×

NMB BANK
NIC ASIA

शेयर बजारमा शिवम् सिमेन्ट, प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने

साउन २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – वित्तीय क्षेत्रकोे दबदबा रहेको नेपाली शेयर बजारमा नेपाली शिवम् सिमेन्ट लिमिटेडले इतिहासमै पहिलोपटक प्रिमियम मूल्यमा प्राथमिक शेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ ।

Muktinath Bank

वास्तविक क्षेत्रका कम्पनीहरूमध्ये वित्तीय अवस्था राम्रो अवस्थामा रहेको यस कम्पनीले जारी गर्ने शेयरले लगानीकर्ताले फाइदा लिनेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकिृत २०८ कम्पनीमध्ये करीब २० प्रतिशत वास्तविक क्षेत्रका छन् । नेपाल धितोपत्र बोर्डले जारी गरेको दर्ता तथा निष्कासन नियमावली- २०७३ मा १० प्रतिशत सार्वजनिक निष्काशन ग्यारेन्टी गरे प्रिमियम मूल्यमा शेयर जारी गर्न पाउने व्यवस्था गरेपछि वास्तविक क्षेत्रका कम्पनीहरू नेप्सेमा सूचीकृत हुने क्रम बढेको छ ।


Advertisment
Nabil box
Kumari

शिवम् सिमेन्टले प्रिमियमसहित कुल २ अर्ब २ करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । जसमध्ये सर्वसाधारणलाई १ अब ७६ करोड तथा परियोजना प्रभावित स्थानीयलाई २६ करोड ४० लाख रुपैयाँको आईपीओ बिक्री गरिने छ ।

Vianet communication
Laxmi Bank

कम्पनीका अनुसार कुल निष्कासनको २ प्रतिशत शेयर (८ लाख ८० हजार कित्ता) मकवानपुर जिल्लावासीका लागि जारी हुन लागेको हो । परियोजना प्रभावित क्षेत्र भएकाले मकवानपुरबासीका लागि प्रतिकित्ता शेयर मूल्य ३ सय रुपैयाँ रहनेछ ।

यस्तै १० प्रतिशत शेयर (४४ लाख कित्ता) शेयर सर्वसाधारणका लागि ४ सय रुपैयाँमा जारी गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको अवस्था

क्रेडिट रेटिङ गर्ने संस्था इक्रा नेपालले शिवम् सिमेन्टको शेयरलाइ क्रेडिट रेटिङ ग्रेड ‘थ्री प्लस’ प्रदान गरेको छ । इक्राले बर्गिकरण गर्ने ग्रेड १ देखि ५ सम्म रहन्छ ।

जसमध्ये ‘वान प्लस’ सबैभन्दा उत्कृष्ट मानिन्छ भने, क्रमशः वान, टु प्लस, टु, थ्री प्लस भएर फाइभ सबैभन्दा कमजोर मानिन्छ । कम्पनीले सार्वजनिक गरेको पछिल्ला ४ वर्षको वित्तीय विवरणअनुसार वित्तीय अवस्था सुधारको दिशामा रहेको देखिएको छ ।

चुक्ता पूँजीमा बढोत्तरी

कम्पनीको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७१/०७२ मा १ अब २५ करोडको चुक्ता पुँजी रहेकोमा २०७३/०७४ मा चुक्ता पुँजी दोब्बरले बढ्दै २ अर्ब ५० करोड पुगेको देखिन्छ ।

कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म चुक्ता पुँजी ३ अब ८७ करोड रुपैयाँ पुर्‍याएको छ ।

कम्पनीको खुद मुनाफा पनि बढ्दो दरमा रहेको देखिन्छ । कम्पनीले आव २०७१/०७२ मा ४१ करोड नाफा गरेकोमा पछिल्ला २ वर्षमा बढेर ७७ करोड तथा ८१ करोड मुनाफा गर्न सफल भएको देखिन्छ । चालू आर्थिक वर्ष २०७४/७५ को चैतसम्ममा कम्पनीले ९३ करोड ६६ लाख रुपैयाँ नाफा गरेका देखिन्छ ।

बढ्दो बिक्री

कम्पनीको बिक्री पनि प्रत्येक वर्ष बढ्दो क्रममा देखिन्छ । आर्थिक वर्ष २०७१/०७२ मा ३ अब ८७ करोड ३२ लाख रहेकोमा त्यसपछिको आर्थिक वर्ष २०७२/०७३ मा ५ अर्ब ८७ करोड ८९ लाख बरारबर बिक्री भएको देखिन्छ ।

गत आर्थिक वर्ष २०७३/०७४ मा ७ अब ३५ करोड ३७ लाख बराबर बिक्री वितरण भएको थियो । चालू आवको तेस्रो त्रैमासिकसम्ममा कुल बिक्री ७ अर्ब १० करोड ९४ लाख रहेको छ ।

प्रतिशेयर मूल्य

चुक्ता पुँजीको वृद्धिको अनुपातमा कम्पनीले नाफा अनुपातमा आम्दानीको वृद्धिले प्रतिशेयर आम्दानी सन्तुलित देखिएको छ ।

आर्थिक वर्ष २०७१/०७२ मा ३३ दशमलव २३ रुपैयाँ प्रतिशेयर आम्दानी रहेको थियो । त्यस्तै आव २०७२/०७३ मा कम्पनीले प्रति शेयर आम्दानी १७ प्रतिशतले बढाएर ३८ दशमलव ८९ रुपैयाँ पुर्‍याएको देखिन्छ । तर, आर्थिक वर्षमा २०७३/०७४ मा १७ प्रतिशतले घटेर ३२ दशमलव ४५ रुपैयाँमा झरेको छ ।

चालू आव २०७४/०७५ को चैतसम्ममा प्रतिशेयर आम्दानी २४ दशमलव १९ रुपैयाँ रहेको छ । यसलाई १२ महिनामा विश्लेषण गर्दा चालू आथिक वर्षको प्रतिशेयर आम्दानी ३२ दशमलव २५ रहने देखिएको छ ।

यसरी कम्पनीको वित्तीय अवस्था विश्लेषण गर्दा कम्पनीको चुक्ता पुँजी बढेको अनुपातमा नाफा वृद्धि नहुँदा प्रतिशेयर आम्दानी कहिले बढने, कहिले घटने त कहिले स्थिर रहेको देखिए पनि सन्तुलित छ ।

यसै अवधिमा कम्पनीले आफ्नो थप चुक्ता पुँजी र जगेडामध्येबाटै सहायक कम्पनी शिवम् होल्डिङ प्राइभेट लिमिटेडमार्फत् चिनियाँ संयुक्त उद्यम (ज्वाइन्ट भेन्चर) होंडसीमा ठूला रकम ३ अर्ब ३६ करोड लगानी गरेको र सोको प्रतिफल यसै वर्ष प्राप्त नहुने हुँंदा उतारचढाव देखिएको छ ।

जगेडा कोष

कम्पनीको जगेडा कोष पनि बढ्दो क्रममा देखिन्छ । कम्पनीले आव २०७१/०७२ २४ करोड ४५ लाख जगेडा कोष थियो । त्यसपछि आर्थिक वर्ष २०७२/०७३ मा ८९ करोड ६ लाख रुपैया जगेडा राख्न सफल भएको थियो ।

त्यस्तै गत आर्थिक वर्ष २०७३/०७४ मा १ अब ४९ करोड १४ लाख रुपैयाँ जगेडा राखेको कम्पनीको वित्तीय विवरणमा देखिन्छ ।

चालू आर्थिक वर्ष ०७४/०७५ को चैत महिनासम्ममा २ अब १६ करोड रुपैयाँको जगेडा सञ्चित छ ।

कम्पनीबारे

२०६० सालमा स्थापना भएको शिवम् सिमेन्ट गुणस्तरीय सिमेन्ट तथा क्लिंकर उत्पादन र बिक्रीमा अब्बल कम्पनी मानिन्छ ।

व्यवसायिक घरानाका २० जना उद्योगीहरू प्रवर्द्धक (प्रोमोटोर) रहेको कम्पनीको कारखाना मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका हटियामा छ । कम्पनीसँग हाल दैनिक १९ सय टन क्लिंकर र ३ हजार टन सिमेन्ट ग्राइन्डिङ (उत्पादन) गर्न सक्न क्षमता रहेको छ ।

चार अर्ब लगानीमा सात वर्ष अघि स्थापना भएको शिवम्ले ‘शिवम् सिमेन्ट’ ब्राण्डमा ओर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) ४३ ग्रेड सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ ।

१३ जेठ २०६२ मा प्राइभेट कम्पनीको रुपमा स्थापना भएको शिवम् सिमेन्ट ८ साउन २०७२ मा पब्लिक लिमिटेडमा रुपान्तरित भएको हो ।

शिवम् होल्डिङ प्राइभेट लिमिटेड र चीनको होङसी होल्डिङ समूहले नवलपरासीको सर्दीमा स्थापना गन लागेको होङसी शिवम् सिमेन्ट प्रालिमा शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ प्राइभेट लिमिटेडमार्फत नेपाली समूहको ३० प्रतिशत र होङसी होल्डिङ चिनियाँ समूहका ७० प्रतिशत लगानी रहेको छ । 

पूँजी, मानव संसाधन, उत्पादन प्रक्रियाहरू, भौतिक संरचनालगायतमा लगानी गरेको कम्पनी सिमेन्ट निर्माण गर्ने नेपालको सबैभन्दा ठूलोमध्येको एक मानिन्छ ।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा सुरेन्द्रकुमार गोयल रहेका छन् भने अन्य सञ्चालकहरूमा अमित मोर, सन्दीप कुमार शारदा, रघु नन्दन मारु र रोहित गुप्ता रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x