फागुन ३०, २०८०
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
विराटनगर– पछिल्लाे समय विराटनगरमा हाट बजार व्यवस्थापनको बिषयले सबैको ध्यान तानेको छ । सामान खरिदका लागि जाने उपभोक्ता मात्र हैन व्यापरी पनि यो बिषयले अन्यौलमा छन् । महानगरपालिकाका वडा अध्यक्षहरुलाई पनि हाटिया कसरी व्यवस्थीत बनाउने भन्ने बिषयले पिराेलेकाे छ ।
विराटनगरका सडकमा लाग्दै आएको साप्ताहिक हाटबजारलाई व्यवस्थित वनाउने अभियान कतिपय वडाहरुबाट शुरु भइसकेको छ । बिराटनगर महानगरपालिका वडानम्बर ४ कञ्चनवारी, पश्चिम नोवेल हस्पिटल जाने सडकको हाटबजार ब्यवस्थीत गर्ने काम शुरु भएको छ । हाटलाई व्यवस्थित गर्न सडक छेउमा रहेको खाली जग्गा सम्याउने काम आइतवारदेखि शुरु गरिएको हो ।
व्यवस्थित बजारका लागि सडकको छेउमा रहेको झण्डै १ विगाहा जमिनलाई ३ भागमा विभाजन गर्ने र प्रत्येक व्यपारिलाई २ मिटरको जग्गाको दरले चिन्ह लाएर प्रदान गर्ने वडाध्यक्ष देवेन्द्र पोखरेलले जानकारी दिए । सडकमा अवरोध पुग्ने गरी अव कसैले पनि हटिया लाउन नपाउने उनको भनाइ छ ।
सडकमा हुने अवरोध हटाउन विराटनगर महानगरका मेयर भीम पराजुलीले महानगरका १९ वटै वडाका वडाध्यक्षहरुलाई उपयुक्त स्थानमा हटिया व्यवस्थापन गर्न निर्देशन दिइसकेका छन् ।
प्रत्येक वडाका विभिन्न स्थानमा लाग्ने हटियाहरु सडकमै लाग्ने गरेका थिए । अव भने सडकभन्दा बाहिरको खाली जग्गाको पहिचान गर्दै उपयुक्त स्थानमा हटिया लाउने अभियान शुरु भएको हो । यसमा वडा अध्यक्षहरु पनि सक्रिय भएर लागेका छन् ।
त्यस्तै वडा नम्बर ११ ले पनि हटिया ब्यवस्थापन गर्ने बारेमा ठाउँको पहिचान गरि रहेको जनाएको छ । हाट बजार ब्यवस्थित गर्ने महानगरको योजना अनुसार वडाका बिभिन्न स्थानहरुको पहिचान गर्दै कसरी आम नागरिकलाई पनि असहज नहुने अनी सडकमा पनि हटिया लाग्न नपाउने गरी काम गर्ने भन्ने बारेमा काम भइरहेको वडा अध्यक्ष तिर्थेन्द्र न्यौपानेले बताए ।
वडा नम्बर ११ मा पनि साना सडकमा पसलहरु लाग्ने गरेको भएपनि हटियाकै रुपमा नलागेको उनले सुनाए । त्यसलाई साईड लगाउने काम हुँदैछ, तर हटिया लाग्ने वडाहरुले पनि धमाधम पहिचान गरेर काम गर्दै गरेको उनले जानकारी दिए ।
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...