मंसिर २९, २०७५
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
काठमाडौं – भारतको दिल्लीस्थित बुराडीमा एक परिवारले गरेको सामूहिक आत्महत्याको खबर सेलाउन नपाउँदै झारखण्डमा त्यस्तै खालको घटना भएको छ ।
हजारीबाग जिल्लामा एकै परिवारका ६ सदस्यले आत्महत्या गरेका छन् । घटनाका कारण शहरका मानिस स्तब्ध छन् । आत्महत्या गरिएको घरमा प्रहरीले नोट फेला पारेको छ । गणितको सूत्र जस्तो गरी आत्महत्याको कारण बुझाइएको छ ।
ऋणमा डुबेका कारण परिवारले आत्महत्या गरेको हुन सक्ने बताइएको छ । तर प्रहरीले सबै कोणबाट घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।
परिवारका कुल ६ सदस्यमध्ये पाँचले फाँसी लगाएर झुण्डिए भने एकजना चाहिँ छतबाट हाम्फालेर मरे । मर्नेमा माता, पिता, छोरा, बुहारी, नाति र नातिनी छन् ।
हजारीबागमा महावीर महेश्वरीको ड्राई फ्रुट्सको पसल छ । उनको परिवारमा पत्नी किरण, छोरा नरेश, बुहारी प्रीति, नाति यमन र नातिनी यान्वी थिए । यी सबैले घरमै आत्महत्या गरेका हुन् ।
घटनास्थलको अनुसन्धान गर्दा महावीर र उनकी पत्नी किरणको शरीर फाँसीमा, बुहारी प्रीति खाटमा, नातिनी यान्वी सोफामा भेटिए । यमनको गला काटिएको थियो । नरेशको शरीर घरबाहिर भेटियो । पाँचौं तल्लाको कौसीमा रेलिङनेर एउटा
कुर्सी भेटियो । त्यसैले नरेशले हाम्फालेर आत्महत्या गरेको हुन सक्ने देखियो ।
प्रहरीले घटनास्थलमा एउटा आत्महत्या पत्र फेला पारेको छ । आत्महत्यालाई गणितको सूत्रका रूपमा बुझाइएको छ – रोग + पसल बन्द + ऋण + बदनामी + पैसा फिर्ता दिन नसकिएको = तनाव → मृत्यु लेखिएको छ ।
नरेशका काकाका छोरा देवेशका अनुसार, पूरा परिवार सीधा र स्वाभिमानी किसिमको थियो । उनीहरू व्यवसाय व्यापक भएको थियो तर धेरै दिनदेखि मार्केटमा पैसा फसेको थियो । बजारमा एक करोड रुपैैयाँ फसेको अनि ऋण तिर्न चाहिँ
धौधौ परेको स्थिति थियो । परिवार अत्यन्तै तनावमा थियो । तनाव भुलाउन उनीहरू दुई महिनाअघि भ्रमणमा गएका थिए ।
एजेन्सी
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ । शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...