इङ्ल्यान्डका ह्यारी केनले जिते गोल्डेन बुट

असार ३१, २०७५

काठमाडौं–रसियामा आइतबार सम्पनन विश्वकप फुटबलमा   इङल्यान्डका ह्यारी केनले गोल्डेन बुट जितेका छन् । उनले प्रतियोगिता अवधिभर ६ गोल गरे ।

केनले समुह चरणको सुरुवाती खेलमा ट्युनिसिया विरुद्ध इङल्यान्डले २–१ को जित निकाल्दा निर्णायक दुई गोल गरेका थिए ।

त्यस्तै, समुह चरणको दोस्रो खेलमा पाना विरुद्ध ले ह्याट्रिक गरेका थिए । सो खेलमा इङल्यान्ड ६–१ ले विजयी भएको थियो ।
क्वाटरफाइनलमा कोलम्बिया विरुद्ध पनि उनले  गोल गरेका थिए । 
प्रतियोगितामा एन्टोनियो ग्रिजम्यान, कालियन एमबाप्पे, क्रिष्ट्रियानो रोनाल्डो, डेनिस चेरिसेभ र रोमेलु लुकाकुले  समान ४–४ गोल गरे । विश्वकपमा च्याम्पियन भने क्रोएशियालाई हराउँदै फ्र्रान्स बन्यो । 

असार ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस