×

NMB BANK
NIC ASIA

नेपथ्यको ‘गाउँ गाउँबाट उठ’ सार्वजनिक

साउन २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं-लामो समयदेखि नेपालको राजनीतिक आन्दोलन र सामाजिक जागरणका अभियानहरुको ढुकढुकी बन्दै आएको ‘गाउँ गाउँबाट उठ’ अब नेपथ्य ब्याण्डको म्यूजिक भिडियोका रुपमा तयार भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

श्याम तमोटले लेखेको ‘संकल्प गीत’ का रुपमा लोकप्रिय यस सिर्जनालाई यो ब्याण्डले एक दसकभन्दा अघिदेखि उसका हरेक जसो कन्सर्टहरुमा सुनाउँदै आएको छ । बामपन्थी विचारधाराबाट प्रभावित भइ कुनै समय रामेश र मन्जुलले सुरु गरेको मुलुकब्यापी साँगीतिक जागरणको महत्वपूर्ण सिर्जनाका रुपमा उभिएको यो गीतलाई धेरैले धेरै भाषामा सुनाउँदै पनि आएका छन् । विशेषगरि तीसवर्षे पञ्चायत कालमा यो गीतले सांकेतिक रुपबाट सन्देश प्रवाह गर्दै जनताको हक अधिकारका निम्ति भएका आन्दोलनलाई मलजल गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक हिसाबले यो पञ्चायतकालकै परिस्थितीबाट उत्पन्न गीत हो जसलाई तत्कालीन अवस्थामा रेडियो नेपालले प्रतिवन्धित गरेको थियो । तर, जनस्तरमा चाहिँ यसको लोकप्रियता चुलिँदै गयो । २०४६ र २०६२ सालको जनआन्दोलनहरुमा यो गीत जताततै बजेका थिए । पहिलो जनआन्दोलन लगत्तै बनेको फिल्म ‘बलिदान’मा समावेश गर्नको निम्ति यसको व्यवस्थित रेकर्ड भएको थियो । त्यो सिनेमा पञ्चायतकालमा प्रजातन्त्रका निम्ति लड्नेहरु माथि नै आधारित थियो ।


Advertisment
Nabil box
Kumari

पछिल्लो समय भने यस गीतलाई नेपथ्यले रेकर्ड गरेको छ र ब्याण्डले आइट्युन, गुगलप्ले र स्पोटिफाइजस्ता ‘भर्चुअल स्टोर’ हरुका माध्यमबाट यो गीत सार्वजनिक गरेको छ ।

Vianet communication
Laxmi Bank

हालसम्म नाम नजुरेको नेपथ्यको दसौं अल्बममा यो गीत समेटिएर आउने तयारीमा छ । यो म्यूजिक भिडियो तयार पार्नका लागि नेपथ्यले केहि समयअघि गरेको नेपाल भ्रमणका क्रममा आयोजित कन्सर्टहरुको दृश्यहरुलाई एकापसमा जोड्ने काम गरिएको छ ।

भिडियोमा यो गीत गाइरहेका बेला मुलुकभित्र र बाहिरका बेग्लाबेग्लै दर्शक जमातको उत्साह र उमंग पनि देख्न सकिनेछ । यो गीतलाई लोकरक ब्याण्ड नेपथ्यले आफ्नै शैली र प्रस्तुतीका साथ अंगीकार गर्दैआएको श्रोतादर्शकलाई अवगतै छ । यो मनमुटु हल्लाउने गीत बजिरहेको बेला जहिल्यै पनि दर्शकहरु सकारात्मक उर्जाले भरिएर उफ्रिरहेका देखिन्छन् । नेपाल भित्र होस् वा बाहिर जता कन्सर्ट गर्दा पनि यस गीतका बेलामा चाहिँ ब्याण्डसँगै समस्त दर्शकहरु पनि गाइरहेका हुन्छन् ।

‘शान्ति संगीत यात्राको क्रममा एकपटक हामीले यो गीत गाइरहँदा रामेश दाइ र मन्जुल दाइ पनि हेर्न आउनुभएको थियो,’ नेपथ्यका मुख्य गायक तथा अगुवा अमृत गुरुङ सम्झन्छन्, ‘त्यतिबेला यो गीतलाई यस रुपमा गाएर पछिल्लो पुस्ताका तन्नेरीहरु माझ लोकप्रिय बनाइदिएकोमा हामीलाई थप प्रोत्साहित गर्नुु भएको थियो ।’ अमृतका अनुसार लण्डनको विम्बले एरेनामा आयोजित भब्य कन्सर्टपछि गीतकार श्याम तमोट स्वयं नेपथ्यको कार्यालयमा आएर ब्याण्डले यस रुपमा आफ्नो गीत अघि बढाएकोमा खुशी प्रकट गर्नुु भएको थियो ।

‘यो गीतलाई एक तहसम्म संकल्पले अघि बढाएको र त्यसपछिको अर्को तहमा नेपथ्यले लगिदिएको भनेर श्याम दाइ खुशी हुनुभएको थियो,’ अमृत सम्झन्छन्, ‘उहाँले त्यतिबेला प्रकट गर्नुभएको हार्दिकताले हामीलाई थप प्रोत्साहन मिलेको थियो ।’ ‘नेपथ्यले यस गीतलाई आफ्नो बनाएर शान्ति र शिक्षा अभियानमा प्रयोग गरेको देख्दा म असाध्यै प्रभावित भएको छु,’ गीतकार श्याम तमोट भन्छन्, ‘उनीहरुको संगीत प्रस्तुत गर्ने मौलिक तरिकाले यो गीतलाई अझ फराकिलो श्रोता घेरामा पुग्न मद्दत गरेको छ ।’

‘यो गीतले बोकेको उर्जा र भावना प्रस्तुत गर्नका निम्ति लाइभ कन्सर्टहरुका दृश्य नै शक्तिशाली हुन्छ भन्ने लागेकोले भिडियो तयार पार्नका निम्ति बेग्लाबेग्लै स्थानका रेकर्डहरुलाई एक ठाउँमा समेटेका छौं,’ नेपथ्यको प्रवद्र्धक तथा प्रस्तोता नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यस भिडियोमा मुलुक भित्र र कतिपय स्थानमा विदेशका समेत कन्सर्टहरुको दृश्य समेटिएको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x