×

NMB BANK
NIC ASIA

डा. केसीको जीवनरक्षाको माग गर्दै चिकित्सक संघ आन्दोलित, भोलि आकस्मिकबाहेकका सेवा बन्द

साउन २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको मागसहित नेपाल चिकित्सक संघ आन्दोलित भएको छ । संघले बिहीवार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेको छ ।

Muktinath Bank

डा. केसीले अनशन शुरु गरेको १९ दिन भइसक्दा पनि सरकार गम्भीर नभएकाले आन्दोलन घोषणा गर्नुपरेको संघले बुधबार पत्रकार सम्मेलन गरी जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'आमरण अनशनको १९ औं दिनसम्म पनि नेपाल सरकारले गम्भीरता प्रदर्शन नगर्नु, डा. के.सी.ले उठाएका जायज मागहरूका सम्बन्धमा कुनै पनि ठोस कदम अगाडि नबढाउनु, चिकित्सक, स्वास्थ्यकर्मी तथा सर्वसाधारण नागरिकहरूले देशभर देखाएको ऐक्यबद्धता, धैर्यता र शान्तिपूर्ण आवाजलाई सम्बोधन नगर्नुजस्ता गम्भीर प्रकारका गतिविधिले डा. गोविन्द के.सी.को जीवनरक्षाका लागि मिति २०७५ साउन ३ गते बिहीवार देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्यसंस्थाहरूमा आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू बन्द गर्ने निर्णय भएकोले सो अनुुसार गर्नु/गराउनुु हुन यही पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदछौं,' पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ ।


Advertisment
Nabil box
Kumari

हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठ :

Vianet communication
Laxmi Bank

प्रेस विज्ञप्ती
यस पत्रकार सम्मेलन कार्यक्रममा यहाँहरू सबैमा म लगायत नेपाल चिकित्सक संघ कार्य कारिणी समितिको तर्फबाट हार्दिक स्वागत गर्दछु ।

आदरणिय पत्रकार साथीहरू,

सर्वप्रथम नेपाल सरकारको तर्फबाट ढिलैगरी भएपनि वार्ताटोली बनाउने निर्णयको नेपाल चिकित्सक संघ स्वागत गर्दछौं । यति हुदा हुदै पनि पत्रकार मित्रहरू हामी अत्यन्तै बिषम परिस्थितिमा रहेर यो पत्रकार सम्मेलनका लागि उपस्थित भएका छौ ।  असार १६ गतेदेखि जुम्लामा अत्यन्त जोखिमका साथ अनशनमा बस्नु भएका यस संघका आजीवन सदस्य प्रा. डा. गोविन्द के.सी.को जीवन रक्षाका निम्ति सम्माननीय प्रधानमन्त्री, शिक्षा मन्त्री, स्वास्थ्य मन्त्री लगायत राजनीतिक दलका शीर्षस्थ नेताहरूलाई पार्टी कार्यालय तथा घरदैलोमा पुगेर जीवन रक्षाको निम्ती अपिल गर्दा समेत डा.केसीको जीवनरक्षाका लागि सरकारको तर्फबाट कुनै पनि जिम्मेवारी बोध नगरिएको नेपाल चिकित्सक संघको ठहर छ ।

त्यतिमात्र होइन, सरकारको तर्फबाट गठित भएको वार्ता टोलीलाईसमेत नेपाल सरकाले पूर्ण अधिकार नै नदिई केबल डा. गोविन्द के.सी.लाई जबरजस्ती जुम्लाबाट काठमाडौं ल्याउने परिस्थिति सिर्जना गर्न मात्र वार्तामा उपस्थित भएको हो कि भन्ने शंका हामीलाई पैदा भएको छ । अन्यथा यति गम्भीर परिस्थितिमा जुन खालको तदारुकता सरकारले देखाउनु पर्ने हो त्यो देखिएको छैन् । संविधानले नै स्वास्थ्य र शिक्षालाई मौलिक हकका रुपमा समावेश गरेको छ । त्यसै अनुरुप नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य र शिक्षामा सहज पहुँच पुर्‍याउनु पर्नेमा सरकार नागरिकको आवाजलाई दबाउन खोज्ने, राज्यको तर्फबाट अफवाह फैलाउने जस्तो अस्वभनीय कार्यप्रति नेपाल चिकित्सक संघ घोर भत्र्सना र निन्दा गर्दछ । 

हामीले बारबार भेट र  विज्ञाप्तिमार्फत् भनेकै थियौ, राज्यले डा. गोविन्द के.सी.को जीवन रक्षाका लागि अब पनि संवेदनशिलता प्रकट नगर्ने हो भने देशभर भयावह स्थितिको सिर्जना हुन सक्छ । एकातिर स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, विसंगतीहरूलाई सरकारले नरोक्ने, अर्कोतिर सरकारले गर्नुपर्ने कामलाई समेत पन्छिने प्रवृत्तिले हामीलाई दुःखी बनाएको छ ।

सरकराले नै बनाएका विज्ञटोलिले दिएको सुझाब अनुसार चिकित्सा शिक्षा र स्वास्थ्यसेवालाई कार्यान्वयन गर्ने वातावरण तयार गर भन्दा समेत डा. गोविन्द के.सी. ले जीवन त्याग्नु पर्ने परिस्थिति सिर्जना भयो भने त्यो भन्दा दुर्भाग्य अरु हुन सक्दैन । त्यसका लागि नेपाल चिकित्सक संघ जस्तोसुकै परिस्थितिको सामना गर्न पछि नह्टने व्यहोरा समेत यहाँहरू मार्फत नेपाल सरकारलाई जानकारी गराउन चाहान्छौं ।    

सरकारले संवेदनशिलता अपनाउँदै हालको विवादास्पद विधेयकलाई अबिलम्ब फिर्ता लिई पुरानै अध्यादेशलाई संसदमा दर्ता गराउने कार्य गरी डा. गोविन्द के.सी.को जीवन रक्षाका लागि सार्थक वार्ता गर्न नेपाल चिकित्सक संघ नेपाल सरकार समक्ष जोडदार माग गर्दछ । 

आज आमरण अनसनको १९ औं दिनसम्म पनि नेपाल सरकारले गम्भिरता प्रदर्शन नगर्नु, डा. के.सी.ले उठाएका जायज मागहरूका सम्बन्धमा कुनै पनि ठोस कदम अगाडी नबढाउनु, चिकित्सक, स्वास्थ्यकर्मी तथा सर्वसाधारण नागरिकहरूले देशभर देखाएको ऐक्यबद्धता, धैर्यता र शान्तिपूर्ण आवाजलाई सम्बोधन नगर्नु जस्ता गम्भिर प्रकारका गतिविधिले नेपाल चिकित्सक संघ डा. गोविन्द के.सी.को जीवन रक्षाका लागि मिति २०७५ साउन ३ गते बिहीबार देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्यसंस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू बन्द गर्ने निर्णय भएकोले सो अनुुसार गर्नुु गराउनुु हुन नेपाल चिकित्सक संघका सम्पूूर्ण शाखाहरू एवं देशभरका सम्पूूर्ण स्वास्थ्य संस्था, चिकित्सकहरू, स्वास्थ्यकर्मीहरू एवं स्वास्थ्यसंस्था आवद्ध कर्मचारीहरूमा यसै पत्रकार सम्मेलन मार्फत हार्दिक अपिल गर्दछौं । यो एक दिने बन्दमार्फत् देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको आवाज सरकारसम्म पुर्‍याउन र सरकारलाई संवेदशील हुन सहयोग पुग्ने छ भन्ने विश्वास लिएका छौ । तर यति हुँदा पनि सरकार संवेदनशील नभए संघ देशभर आकस्मिक सेवा बाहेका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चितकाल सम्म बन्द गर्न बाध्य हुने जानकारी यसै प्रत्रकार सम्मेलन मार्फत जानकारी गराउँछौं ।  

हाम्रो यस आन्दोलनको कार्यक्रमबाट देशभरका स्वास्थ्य संस्थामा हुन सक्ने कुनै पनि घटनाका सम्बन्धमा नेपाल सरकार नै पूर्ण जिम्मेवार हुने भएको हुँदा सम्पूर्ण स्वास्थ्यकर्मीहरूले स्वास्थ्य संस्थामा घट्न सक्ने संभावित घटनाहरूको कुनै पनि जिम्मेवारी नलिन समेत सूचित गरिन्छ । देशभरका सम्पूूर्ण स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने परिस्थितिको सिर्जना नेपाल सरकारले नै गराएकोले यसबाट आम सर्व साधारणहरूमा पर्न जाने असुुविधाप्रति नेपाल चिकित्सक संघ गहिरो दुुःख व्यक्त गर्दछ ।             

डा. लोचन कार्की
महासचिव

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x