×

NMB BANK
NIC ASIA

चलचित्र विकास बोर्डमा अध्यक्षको खोजी : निकितालाई हटाइएको कुर्सीमा को बस्ला ?

असार ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं : तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका नियुक्ति नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले खारेज गरिदिएपछि यतिबेला चलचित्र विकास बोर्डको अध्यक्ष पद खाली छ । 
निकिता पौडेलले कुर्सी छोडेस“गै अब उक्त कुर्सीमा को बस्छ भन्ने बहस चलेको छ ।

Sagarmatha Cement
Muktinath Bank

तर अहिले यसै भन्न सकिने अवस्था छैन । यद्यपि नेपाली चलचित्र बजारमा भने केही व्यक्तिको नाम चर्चामा छ । आकांक्षीहरू अध्यक्ष बन्नका लागि दिनरात मेहेनत र दौडधुप गरिरहेको फिल्मी क्षेत्रमा चर्चा चलिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आधादर्जन आकांक्षी


Advertisment
Nabil box
Kumari

अध्यक्षका लागि लबिङ गर्नेको संख्या आधा दर्जन रहेको छ । यद्यपि खुलेरै भने कोही लागिसकेका छैनन् । केशव भट्टराई, शिव श्रेष्ठ र दयाराम दाहाल अध्यक्ष पदका आकांक्षीको अग्रस्थानमा छन् । 

Vianet communication
Laxmi Bank

जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष भट्टराईले संस्थागत रूपमै अध्यक्षका लागि सिफारिस लिएका छन् । संघले औपचारिक रूपमा उनलाई अध्यक्षका लागि प्रस्ताव गरिसकेको छ । गत वर्षको फागुन ३ मा केपी ओली प्रधानमन्त्री नियुक्त भएलगत्तै शिव श्रेष्ठ पुष्पगुच्छा बोकेर बालकोट पुगेका थिए । 

त्यसो त निर्देशक तथा कान्तिपुर रेडियोका स्टेशन म्यानेजर दिनेश डिसीको नाम पनि चर्चामा छ । तत्कालीन नेकपा एमालेसँग उनको राम्रै उठबस भएकाले पनि डिसी सरप्राइज पात्रका रूपमा अध्यक्ष हुनसक्ने विश्लेषण कतिपयले गरेका छन् । डिसी राजेश हमालसंगै प्रधानमन्त्री ओलीको दिल्ली भ्रमणको टोलीमा अटाएका थिए । तर डिसीले केही दिन अघि मात्रै आफू अध्यक्ष हुने÷नहुने भन्ने कुराको निर्णय लिइनसकेको बताएका छन् । 
अभिनेता विल्सनविक्रम राई पनि अध्यक्ष पद पाउने आशामा पार्टी निकटका साथीभाइलाई फकाउन थालेका छन् । 

निर्देशक तथा निर्माता आकाश अधिकारी पनि मौकामा चौका हान्न खोजिरहेका छन् । निर्माता संघको अध्यक्षका रूपमा रहेका उनले अप्रत्यक्ष रूपमा लबिङ गरिरहेको बताइन्छ । तर केशव भट्टराई यो दौडमा सबैभन्दा अगाडि छन् ।

अभिनेता शिव श्रेष्ठले प्रधानमन्त्री केपी ओलीसमक्ष निरन्तर भेटघाट गरेर आफूलाई अध्यक्ष बनाइदिन अनुरोध गरिरहेको स्रोत बताउ“छ । उनले ओली निकटका व्यक्तिहरूलाई समेत दिनरात भेट्ने गरेका छन् ।
स्रोतका अनुसार शिव श्रेष्ठलाई केपी ओलीले अन्य प्रत्याशीलाई भन्दा बढी महत्वका साथ हेरेका छन् । स्रोतका अनुसार शिव बोर्ड सम्हाल्न पुगे भने अचम्म नमान्दा हुन्छ ।

अध्यक्षको दौडमा रहेका अर्का प्रत्याशी दयाराम दाहाल सञ्चारमन्त्री गोकुल बास्कोटानिकट मानिन्छन् । उनी अघिल्लो पटक पनि अध्यक्षको दौडमा थिए । बास्कोटा र दाहालको घर एकै क्षेत्रमा पर्ने र पहिलेदेखि राम्रो सम्बन्ध भएकाले बास्कोटाले दाहाललाई अध्यक्ष बनाउन सक्ने पनि कतिपयको विश्लेषण छ ।

जसले धेरै बुझायो, उही अध्यक्ष !

निवर्तमान अध्यक्ष निकिता पौडेलले झण्डै १ करोड रकम बुझाएर विकास बोर्डको अध्यक्ष पद सम्हालेको खबरले चलचित्र क्षेत्रभित्र खैलाबैला मच्चिएको थियो । उनले ८० लाख रकम ऋण खोजेरै बुझाएको समेत स्रोत बताउ“छ । नेपालकी एक चर्चित अभिनेत्री भन्छिन्, ‘निकिताले राम्रै पैसा बुझाएकी हुन्, त्यतिका रकम बुझाउन मन नलागेरै म व्याक भएकी थिएँ ।’ उनका अनुसार निकिताले सवा करोड रकम बुझाएकी थिइन् । 

‘अध्यक्ष बन्न चाहनेहरूमध्ये जसले धेरै रकम बुझाउँछन्, ति नै बोर्डको अध्यक्ष हुने परम्परा रहेको छ,’ एक कलाकारले भने, ‘जसले दाम धेरै बुझाउँछ, उही बन्छ ।’

उनका अनुसार विकास बोर्डको अध्यक्ष बन्न र सभासद् हुन लगभगउस्तै परिस्थिति बनेको छ । पैसा खर्च गर्न नसक्नेले बोर्डको अध्यक्ष हुने विषय सोच्न पनि नसक्ने अवस्था बनेको उनको भनाइ छ । 

यसपटक अध्यक्ष बन्न खोजिरहेकाहरू पैसा बुझाउन गोप्य माध्यम खोजिरहेको स्रोत बताउ“छ । राजकुमार राईले पनि लाखौं रकम बुझाएर अध्यक्ष बनेको चर्चा थियो ।

यद्यपि चर्चा र मिडियामा आएका गसिपलाई पुष्टि गर्ने आधार भने भेटिँदैन ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x