×

NMB BANK
NIC ASIA

राजतन्त्र, कांग्रेस र संघीयताबारे 'सविता माता'को भविष्यवाणी !

असार ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धेरै वर्षअघि हाम्रो गाउँमा पृथ्वी ध्वस्त हुने हल्ला चलेको थियो । शायद त्यो हल्ला देशभरि फैलिएको हुनुपर्छ तिनताका । पृथ्वी ध्वस्त हुने हल्लाका कारण गाँउलेहरूले पालेका हाँस, कुखुरा, परेवा र खसीबोका काटेर खान थाले ।

Muktinath Bank

तिनीहरूको कथन थियो, ‘कति दिन त बाँचिएला र बाबै, अब खाएरै मर्ने हो ।’ मासु नखानेहरूले घिउ र भात दबाइरहेका थिए । सबैको मनमा डर थियो – पृथ्वी ध्वस्त भयो भने मीठामीठा खानेकुरा खान पाइन्न भन्ने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर आजको मितिसम्म पृथ्वी ध्वस्त भएको छैन । जल, जमीन र जंगल हाम्रै परिवेशमा छन् । यी हिमाल र महाकाली नदीहरू आ–आफ्नै लयमा उठिरहेका छन्, बगिरहेका छन् । मृगशावकहरू उति नै प्यारो बान्कीमा चरिरहेका छन् बुकी फुल्ने पहाडका यी सुन्दर रनबनहरूमा । सिक्लेसको डाँडामा गुराँसका थुंगाहरूले आफ्नो लालिमाको रंग पोत्न बिर्सेका छैनन् । गोपीकृष्ण हलको पछाडि धराने कालो बंगुरको सेकुवा पोल्न छाडिएको छैन । सबैभन्दा मुख्य कुरा तर्फ सुन्दरीहरूले मुस्कानको वाण हान्न भुलेका छैनन् । यसको मतलब अझै पृथ्वी ध्वस्त भएको छैन । 


Advertisment
Nabil box
Kumari

सम्झिरहुँ लाग्ने एउटा किस्सा छ । पृथ्वी ध्वस्त हुने हल्ला चलेको तीन महिनाअघि भीम अंकल र म मिलेर एकजना झाँक्रीलाई नराम्रोसँग पिटेका थियौं । बाँसको भाटाले पिटेका थियौं । यति धेरै पिटेका थियों कि त्यो झाँक्री एक महिनासम्म बिस्ताराबाट हलचल गर्न सकेनन् । तर हामीले ती झाँक्रीको उपचार पनि गरेका थियौं । ती झाँक्री एकदिन झमक्क साँझ पर्दा वीरमान काकाको घरमा गएर भनेछन्, ‘तेरो कतार गएको छोरा उतै मर्छ, आउँदैन । ज्युँदो हेर्न मन भए घोर्ले बोकाले पूजा गर्नुपर्छ ।’ यसकारण बोकाको मासु खाने दाउमा –याल चुहाइरहेका झाँक्रीले संयोगवश हाम्रो कुटाइ खाएका थिए ।

Vianet communication
Laxmi Bank

तर ती झाँक्रीमा कला भने बहुतै थियो । रिसाएका भनिएका सिमेभुमे, अनेकौं देवीदेउतालाई फकाउने उनमा जुन कला थियो, त्यो कुनै नाम चलेको कविले कागजमा कविता नहेरी मौखिक वाचन जस्तो थियो । घण्टौंसम्म ती अनवरत रूपमा अनेकौं देवीदेवतालाई मायालु भाका हालेर फकाइरहन सक्थे । यी बालबच्चाको के दोष, यी निर्दोष चेलीबेटीको के दोष, चाँडै निको बनाइदेऊ, तिमीलाई कसरी चित्त बुझाउने हो, त्यो बुझाउँला । के गल्ती भयो यी मनुष्यबाट, के कमजोरी भयो, जे भयो अञ्जानमा भयो, माफ देऊ भनेर देउता फकाउँथे ती । तर कुटाइ खाएको भोलिपल्टदेखि तिनले देवीदेउता फकाउने काम बन्द गरेर काठको काम गर्न थाले । 

अर्को पनि एउटा रोचक किस्सा छ । गाउँको मालारानीमा सामुदायिक वन थियो । सामुदायिक वनमा घाँसचोरहरूले फाइदा लुटिरहेका थिए । घाँस काट्न बन्देज त थियो तर केही चलाखहरूले लुकीलुकी घाँस काटिरहेका थिए । घाँसचोर कसरी पत्ता लगाउने ? वनका रुखमा घाँस काटिएको देखिन्छ । यद्यपि कल्ले काटेको हो त्यो भने पत्ता लाग्दैन । केही सीप नलागेपछि अन्ततः एकजना पण्डित बाजेले कडा आइडिया निकाले । 

त्यो के भने, गाउँमा भएका सबै गोठालाहरू चौतारीमा जम्मा हुने अनि ‘मैले सामुदायिक वनमा घाँस काटेको छैन, काटेको भए मेरा दाम्ला नाम्ला सेलाऊन् भनेर भगवद्गीता समातेर कसम खाने । कतिपयले मेरा डिंगाबाच्छा मरून्, ब्याउनी भैंसी तुहिएर मरोस् जस्ता किरिया खाइरहेका थिए । पालैपालो गोठालाहरू हातमा डाम्लो समातेर चौतारीमा उक्लिरहेका थिए भगवद्गीता छोएर कसम खान । तर हामीलाई भने यो प्रक्रियामा कुनै विश्वास थिएन किनभने चोर र भगवद्गीता अनि धर्मकर्म र किरियासँग कुनै सम्बन्ध हुन्न । 

अन्यथा नमान्नुहोला, आखिरीमा निगरानी गरेर हामीले पत्ता लगाएरै छाड्यौं, सामुदायिक वनमा घाँस चोर्ने त त्यही पण्डित बाजेको कान्छा छोरा पो रहेछन् ।

सविता मातालाई भविष्य सोध्न जाँदा मलाई के भनिन् ? त्यो पक्कै लेखेको छु । तर तपार्इंहरूलाई लागेको होला, सुरबेसुरको के लेखिरहेछ यो निशानी पागलले आज ? यसको कुनै कामधन्दा छैन कि कसो भनेर । त्यो सोच्नु स्वाभाविक पनि छ किनभने सधैं देशको मायामा भावविह्वल भएर लेखिरहेको म, यो हप्ताको स्तम्भमा पृथ्वी ध्वस्त हुने कुरा, झाँक्रीका कुरा र पण्डित बाजेका कुरा लेखिरहेको छु । सविता माता र यी घटनाक्रमका किस्सा मेल खालान् कि नखालान् ? त्यो जान्न त केही वर्ष पर्खिनुपर्ला । 

तर माथिका ती किस्साहरू किन स्मरण गरेको हुँ भने म पूरै भौतिकवादी हुँ । म भौतिकवादी विचारधाराबाट प्रभावित नास्तिक मनुष्य हुँ । हुन त म जेसुकै भएपनि त्यसको के अर्थ छ र ? यो ब्रह्माण्डका अर्बौं मानवप्राणीहरूको खर्बौं विचार, आस्था र चिन्तनहरू छन् । कोही ओशो भनेर हिँडेका छन् । कोही जय रामजी की हजुर भन्या छन्, कोही ब्रह्मचारी बनेर हिँडेका छन् । कोही जय शम्भो भन्नेहरू छन् । ओम शान्ति ओमहरू छन् । अल्लाहदेखि येशुसम्म, गौतम बुद्धदेखि सीतारामसम्म । समयक्रमसँगै जन्मिएका यिनै भावनालाई भगवानको रूप दिएर अध्यात्मको बाटोमा डोहो–याउने प्रयास जारी छ ।

भौतिकवादीहरूले धर्मकर्म खासगरी देउतापूजा, व्यक्तिपूजा वा मरेपछि स्वर्ग जान सकिने कुरा इन्कार गर्छन् । भविष्यवाणी त झन् सबैभन्दा पातकी काम हो भन्ने ठान्छन् । काम नगरी सफलता प्राप्त हुँदैन र त्यसका निम्ति प्रार्थनाभन्दा पनि परिश्रम गर्नुपर्छ भन्ने मान्यता हो । यही मान्यताका सयौं किताबहरू पढियो । भविष्यको कुरा केवल श्रममा निर्भर हुन्छ, कुनै दैवीशक्तिको दयाले दुवै हातमा लड्डु आउँदैन भन्ने मरो भौतिकवादी मान्यता अहिले पनि जब्बर छ । 

सविता माताको कडा अडान छ – ‘राजा नआइकन देश बन्दैन । र यसका लागि ज्ञानेन्द्रको नाति हृदयेन्द्र राजा बन्ने नै देखेकी छन् सविता माताले । तर हृदयेन्द्र राजा बनेपनि ज्ञानेन्द्र थोरै समयको लागि भएपनि फेरि राजा बन्ने योग छ ।’

बिहानै उठेर काम गर्ने कि पूजा गर्ने ? यसका बारे म बहस गर्न चाहन्नँ । यो कहिल्यै नसकिने बहस हो । तर हिन्दू धर्मावलम्बीहरूको प्रभाव रहेको यो मुलुकमा राशिफल हेर्ने कुरा, जान्ने ज्योतिष खोजेर ग्रहगोचर हेराउने कुरा सामान्य लाग्छन् । जन्मेपछि चिना बनाउने प्रचलन छ । मेरो पनि चिना थियो, तर हालसालै त्यो हराएको छ । चिना नभएका मानिसहरूले हात हेराउने चलन छ । चिना र हात हेरेर भविष्यका सम्पूर्ण कुराहरूको भरपूर जानकारी लिन सकिन्छ भने म मात्रै किन अल्टर हुने यो देशमा ? त्यसैले सविता माता भेट्न पुगें ।

तर मेरो निजी बुझाइ के छ भने द्वन्द्ववादी मान्यताअनुसार जीवन र जगतमा हुने सबै वस्तु, घटना र प्रक्रियाहरूको उत्पत्ति, विकास र परिवर्तनको मूल कारण नै भौतिक तत्त्वको द्वन्द्वात्मक गतिमा निर्भर हुन्छ । त्यो गति मानवजीवनले पकड्न सक्छ कि सक्दैन भन्ने कुरा प्रमुख हो । संसारका सबै जैविक–अजैविक वस्तु, घटना, प्रक्रिया, सङ्घर्ष र आन्दोलनहरू निरन्तर गति र परिवर्तनको प्रक्रियामा हुने गर्छ । 

सविता माताकोमा भविष्य बुझ्न जाँदा

पूर्वी नेपालको धनकुटा जिल्लामा जन्मिएर आफूसँग भएको त्यो अलौकिक शक्तिलाई प्रयोग गरेर सबैको चित्त बुझाएर जीविकोपार्जन र भविष्यको चिन्ताका कारण भावनात्मक रूपमा टुटेकाहरूको उद्धार गरिरहेकी सविता सरु शर्मा आचार्यलाई भेट्न गएको थिएँ म पूर्व गएको अघिल्लो हप्ताको छेको पारेर । चलचित्रमा र धार्मिक प्रवचनमा देखिने माताहरूभन्दा निकै फरक माता सविता टाइट जीन्स पाइन्ट लगाएर बसिरहेकी थिइन् । सेक्सी देखिन्थिन् । 

तिनले न कुनै अजीब किसिमको माला लगाएकी थिइन्, न निधारमा लामो धर्सो जस्तो डरलाग्दो टीका । कलेज पढ्न जान लागेकी नानीको लूकमा जस्तो बसेकी थिइन् । 

सविता माताको सबैभन्दा चर्चित भविष्यवाणी हो – राजतन्त्र फर्किन्छ । मानिसहरू हल्ला चलाउँछन् – पूर्वयुवराज र पारसको मिलन नगराउनमा पनि सविता माताको ठूलो हात छ भनेर किनभने यी भड्किएका दुई आत्माको मिलन भयो भने दरबारमा कलह हुन्छ, पारसको भाग्यमा झैझगडा मच्चाउने योग छ भन्ने कुरा सविता माताले बुझाएकी छन् । शायद त्यसैले होला, केही दिनअघि पारसले ट्राफिक प्रहरीको सातो काडेका थिए भने तीन मिनेटको पत्रकार सम्मेलनमा कम्तीमा तीनपटक चुरोट सल्काएका थिए । 

त्यस्तै, मेरो ओठ फुटेर रगत निस्क्यो देशमा अनिष्ट हुन्छ भनेर भविष्यवाणी गरेकी सविता माताले खुमबहादुर खड्का जस्ता युवा नेताहरू बित्नुभन्दा केही दिनअघि देशले एकजना नेता गुमाउँछ भनेकी रहिछन् । शायद सविता माताको यिनै अद्भुत क्षमताका कारण नै होला उनी पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारको भविष्यवाणी गर्दै आइरहेकी छन् । राजाको चित्त बुझाउने काम गरेकी छन् । राजसंस्था फर्किएपछि मात्रै नेपाल समृद्धिको मार्गमा जाने उनको निर्मम भविष्यवाणी छ । 

राजपरिवार मात्र हैन, सविता माताले नेपालका नाम चलेका राजनीतिज्ञदेखि चर्चित कलाकार, उद्योगपतिसम्मको भविष्यवाणी गरेकी छन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, शेरबहादुर देउवा, नायिका रेखा थापा लगायतका दर्जनौं चर्चित अनुहारको भूत, भविष्य र वर्तमान हेरिसकेकी सविता माताले ३२ वटा विभिन्न देशको भ्रमण गर्ने अवसर पाएकी छन् । कम्तीमा पनि तीनलाख नेपालीको भविष्यवाणी गरिसकेकी माता सविता अलौकिक शक्तिकै माध्यमबाट देशमा हुने अप्रिय घटनाको समेत भविष्यवाणी गर्दै सचेत रहन सबैलाई आग्रह गर्दै आएकी छन् । 

बहुचर्चित भूतघरको प्रकरणमा यहाँ भूतसुत केही पनि छैन, यो घरमा नाटक रचिएको हो भनेकी थिइन् सविता माताले ।

मलाई के भनिन् त सविता माताले ?

पचास वर्ष काटेपछि डोकोमा बोक्न मिल्ने पैसा कमाउँछस् भन्नुभएको छ उहाँले । त्यसैले होला, एटीएम देख्दा पनि घृणा लाग्न थालेको छ । अब डोकोमै पेसा बोकेर हिँड्न पाएपछि यो नाथे एटीएमको के काम यार जस्तो लाग्न थाल्यो । हालसाल पैसा कमाउन नसक्नुको कारण चाहिँ मेरो घुमफिर गर्ने योग छ रे । एक ठाउँमा मन अडाएर बस्न नसक्ने दिल निशानी मगरको आत्मालाई सही ठेगानामा ल्याउन सविता माताजीले धेरै प्रयास गर्नुभएको छ । उहाँको त्यो प्रयासलाई म उच्च प्रशंसाले सम्मान गर्न चाहन्छु ।

हरेक बिहान उठेर निधारमा रातो टीका लगाउने गरेको छु, जुन टीका माताज्यूले नै दिनुभएको छ । टीकाको साथमा एक गेडा चामल पनि मुखमा हालेर हिँड्न भन्नुभएको छ । शायद फेसबूकबाटै थाहा पाउनुभयो कि कडा भविष्यवाणी गरेर थाहा पाउनुभयो विदेश गएर आउनुभएको रहेछ, फेरि जाने योग छ भन्नुभयो । पानीको सट्टा बीयर खानु हुँदोरहेछ भन्नुभयो । सारै खुशी लाग्यो यो कुरा मिलेको सुन्दा । यसको मतलब यो हैन कि अरू मिल्दै मिलेनन् । 

सविता माताले भन्नुभयो, ‘कन्याहरूले धेरै नै पछ्याउने योग छ । अहिले पनि दुई बूढी भएको देखाउँछ यो हातको रेखाले त । केकस्तो हो सत्य भनेर सोध्नुभयो ।’ अनि भन्नुभयो, ‘जीवनको अन्तिम घडीसम्म आइपुग्दा तिमीले ६ जना महिलासँग बिहे गर्नेछौ, ती सबै अधबैंसे उमेरका हुनेछन् । दुईजना त नानीको आमा पनि हुनेछन्’ भन्नुभयो । तीमध्ये तीनजनासँग मुद्दामामिला चल्ने र तीनजनासँग राम्रै सम्बन्ध कायम हुने भनेर घोषणा गर्नुभयो । ‘जति मुद्दामामिला चलेपनि फैसला भने तिम्रै पक्षमा हुने’ समेत बताउनुभयो ।

कांग्रेसका केही नेताहरू जस्तो कि बालकृष्ण खाँड, कमला पन्त, गगन थापा लगायतका नेताहरूले कांग्रेसको भविष्य बलियो बनाउने माताको उद्घोष छ ।

सविता माताले मेरो हौसला बढाउँदै भन्नुभयो – ‘तिमीले राम्रोसँग राजनीति गरेको भए गृहमन्त्रीसम्म बन्ने योग थियो, तर लाइन बिगारेको रहेछ । अझै पनि राजयोग देखिन्छ’ भन्नुभयो । तिमी ठूलो मान्छे बन्ने थियौ, सबैले मान्ने थिए तर यसका लागि क्षत्रीबाहुनको साथमा हिँड्नू । तिमी क्षत्रीबाहुनको साथमा हिँडेनौ भने ठूलो मान्छे बन्न सक्दैनौ भन्नुभयो । पाठकहरूलाई लाग्ला, निशानीले हावा कुरा लेख्यो भनेर । सोध्नुहोस् सविता मातालाई – उहाँले यो कुरा भन्नुभएकै हो कि तिमी ठूलो मान्छे बन्न क्षत्रीबाहुनको संगत गर्नू भनेर ।

सविता माताले केटीहरू एकदमै पछि लाग्छन्, जोगिएर हिँड्नु अन्यथा तिमी बर्बाद हुन्छौ, खरानी हुन्छौ भन्नुभयो । र यो पनि भन्नुभयो – पहिलोभन्दा दोस्रो घरबार राम्रो छ भनेर । दोस्रो घरबार नानीको आमासँग हुने र उसले बहुत माया गर्ने भन्नुभयो । यसमा मेरो भने फरक विचार छ । अहिलेसम्म माताले भनेको बाटोमा छैन म । हेरांै भविष्यमा के हुन्छ, त्यो अहिले नै भन्न सकिन्न । तर ब्रह्मचारीको बाटोमा छु, जोगी, साधुसन्तको मार्गमा छु । खै, ६ वटी नखरमाउलीसँग कसरी बिहे सम्भव होला र, यार ?

सविता माताको जय होस् !

अहिले सविता माताको कडा अडान छ – ‘राजा नआइकन देश बन्दैन । र यसका लागि ज्ञानेन्द्रको नाति हृदयेन्द्र राजा बन्ने नै देखेकी छन् सविता माताले । तर हृदयेन्द्र राजा बनेपनि ज्ञानेन्द्र थोरै समयको लागि भएपनि फेरि राजा बन्ने योग छ ।’ शायद श्रीपेच हृदयेन्द्रलाई बुझाउनका लागि होला । पुरानो धर्मसंस्कार, पुरानो रीतिरिवाज, पुरानो चालचलन बिर्सिएर कुनै पनि हालतमा देश अघि बढ्न नसक्ने माताको ठोकुवा छ । 

राजसंस्था नेपालको बुवा भएको र बुवाविनाको देश टुहुरो हुने सविता माताको भनाइ छ । नेपाल हिन्दूराष्ट्र नभई विकास नहुने माताको कथन छ । ज्ञानेन्द्र सरकार हुँदा उहाँले चाहेको भए नेपाललाई सिरिया बनाउन सक्नुहुन्थ्यो तर देशको मायाले नेपाल नै बनाउनुभयो भन्ने माताको विचार छ ।

राजनीतिका बारेमा पनि भविष्यवाणी गर्ने माताले नेपाली कांग्रेसको भविष्य राम्रो भएको बताएकी छन् । कांग्रेसविना यो देश भुटान र सिक्किम हुने देखेकी छन् माताले । कांग्रेसका केही नेताहरू जस्तो कि बालकृष्ण खाँड, कमला पन्त, गगन थापा लगायतका नेताहरूले कांग्रेसको भविष्य बलियो बनाउने माताको उद्घोष छ । साथै मुलुकले संघीयता धान्दैन । संघीयता भनेको एक कठ्ठा जग्गा दशजनालाई बाँडेजस्तै हो भनेर भन्नुभएको छ । 
सविता माताको जय होस् !

यी लेखकका निजी विचार हुन् । – सं

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x