×

NMB BANK
NIC ASIA

उपत्यकामा थुप्रियो फोहोरको डंगुर : महानगर भन्छ – फोहोर केही दिन घरमै राख्नू !

साउन २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – राजधानी उपत्यकामा २ सातादेखि फोहोर उठेको छैन । जनसंख्याका हिसाबले देशकै ठूलो काठमाडौं, ललितपुर महानगरपालिकाको फोहोर उठ्न नसकेको हो ।

Sagarmatha Cement
Muktinath Bank

फोहोर संकलन नहुँदा राजधानी दुर्गन्धित बनेको छ । चोक–चोकका सडक र घर अगाडि फोहोरको डंगुर थुप्रिएको छ । सडक किनारमा थुपारिएको फोहोरले वरिपरिका स्थानीयवासी र पैदलयात्रुहरु अप्ठ्यारोमा परेका छन् । सडक किनारमा फोहोरका डंगुर थुप्रिँदा सवारी आवागमनमा समेत समस्या देखिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पानी पर्ने मौसम र गर्मी भएकाले घर वरिपरि फोहोर हुँदा सरुवा रोग र महामारी फैलिन सक्ने खतरा पनि बढेको चिकित्सकले बताएका छन् । घामपानीले कुहिएर फोहोरले चारैतर्फ दुर्गन्ध फैलाउँदा विभिन्न खाले सरुवा रोग फैलिन सक्ने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए ।


Advertisment
Nabil box
Kumari

उनले भने, ‘अहिले सडकमा जथाभावी फालिएको फोहोर कुहिँदा ब्याक्टेरिया पानीबाट हाम्रो खानामा जाँदा जण्डिस, टाइफाइट, झाडापखाला लगायतका रोग लाग्ने खतरा बढेको छ । यसबाट बच्न उपत्यकावासीले अनिवार्य रुपमा उमालेको पानी पिउनुपर्छ ।’ फोहोर कुहिएर दुर्गन्ध फैलिँदा समेत सम्बन्धित निकाय मौन बसेका छन् । 

Vianet communication
Laxmi Bank

काठमाडौं उपत्यकाबाट नियमित रुपमा फोहोर संकलन गर्दै आएको नुवाकोटस्थित सिसडोलमा स्थानको अभाव हुँदा नियमित फोहोर उठ्न नसकेको भन्दै महानगरले केही दिनका लागि फोहोर नउठ्ने सूचना जारी गरेको थियो । तर, सूचना जारी गरेको १ हप्ता नाघिसक्दा पनि महानगरपालिका लगायतका सम्बन्धित निकायले गैरजिम्मेवार जवाफ दिइरहेका छन् । 

काठमाडौं महानगरपालिकाका अनुसार व्यवस्थापन गर्ने स्थानको अभावसँगै सिसडोल पुग्ने बाटो बिग्रिएका कारण उपत्यकाको फोहोर उठ्न नसकेको हो । बाटोको मर्मत भइरहेपनि नियमित वर्षाका कारण समस्या देखिएको महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले बताए ।

अझै केही दिन धैर्य गर्न महानगरवासीलाई आचार्यको आग्रह छ । उनले भने, ‘अहिले पानी पनि परिरहेको छ । बाटोमा खाल्डाखुल्डी छन्, ठाउँठाउँमा पहिरो पनि गएको छ । केही दिनमै व्यवस्थापन हुन्छ,’ उनले भने । व्यवस्थापनका काम सकिएपछि नियमित फोहोर संकलन हुने भएकाले केही दिन धैर्य गरी घरबाट निस्केको फोहोर घरमा नै व्यवस्थापन गरी सहयोग गरिदिन महानगरवासीलाई उनको आग्रह छ ।

काठमाडौं महानगरले सन् २००७ मा ३ वर्षका लागि फोहोर व्यवस्थापन गर्ने भनेर लिएको नुवाकोट जिल्लास्थित ओखरपौवा र सिसडोल अहिले उपत्यकाको फोहोरले भरिएपछि समस्या उत्पन्न भएको हो । सिसडोल र ओखरपौवा उपत्यकाको फोहोर व्यवस्थापन गर्ने प्रमुख क्षेत्र हुन् ।

उपत्यकाबाट सिसडोल र ओखरपौवाका ल्याण्डफिल साइटमा दैनिक करीब ११ सय मेट्रिक टन फोहोर पुग्ने अनुमान गरिन्छ । यसमध्ये करीब ५ सय ५० मेट्रिक टन महानगरबाट उत्पादित फोहोर हो भने बाँकी अन्य नगर र जिल्लाबाट संकलन हुने फोहोर हो । 

यसअघि धादिङ र नुवाकोट जिल्लाको सीमानामा रहेको बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्ने भनिएपनि व्यवस्थापन क्षेत्र अझै निर्माण गर्न सकिएको छैन । नयाँ ल्याण्डफिल साइट अझै निर्माण नहुनु र भएका ल्याण्डफिल साइट भरिँदै जाँदा राजधानीका सडकमा फोहोर थुप्रिएको हो ।

त्यसैमाथि वर्षाको मौसममा ल्याण्डफिल साइटको सडक बिग्रनु र फोहोर बोकेका गाडी फसेका कारण समस्या उत्पन्न भएको महानगरपालिकाले जनाएको छ । तर, समस्या देखाएर मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने फोहोरको वैकल्पिक व्यवस्थापन गर्न नखोज्नु सरकारको गम्भीर गल्ती भएको मानवअधिकारकर्मीको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x