×

NMB BANK
NIC ASIA

विकासमा बेथिति : असारमा मात्रै रूपन्देहीको ४२ प्रतिशत बजेट खर्च

साउन १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – आर्थिक वर्ष २०७४/७५ का लागि छुट्ट्याएकोमध्ये रुपन्देहीमा असार महिनामा मात्रै ४२ प्रतिशत बजेट खर्च भएको पाइएको छ । 

Sagarmatha Cement
Muktinath Bank

कोष तथा लेखा नियन्त्रण कार्यालय रुपन्देहीले आर्थिक वर्ष २०७४/०७५ को बजेटअन्तर्गत २१ अर्ब ८२ करोड १० लाख ७३ हजार ६७ रुपैयाँ ६६ पैसा अख्तियारी आएकोमा असार मसान्तसम्ममा ९० दशमलब ४३ प्रतिशत अर्थात १९ अर्ब ७३ करोड २९ लाख ४१ हजार ८ सय ८५ रुपैयाँ ३३ प्रसा खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय रुपन्देहीका कोष तथा लेखा नियन्त्रक मतिप्रसाद भुषालले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

असार महिनामा मात्र ४२ प्रतिशत बजेट खर्च भएको कार्यालयले जनाएको छ ।  चालुतर्फ १३ अर्ब ७९ करोड १४ लाख ६ हजार ७ सय ६७ रुपैयाँ ६६ पैसामध्ये ९३ दशमलब ७० प्रतिशत अर्थात् १२ अर्ब ९२ करोड २८ लाख १ हजार ५ सय ५७ रुपैयाँ ८३ पैसा खर्च भएको छ । त्यसैगरी पूँजीगत तर्फ ८ अर्ब २ करोड ९६ लाख ६६ हजार ३ सय रुपैयाँमध्ये ८४ दशमलम ८१ प्रतिशत अर्थात ६ अर्ब ८१ करोड १ लाख ४० हजार ३ सय २७ रुपैयाँ ५० पैसा खर्च भएको छ । विगतका वर्षमा भन्दा खर्चहरु सन्तोषजनक रहेको भुषालले बताए । 


Advertisment
Nabil box
Kumari

कार्यालयले ४२ प्रतिशत पूँजीगत खर्च असारमा मात्र भएको जनाएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीले दिएको तथ्याङ्क अनुसार रुपन्देहीमा सबैभन्दा बढी पूँजीगत खर्च असारमा डिभिजन सडक कार्यालयले गरेको छ । यसको असारमा मात्र १ अर्ब ३० करोड ६३ लाख ९ सय ९९ रुपैयाँ भएको छ । यो कूल बजेट निकासको ८९ दशमलव २२ प्रतिशत हो । 

Vianet communication
Laxmi Bank

सडक डिभिजन कार्यालय मात्र होइन, रुपन्देही जिल्लाका हरेक विकासे आयोजनाका कार्यालयले धेरै पूँजीगत खर्च असारमै गरेको देखिएको छ । जसमा शहरी विकास तथा भवन विभाग डिभिजन कार्यालयले ४० करोड ७ लाख ६४ हजार ८० रुपैयाँ, लुम्बिनी परिक्रमा बर्दघाट पालडाँडा त्रिवेणी सडक योजनाले २५ करोड ९९ लाख ३ सय २९ रुपैया, व्यापारिक मार्ग विस्तार आयोजना (बेलहिया–बुटवल सडक) ले २४ करोड ६८ लाख ७९ हजार ६ सय ५२ रुपैया, पश्चिमाञ्चल सिँचाइ विकास डिभिजन नं ६ ले १२ करोड ९१ लाख ६३ हजार ७ सय ५९ रुपैयाँ र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले १० करोड ७१ लाख १३ हजार ४ सय ५५ रुपैयाँ खर्च गरेका छन् ।  

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x