्र भर्ना भएका हुन् । संस्कृतिमा प्रथम र तेस्रो वर्ष गरी ७ जना विद्यार्थीले मात्र भर्ना लिएका छन् भने दोस्रो वर्षमा कोही पनि भर्ना हुन आएनन् ।

क्याम्पसमा भूगोल विषय अध्ययन गर्न आउने विद्यार्थीको संख्या अन्य २ विषयमा आउने विद्यार्थीको तुलनामा केही सुधारोन्मुख देखिन्छ । क्याम्पसमा भूगोल विषयमा स्नातक तहका ३ वर्षमा ३० जना विद्यार्थी भर्ना भएका छन् ।

महेन्द्र बहुमुखी क्याम्पस दाङले दिएको तथ्याङ्क अनुसार क्याम्पसमा सञ्चालन भइरहेको स्नातक तहको दोस्रो वर्षको परीक्षामा संस्कृतितर्फ ७ जना मात्र सहभागी भएका छन् । क्याम्पसले भूगोल विषयमा ६ विद्यार्थी मात्र परीक्षामा सम्मिलित भएको देखाएको छ । निमित्त क्याम्पस प्रमुख सुर्दशन रिजाल संस्कृति र भूगोलमा पछिल्ला समयमा विद्यार्थीको चाप उल्लेखनीय ढंगले घटेको बताउँछन् । 

नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा स्नातक तहमा इतिहास विषयमा ५ जना विद्यार्थी भर्ना भएका छन् । तर, ती विद्यार्थीमध्ये दोस्रो वर्षमा कोही पनि भर्ना भएनन् । क्याम्पसमा संस्कृति विषयमा तीनै तह गरी जम्मा १२ जना विद्यार्थी भर्ना भएका छन् भने भूगोलमा १५ जना विद्यार्थी भर्ना भएका छन् । 

किन घटे विद्यार्थी ? 

भैरहवा बहुमुखी क्याम्पसमा संस्कृति विषयका प्रा.डा. गीतु गिरीले प्राविधिक धारका विषयका कारण इतिहास र संस्कृतिजस्ता विषय ओझेलमा पर्न गएको बताउँछन् । संस्कृतिजस्ता विषयलाई सरकारले व्यवसायीकरण गर्न चुकेका कारण यी विषयप्रति विद्यार्थीको वितृष्णा जागेको उनको भनाइ छ । 

‘हाम्रो पहिचानको व्याख्या हुन नसक्नु नै राष्ट्रियतामाथि नै आँच आउनु हो । यो चाला हो भने अबको ५० वर्षमा नेपालको इतिहास जानेको मान्छे औंलाले गन्न सकिन्छ, यसको असर पर्यटन उद्योगदेखि नेपालको पहिचानसम्म पर्न सक्छ ।’

संस्कृतिमा विद्यावारिधिसमेत गरेका प्रा.डा. गिरी भन्छन्, ‘इतिहास, संस्कृति, भूगोल तथा राजनीतिशास्त्र जस्ता विषयमा विद्यार्थी टिकाइ राख्न यी विषयलाई व्यवसायिक बनाइएको छैन । त्यसैले विद्यार्थी अन्य धारका विषयमा पलायन हुँदै छन् ।’

पाठ्यक्रमको समयानुसार विकास नगरी पुरातनवादी सैद्धान्तिक पाठ्यक्रममै आधारित प्रध्यापन हुने भएकाले इतिहासमा विद्यार्थी घटेको इतिहासविद् निर्मल श्रेष्ठ बताउँछन् ।

इतिहासको सिकाइ सैद्धान्तिक मात्र नभइ अनुसन्धानात्मक हुनुपर्ने बताउँदै उनी त्यसमा सरकारको लगानी नभएका कारण विद्यार्थीमा पढ्ने चेष्टा हराएको बताउँछन् । ‘विद्याथीलाई रुचि जाग्ने पाठ्यक्रम भयो र त्यससँगै अवसर पनि जोडिएर आए भने विद्यार्थी कम हुने कुरै आउँदैन,’ श्रेष्ठ भन्छन्, ‘इतिहास पढेपछि अब आफू कसरी पालिने भन्ने कुराको चिन्ता पनि त हुनुभएन नि !’

बुटवल बहुमुखी क्याम्पसमा इतिहास विषयका प्रा. सूर्यबहादुर जिसीले विद्यार्थीलाई सानैदेखि यी विषयमा रुचि जगाउने खालका कार्यक्रम नभएकाले यस्तो समस्या आएको बताउँछन् । सामाजिक शिक्षाका रुपमा राखेपनि विषयगत रुपमा इतिहास, संस्कृति, भूगोल तथा राजनीति शास्त्रलाई पाठ्यक्रममा समावेश गर्न नसक्दा विद्यार्थीको रुचि अन्य विषयतिर नै केन्द्रित हुने गरेको उनको भनाइ छ । प्रोफेसर जिसी भन्छन्, ‘विषयगतरुपमा प्लस टुको पाठ्यक्रममा पनि छैनन्, यी विषय, स्नातक तहमा विद्यार्थी कम हुनु त्यो एउटा प्रमुख कारण हो ।’ 

असर के ? 

नेपाली समाजको विकासक्रममा भएका घटनासँग प्रत्यक्ष सरोकार राख्ने यी विषयमा विद्यार्थी ह्वात्तै घट्नुले राष्ट्रियताको राम्रोसँग उजागर हुन नसक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । यस्ता विषयमा विद्यार्थी नहनुु भनेको नेपाली समाजको संस्कृति र त्योसँगै जोडिएर आउने इतिहासको व्याख्या हुन नसक्नु हो भन्छन् प्रा. डा. गिरी । यसले खोज गर्नुपर्ने संस्कृति र योसँग जोडिएका ऐतिहासिक महत्वहरू लुप्त अवस्थामा नै हराएर जान सक्ने उनको चिन्ता छ ।

‘हाम्रो पहिचानको व्याख्या हुन नसक्नु नै राष्ट्रियतामाथि नै आँच आउनु हो,’ प्रा.डा. गिरी भन्छन्, ‘यो चाला हो भने अबको ५० वर्षमा नेपालको इतिहास जानेको मान्छे औंलाले गन्न सकिन्छ, यसको असर पर्यटन उद्योगदेखि नेपालको पहिचानसम्म पर्न सक्छ ।’

विद्यार्थीको अभावमा यस्ता महत्वपूर्ण कुरामा खोज तथा अन्वेषण गर्न जनशक्ति उत्पादन नहुने भएकाले नेपालको इतिहास, संस्कृति तथा भूगोलजस्ता कुराको अनुसन्धान र व्याख्या गर्न गैरनेपालीलाई बाहिरबाट ल्याउनुपर्ने बाध्यात्मक परिस्थितिको सिर्जना हुन सक्ने इतिहासविद् श्रेष्ठ बताउँछन् । यो कुराले नेपाली समाजको मौलिकतालाई समेत असर पु¥याउने श्रेष्ठको ठहर छ ।

श्रेष्ठ भन्छन्, ‘इतिहासको बारेमा नयाँ पुस्तालाई थाहा हँुदैन । ऐतिहासिक सम्पदा तथा सांस्कृतिक महत्वका विषयमा खोज गर्न विदेशी विज्ञ बोलाउनुपर्ने अवस्था आउन सक्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x