×

NMB BANK
NIC ASIA

मुख्य समाचार : अनुसन्धान समितिले पत्ता लगाउन सकेन तस्करीको सुन, २ सय कर्मचारी कामविहीन

साउन ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या छानबिनका लागि गठित उच्चस्तरीय समितिको म्याद नथपिने भएको छ । सरकारले २० चैतमा गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो ।

Muktinath Bank

दुईपटक म्याद थप्दा पनि तस्करीको सुन भेटाउन नसकेपछि प्रधानमन्त्री केपी ओली समितिको म्याद नथप्ने निष्कर्षमा पुगेका हुन् । समितिलाई सुरुमा ४५ दिनको म्याद दिइए पनि थपेर ३ महिना १२ दिन पु(याइएको थियो । यसबीचमा मुख्य अभियुक्त मानिएका गोरे भनिने चूडामणि उप्रेतीसहित प्रहरीका बहालवाला उच्च अधिकृत र पूर्वडिआइजी समातिए । तर, तस्करीको सुन भने पत्ता लाग्न सकेन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही कानुनी जटिलताले काम अधुरो बन्न पुगेको समिति संयोजक पौडेलले बताए । उनले भने, ‘करिब साढे तीन महिनामा धेरै काम भएका छन् । घटनामा मात्रै ७५ भन्दा धेरैलाई विपक्षी बनाइएको छ । ४५ भन्दा धेरै समातिएका छन् । एक–दुईबाहेक सबै पुर्पक्षका लागि जेल चलान भएका छन् । केही फरार छन् । यसको अर्थ अनुसन्धान सकियो भन्ने होइन । काम बाँकी नै छ ।’, नयाँ पत्रिकामा खबर छ ।


Advertisment
Nabil box
Kumari

डा. गोविन्द केसीलाई काठमाडौं ल्याइने 
डा. गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई काठमाडौं ल्याउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको नेकपाको  बैठकले केसीलाई काठमाडौं ल्याउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

Vianet communication
Laxmi Bank

‘चिकित्सकहरुको सार्वजनिक विज्ञप्तिअनुसार उहाँलाई सीसीयूसहितको अस्पतालमा राख्नुपर्ने अनिवार्य भइसकेको छ । त्यसैले सबैले उहाँको जीवनरक्षलाई पहिलो प्राथमिकता बनाऔं । त्यसपछि खुला ढंगले मुद्दामा छलफल गरेर समाधान खोजौं ।’ उनले भने । श्रेष्ठले केसी प्रकरणमा  राजनीति गर्न नहुनेमा पनि जोड दिएका छन् । 

जिप दुर्घटनामा सातको मृत्यु, चार घाइते
रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–५ मा भएको जिप दुर्घटनामा सात जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य चार घाइते भएका छन् । 

सदरमुकाम रुकुमकोटबाट लुकुमगाड जाँदै गरेको लु १ ज २५७३ नंको जिप सिस्ने–धौलापैरा सडकखण्डमा दुर्घटना हुँदा जिपमा सवार तीन महिला र चार पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए ।

मृत्यु हुनेमा पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोटका ३१ वर्षीय बुद्धिराज पुन, ३५ वर्षीय कुमार पुन, २२ वर्षीय किरण पुन, वडा नं १२ का २८ वर्षीया तिर्सना तुलाचन, वडा नं १४ का ३० वर्षीया छालना बर्मा, भूमे गाउँपालिका–४ का २८ वर्षीय अर्जुन विक र बाँके कोहलपुरका २२ वर्षीया ललिता परियार रहेका छन् ।

गण्डकी प्रदेशसभामा प्रधानमन्त्रीले आज विशेष सम्बोधन गर्दै
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार गण्डकी प्रदेशसभामा विशेष सम्बोधन गर्नुहुने भएको छ । गण्डकी प्रदेशको राजधानी पोखराको नदीपुरस्थित प्रदेशसभा सचिवालयमा अपराह्न  १२.४० बजे प्रधानमन्त्रीको विशेष सम्बोधन हुने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले जानकारी दिए ।

उनका अनुसार विशेष सम्बोधनका लागि सचिवालयले आवश्यक तयारी पूरा गरिसकेको छ । संघीय संरचनाअनुरुप प्रदेशसभा गठन भएपछि यो प्रदेशमा पहिलोपटक प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएको हो ।

पोखरा विश्वविद्यालयको १९ औं वार्षिक साधारणसभामा विश्वविद्यालायका कुलपतिका हैसियतमा सभाको अध्यक्षता गर्न प्रधानमन्त्री ओली बिहीबार पोखरा जाँदै हुनुहुन्छ । 

महानिर्देशकसहित २ सय कर्मचारी कामविहीन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको गम्भीर त्रुटिका कारण शिक्षा विभागका महानिर्देशकसहित ४ सहसचिव कामविहीन भएका छन । तीन निकायमा कार्यरत करिब २ सय कर्मचारी हिजोदेखि हाजिर गरेर फर्किएका छन् ।

नयाँ गठन भएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले के काम गर्ने भन्ने विषयमा टुंगो लागेको छैन । गएको जेठ ६ गते मन्त्री परिषद्को बैठकले नयाँ निकाय केन्द्र गठन गर्ने निर्णय भएको थियो । 

निर्णय भएको झन्डै दुई महिना पुग्नै लाग्दा सरकारले खारेज हुने निकायको व्यवस्थापन गर्न सकेको थिएन । अस्ति साउन १ गतेदेखि शिक्षा विभाग, शैक्षिक जनशक्ति विकास केन्द्र र अनौपचारिक शिक्षा केन्द्र खारेज भएको हो । 

खारेज गर्नु अघि नै संगठन संरचनाअनुसार जिम्मेवारी तोक्नुपर्ने मन्त्रालयले हिजो बुधबारसम्म कुनै जिम्मेवारी दिएको छैन । केन्द्रको महानिर्देशक को हुने भन्ने विषयमा समेत निर्णय गर्न सकेको छैन ।, नेपाल समाचारपत्रमा खबर छ । 

३३ पीडित परिवारले क्षतिपूर्ति पाउने
सरकारले मानव अधिकार आयोगकोे सिफारिशमा मानव अधिकार हननसम्बन्धी घटनाका ३३ पीडित परिवारले क्षतिपूर्ति पाउने भएका छन् ।
       
विसं २०५९ असारदेखि २०६२ फागुनसम्म मानव अधिकार हननसम्बन्धी घटनामा सात मृतक, सात यातना पीडित, तीन बेपत्ता, चार घाइते अशक्त, तीन गैरकानूनी थुनामा, आठ घाइते गरी ३३ पीडितका परिवारलाई रु ७५ लाख १४ हजार ९०० क्षतिपूर्ति दिने निर्णय सरकारबाट भएपछि पीडित परिवारले क्षतिपूर्ति पाउने भएका हुन् । मन्त्रिपरिषद्को गत असार २४ गतेको बैठकले यस्तो निर्णय गरेको हो । 

मलेठ घटनाको प्रतिवेदनमा राजपाको असन्तुष्टि
राष्ट्रिय मानव अधिकार आयोगले सप्तरीको मलेठ घटनामा सार्वजनिक गरेको प्रतिवेदनमा राष्ट्रिय जनता पार्टी नेपालले जनाएको छ । राजपाले विज्ञप्ति जारी गर्दै मानव अधिकार आयोगको प्रतिवेदन पूर्वाग्रही रहेको भन्दै सच्याउन माग गरेको छ ।

पीडकमाथि कुनै किसिमको कारवाहीको सिफारिस नगरिएको र पीडितलाई न्याय दिलाउन सक्ने अवस्था नरहेको भन्दै आयोगको प्रतिवेदनको आलोचना गरेको हो । उक्त प्रतिवेदनलाई सत्यतथ्यमा आधारित बनाएर परिमार्जन गर्न राजपाले माग गरेको छ ।

सप्तरी जिल्लाको मलेठमा २०७३ फागुन २३ गते सुरक्षाकर्मीको गोली लागि पाँच जना मारिएका थिए भने १३ जनाभन्दा बढी घाइते भएका थिए ।

पाँच महिनापछि निजी कम्पनीले उठाउँछ काठमाडौंको फोहोर

जिल्लाको फोहोर व्यवस्थापनको जिम्मा निजी कम्पनीलाई दिन भएको आयोजना विकास सम्झौता (पिडिए) लगानी बोर्डले स्वीकृत गरेको छ । 

प्रारम्भिक हस्ताक्षर भइसकेको पिडिए मंगलबार प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बोर्डको ३१औँ बैठकले स्वीकृत गरेको हो ।  यो आयोजनामा कीर्तिपुर नगरपालिकाको फोहोर व्यवस्थापन भने समेटिएको छैन ।

अबको पाँच महिनामा काठमाडौंका कीर्तिपुरबाहेक सबै नगरपालिकाको फोहोर निजी क्षेत्रले उठाउन थाल्नेछ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

२३ फागुन ०७४ मा उक्त पिडिएमा प्रारम्भिक हस्ताक्षर भएको थियो । त्यसवेला बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले दुई महिनाभित्र अन्तिम हस्ताक्षर गर्ने गरी काम गरिरहेको बताएका थिए । 

तर, प्रारम्भिक हस्ताक्षर भएको पाँच महिनापछि अन्तिम हस्ताक्षर नभई बोर्डको सञ्चालक समितिबाट पिडिए पारित भएको हो ।, नयाँ पत्रिकामा खबर छ ।

सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश 
सर्वोच्च अदालतले कर्जा सुरक्षण विकास कोषका प्रमुख कार्यकारी अधिकृत विजयबाबु मिश्रलाई  हटाउने वर्तमान सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संयुक्त इजलासले बुधबार प्रमुख कार्यकारी अधिकृत मिश्रलाई हटाउने निर्णय कार्यान्वयन नगर्न दिएको अल्पकालीन आदेशलाई निरन्तरता दिएको हो ।

आदेशमा सुनुवाइको मौकासमेत नदिईकन हटाइएको हुनाले पदमुक्त गर्दा मिश्रलाई अपूरणीय क्षति पुग्ने भन्दै मुद्दाको अन्तिम किनारा नलागेसम्म सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।


अख्तियारद्वारा एक कर्मचारी पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कैलालीस्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत गहुँबाली सुपरजोनका प्रमुख रामानन्द यादवलाई रु २५ हजार रकम लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ ।

कैलालीको साबिक उदासीपुर गाविस–८ स्थित सुपरजोन कार्यान्वयन इकाईको कार्यालयमा सेवाग्राहीबाट रु २५ हजार रकम लिँदै गर्दा यादवलाई पक्राउ गरिएको आयोगको कञ्चनपुरस्थित कार्यालयका प्रमुख ज्ञानेन्द्रप्रसाद ढकालले बताए । 

नेपाली क्रिकेट टोली आज बेलायत जाँदै
बेलायातको लर्ड्समा हुने एमसीसी, नेदरल्याण्ड् सम्मलित त्रिकोणात्मक श्रृखंला र नेदरल्यान्ड्विरुद्ध हुने एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न जाने नेपाली टोलीलाई बुधबार विदाई गरिएको छ । 

युुवा तथा खेलकुदमन्त्री जगत (सुनार) विश्वकर्माले टोलीलाई सफलताको शुभकामना दिँदै विदाई गरेका हुन् । त्रिकोणात्मक श्रृखंला जुलाई २९ मा लर्डस् मैदानमा आयोजना हुनेछ । 

त्यसपछि नेपाल र नेदरल्यान्ड्सबीचको एक दिवसीय क्रिकेट अगस्ट १ र ३ तारिखमा हुनेछ ।  त्यस्तै बेलायतमा नेपाली टोलीले चार अभ्यास खेलसमेत खेल्नेछ ।  

शक्ति गौचनले सन्यास लिने
राष्ट्रिय क्रिकेट टोलीका सदस्य शक्ति गौचनले नेदरल्यान्ड्ससँगको खेलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट आफू सन्यास लिने घोषणा गरेका छन् । राष्ट्रिय टोलीका भेट्रान खेलाडी गौचनले नेदरल्यान्डसँग हुने पहिलो एक दिवसीय श्रृङ्खला नै आफ्नो अन्तिम खेल हुने बुधबार जानकारी गराए । नेपाली क्रिकेट टोली बिहीबार बेलायत प्रस्थान गर्दैछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x