×

NMB BANK
NIC ASIA

तराईमा ‘हरडहुवा’ : पहाडमा हरियो संक्रान्तिको रौनक

असार ३०, २०७५

NTC
Sarbottam
हरडहुवा लगायत चाडपर्वमा बनाइने थारु परिकारहरू
Premier Steels
Marvel

धनगढी – धान रोपाइँ सकिनै लाग्दा विविधताले भरिएको ७ नम्बर प्रदेशका गाउँवस्तीमा फरक–फरक संस्कृतिको रौनक छाउन थालेको छ ।

Muktinath Bank

एकातिर रानाथारु वस्तीमा धान रोपाइँ पछिको हरडहुवा पर्वको रौनक थपिएको छ भने अर्कोतिर पहाडी समुदायमा साउन महिनाको आगमनसँगै हरियो अर्थात् साउने संक्रान्तिको । तराईका आदिवासी डंगौरा थारु, रानाथारु, कठरिया


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

थारु वस्तीमा यतिबेला हरडहुवा, निमौनी र हरधोवाको निकै रौनक थपिएको हो । जुन पर्वको रौनकले रोपाइँको कार्य समापन भएको जनाउ गर्दछ ।


Advertisment
Nabil box
Kumari

हरडहुवा पर्व धान रोपाइँ सकिएको खुशीयालीमा कञ्चनपुर, कैलाली, बर्दिया लगायत जिल्लास्थित डगौंरा, रानाथारु, कठरिया थारूले सामूहिक रुपमा खानपान, नाचगान गरी पर्व मनाउन थालेका हुन् ।

Vianet communication
Laxmi Bank

थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीले हरडहुवा पर्वको अवसरमा चेलिबेटी तथा ईष्ट मित्रलाई घरमा आमन्त्रण गरी आपसमा खुशीयाली साटासाट गरिन प्रचलन रहेको बताए । उनका अनुसार हरडहुवा तथा हरधोवाको शाब्दिक अर्थ हर अर्थात् हलो धुनु हो । 

पर्वमा बंगुर, खसी सामूहिक रुपमा काटेर खानपान गरी रमाउने प्रचलन रहिआएको छ । तर, वस्तीपिच्छे हरडहुवा फरक–फरक तिथिमा मनाउने गरिएको छ । पर्व मनाउने तिथिमा एकरुपता ल्याउन पनि जरुरी रहेको संयोजक चौधरीले बताए ।

कैलारी गाउँपालिका–८ दुधियाका बर्का गुरुवा (थारु जातिका पुरोहित) प्रदेशी थारुले हरडहुवाको आफ्नै विशेषता रहेको बताए । उनले रोपाइँको क्रममा जानी–नजानी किंरा फट्यांग्रा, सर्प, भ्यागुता लगायत जीवहरू मर्ने हुने हुँदा पापबाट मुक्तिको लागि पनि हर जुवाको पूजा गर्ने र खानपान गरी हरडहुवा मनाउने चलन रहिआएको जानकारी गराए ।

पहाडी जिल्लामा हरियो संक्रान्ति मनाउने प्रचलन रहेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ वासुदेव पाण्डेका अनुसार हरियो संक्रान्तिको अवसरमा अन्नबाली सप्रियोस् भनी मेल प्रजातिको रुखको हाँगा धान रोपिएको खेतमा गाड्ने प्रचलन रहेको जानकारी दिए ।

असारको समाप्ति तथा साउनको आगमनले हिन्दू धर्मावलम्बीमा अलग्गै उत्साह थपिएको छ । खेतीपाती बृद्धिको लागि भगवान शिवको पूजाआजा गर्ने, दीनदुखीलाई अन्न दान गर्ने परम्परा समेत रहँदै आएको बताइन्छ । साउन महिनाभरि माछामासु नखाने, साउनभरि दैनिक रुपमा मन्दिर तथा देवालयमा जल चढाउने समेत बताइन्छ ।

पछिल्लो समय महिलाले साउने संक्रान्तिको अवसरमा हरियो चुरा लगाउने, हातमा मेहन्दी लगाउने समेत गरिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x