क्रोएशियालाई ४–२ ले निराश पार्दै फ्रान्स बन्यो विश्व च्याम्पियन

असार ३१, २०७५

काठमाडौं–रसियामा सम्पन्न विश्वकप अन्तर्गत आज  भएको  फाइनल खेलमा क्रोएशियालाई ४–२ ले स्तब्ध पार्दै फ्रान्स च्याम्पियन बनेको छ । 

मस्कोस्थित लुज्निकी रंगशालमा भएको  खेलमा फ्रान्सले क्रोएशियालाई ४–२ ले पराजित  गर्दै विश्व च्याम्पियन बनेको  हो । 
 

 फ्रान्सको जितमा क्रोएशियाका मारियोले आत्मघाती गोल गरे । उनले बल नियन्त्रणको प्रयास गर्दागर्दै १८ औं मिनेटमा आत्मघाती गोल गरेका हुन् । यस्तै फ्रान्सका एन्टोनिले ३८, पाउलले ५९ र कल्यानले ६५ औं मिनेटमा गोल गरे । 
क्रोएशियाका लागि इभान र मारियोले क्रमशः २८ औं र ६९ औं मिनेटमा गोल गरे । 

असार ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस