×

NMB BANK
NIC ASIA

जनकपुरमा लाखौंको ‘बल्ब घोटाला’ : एउटैमा झण्डै २ सयको अनियमितता, लेखाजोखा नै अलपत्र !

साउन २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयले गरेको लाखौंको ‘बल्ब घोटाला’ रहस्यमय बनेको छ ।

Muktinath Bank

नगर क्षेत्रमा सडक बत्ती जडानका क्रममा भएको प्रगति र खर्चबारे जानकारी माग गर्दा उपमहानगरले लुकाउने गरेको छ । पटक–पटक सडक बत्ती जडानबारे जानकारी माग्दा समेत महानगर कार्यालयले असार मसान्तसम्म पनि विवरण दिएको छैन । बल्ब जडानमा संलग्नहरूका अनुसार बजारमा २ सय ८० रुपैयाँमा मिल्ने बल्बलाई नगरपालिकाले ४ सय ७५ रुपैयाँका दरले खरिद गरेको पाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७५ जेठसम्म मात्रै उपमहानगरपालिकाको कार्यालयले सडक बत्तीमा करीब ८५ लाख रुपैयाँ खर्च भएको जनाएको छ । उपमहानगरपालिका कार्यालयको जिन्सी शाखाका अधिकृत ललनकुमार कर्णका अनुसार स्थानीय तहमा जननिर्वाचित प्रतिनिधि आएपछि दशैंतिहार जस्तो पर्वमा शहरलाई उज्यालो राख्नका सडक बत्तीको व्यवस्था गरिनुपर्ने भनेर वडा अध्यक्षबाट प्रस्ताव आएपछि उपमहानगरपालिका कार्यालयले आपूर्तिकर्ताबाट बल्ब लगायतका सामग्री खरिद गरेको हो ।


Advertisment
Nabil box
Kumari

कोटेसनका माध्यमले जनकपुरकै सत्या इन्टरप्राइजेजबाट दरभाउ लिएर सामान किनिएको र विभिन्न वडामा वडाध्यक्ष र वडा सचिवमार्फत् सडकका पोलमा बल्ब जडान गरिएको कर्णले बताए । इन्टरप्राइजेजका सञ्चालक मनिष मिश्रासँग २०७४ असोज ९ गते गरिएको सम्झौता अनुसार १४ वाटको एलईडी बल्ब ४ सय ७५ रुपैयाँ प्रतिथान, १ एमएम (मिलिमिटर) मोटाइको तार १ हजार ६ सय रुपैयाँ प्रतिक्विन्टल, डेढ एमएम मोटाइको तार २ हजार ५ सय रुपैयाँ प्रतिक्विन्टल, बेरिएको तार ९ सय ५० रुपैयाँ प्रतिक्विन्टल, ६ एमएमको तार ४५ रुपैयाँ प्रतिमिटर खरिद गरिने दरभाउमा उल्लेख गरिएको छ ।

Vianet communication
Laxmi Bank

बल्बमा लगाइने एल्यूमिनम क्याप १ सय २५ रुपैयाँ प्रतिथान, होल्डर ३६ रुपैयाँ प्रतिथान, बेड स्विच ३० रुपैयाँ प्रतिथान खरिद गरिने सम्झौता गरिएको थियो । ती एलईडी बल्ब १ वर्षको ग्यारेन्टीसहित खरिद गरिने सम्झौता अनुसार उपमहानगरले खरिद गरेको थियो । तर, केही बल्बहरू १ वर्ष पूरा नहुँदा ‘फ्यूज’ भएका छन् ।

उपमहानगरले खरिद गरेका बल्ब बजार भाउभन्दा धेरै नै महंगो रहेको पाइएको छ । जनकपुरस्थित जयजनक सप्लायर्सका सञ्चालक सुरेश साहका अनुसार उपमहानगरले १ वर्षको ग्यारेन्टीमा मात्रै ४ सय ७५ रुपैयाँ प्रतिथान किनेको बल्ब बजारमा २ वर्षको ग्यारेन्टीमा अधिकतम २ सय ८० रुपैयाँमा पाउँछ । ‘त्यसमा पनि थोक मात्रामा लिँदा त झन् कम मूल्य पर्छ,’ उनले भने । उपमहानगरले किनेको तारको मूल्य बताउँदा उनी झसङ्ग मात्र भएनन्, मूल्यभन्दा आधा सस्तोमा तार बजारमा पाउन सकिने उनले बताए ।

बल्ब खरिद र प्रयोगबारे जिज्ञासा राख्दा उपमहानगरपालिका कार्यालयको जिन्सी फाँटका अधिकृत ललन कर्णले लोकान्तरसँग भने, ‘त्यो मौज्दातको ‘अप टू डेट’ तथ्यांक हामीसँग अहिले नै छैन । कर्मचारी अभावका कारणले सबै अभिलेख ‘मेन्टेन’ गर्न सकिएको छैन ।’ पटक–पटक अनुरोध गर्दा कर्णले २०७४ पुससम्म जनकपुर उपमहानगरपालिका कार्यालयले वितरण गरेको २५ वटा वडाको विवरण उपलब्ध गराए ।

पुससम्मको विवरण अनुसार जनकपुर उपमहानगरपालिकाका २५ वटै वडामा ५ हजार ८ सय ९० एलईडी बल्ब, १ हजार ९ सय ८० सामान्य बल्ब, ६ हजार ४ सय होल्डर, ८३ क्वाइल तार, ५ हजार ३ सय ३० थान क्याप वितरण गरिएको छ ।

‘पुसयता ठूलो परिमाणमा वितरण पनि भएको छैन,’ उनले भने । हिसाब गर्दा एलईडी बल्बमा २७ लाख ९७ हजार ७ सय ५० रुपैयाँ, ५० रुपैयाँ प्रतिबल्बको हिसाबले ९९ हजार रुपैयाँ, होल्डरको २ लाख ३० हजार ४ सय रुपैयाँ, औसत २ हजार रुपैयाँको प्रतिक्विन्टलका दरले तारको १ लाख ६६ हजार रुपैयाँ र क्यापको ६ लाख ६६ हजार २ सय ५० रुपैयाँ गरी ३९ लाख ५९ हजार ४ सय रुपैयाँ बजेट खर्च गरिएको देखिन्छ ।

पुसपछि धेरै बल्ब जडान नभएकाले जेठसम्म देखाइएको खर्च ८५ लाख रुपैयाँ हुनुले पनि अनियमितता तथा हिनामिना भएको देखिन्छ । श्रमिक खर्च जोड्दा पनि खर्च भएको जति रकम नपुग्ने देखिन्छ । १ वर्षको ग्यारेन्टी भनिएको भएपनि जडान गरिएका अधिकांश बल्ब फ्यूज भइसकेका छन् ।

जिन्सी शाखाका प्रमुख कर्णका अनुसार अहिले वर्षात्को मौसम भएकाले अधिकांश बल्ब फ्युज भएका हुन् । ‘त्यसलाई हटाएर पुनः नयाँ बल्ब जडान गर्नेछौं, कतिपय ठाउँमा फ्युज भएका बल्बहरू झिकाएर नयाँ बल्ब जडान पनि गरिएको छ,’ उनले भने ।

राजपाका नेताहरू नै असन्तुष्ट

मधेश आन्दोलनको जगमा सहिदको शहादत र बलिदानीका कारण राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट मेयर पदमा चुनाव जितेका लालकिशोर साहले सडक बत्तीमै व्यापक रकम हिनामिना गरेको आरोप राजपाकै जिल्ला र उपमहानगर तहका नेताले लगाएका छन् । मेयरलाई चढ्नका लागि केही वर्षअघि मात्र किनिएको सवारीसाधन हुँदाहुँदै १ करोड ३० लाख रुपैयाँभन्दा बढी मुल्य पर्ने ‘फोर्ड’ गाडी किनेर आलोचित बनिरहेका मेयर साहद्वारा गरिएको भ्रष्टाचार फेरि सार्वजनिक भएको छ ।

‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा गरिएको भ्रष्टाचार तथा सडक बत्तीमा समेत भ्रष्टाचार होइन, मेयर साहले लुटतन्त्र नै गरेका छन्,’ राजपा धनुषाका सचिव धिरेन्द्रबहादुर सिंहले भने, ‘सडक बत्तीमा बजारको मुल्यभन्दा धेरै महंगो दरमा बल्ब किनेर मेयर साहले भ्रष्टाचार गरेको पुष्टि भइसकेको छ, हामी उनका विरुद्ध आवश्यक परे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी समेत दिनु परे पछि हट्दैनौं  ।’

राजपाको टिकटमा जितेर उनले गरिरहेका भ्रष्टाचारका कारण पार्टीको छवि समेत बद्नाम भइरहेका कारण पार्टीले समेत आवश्यक छानविन प्रक्रिया अगाडि बढाइसकेको उनले बताए ।

राजपा नेपाल धनुषा संयोजक सतिशलाल दासले पनि मेयर साहको काममा धेरै भ्रष्टाचार भएको भनेर सर्वसाधारणदेखि पार्टीकै कार्यकर्ताले दिनहुँजसो गुनासो गरिरहेको बताए । ‘पार्टीको अब बस्ने बैठकमा सडक बत्तीमा भएको भ्रष्टाचारको विषयको पार्टीले समेत आन्तरिक छानविन गर्नेछ । यदि उनी दोषी ठहरे पार्टीले मेयर साहमाथि आवश्यक कारवाही गर्नेछ,’ दासले भने ।

राजपा नेपालका जनकपुर उपमहानगर संयोजक सदाशिव मिश्रले पार्टीको छवि बद्नाम भइरहेका कारण त्यसको आन्तरिक छानविन गरी पार्टीले कारवाही गर्ने बताए । यस विषयमा मेयर साहसँग प्रतिक्रिया लिन सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x