कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
दाङ- यस जिल्लामा स्थापना भएका सर्पदंशका उपचार केन्द्र प्रभावकारी छैनन् ।
राप्ती अञ्चल अस्पताल, घोराहीको राप्ती उपक्षेत्रीय अस्पताल र लमहीको लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र छन् । तर ती सर्पदंश उपचार केन्द्र ‘रेफर सेन्टर’को रुपमा मात्रै छन् । गर्मीयामसँगै जिल्लामा सर्पदंशबाट पाँचजनाको ज्यान गइसकेको छ ।
अस्पतालमा सर्पले टोेकेका बिरामी आएमा उनीहरुलाई सामान्य औषधि दिने र रिफर गरिदिने गरेको बिरामीका आफन्तले गुनासो गरेका छन् । केही बिरामीको बाटोमै मृत्यु भएको छ भने केही बिरामीको अस्पताल पुर्याएपछि मृत्यु हुने गरेको छ ।
जिल्लाका तीनवटै सर्पदंश उपचार केन्द्र नाममात्रैका छन् । उपचार केन्द्र प्रभावकारी नहुँदा सर्पदंशका बिरामीको मृत्यु हुने गरेको छ । तीनवटै स्वास्थ्य संस्थामा भेन्टिलेटर छैन, जसले गर्दा बिरामीलाई औषधि दिने अनि अन्यत्र पठाउनेभन्दा अर्को विकल्प नभएको चिकित्सकले बताउने गरेका छन् ।
केही समय अघि तुलसीपुर उपमहानगरपालिका–१९ निवासी ९ वर्षीय सुनिल विकको सर्पदंशबाट निधन भयो । राप्ती अञ्चल अस्पतालमा भेन्टिलेटर नहुँदा उनलाई नेपालगञ्ज रेफर गरिएकोमा लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भयो ।
सोमबार र मंगलबार मात्रै सर्पको टोकाइबाट दाङमा दुई जनाको मृत्यु भएको छ । मंगलबार बबई गाउँपालिका–४, हापुरे निवासी २३ वर्षीय देवराज आलेको मृत्यु भएको थियो । सोमबार तुलसीपुर–८, अस्वारा निवासी चार वर्षीय झपेन्द्र विकको निधन भएको थियो । यो वर्ष मात्रै दाङका पाँचजनाको सर्पको टोकाइबाट मृत्यु भइसकेको छ ।
त्यस्तै, तुलसीपुर–१ की एक १८ महिने शिशुलाई घर आँगनमै खेल्ने क्रममा सर्पले टोक्यो । त्यसको केही समयमा अस्पताल पुर्याउँदै गर्दा बाटोमै मृत्यु भयो ।
सर्पदंश उपचार केन्द्र भएपनि भेन्टिलेटर नहुँदा रेफर गर्नुपर्ने बाध्यता रहेको राप्ती अञ्चल अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा विनोद सिंहले बताउनुभयो । “हामीसँग औषधि छ, तर भेन्टिलेटर छैन, जसले गर्दा हामीले बिरामी रेफर गर्नुपर्ने बाध्यता छ” उहाँले भन्नुभयो ।
त्यस्तै, सर्पका बिरामीलाई प्रभावकारी रुपमा उपचार गर्नका लागि भेन्टिलेटर अनिवार्य रहेको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीका डा. जितनारायण यादवले बताउनुभयो । “अहिले अस्पतालमा आएका सर्पदंशका बिरामीलाई रेफर गर्नुको विकल्प छैन” उहाँले भन्नुभयो ।
अस्पतालमै प्रभावकारी सेवा प्रदान गर्नका लागि भेन्टिलेटरको व्यवस्था अनिवार्य छ । लमही अस्पतालमा पनि औषधि मात्रै छ । अस्पतालका निमित्त प्रमुख डा विमलेशकुमार गुप्ताका अनुसार औषधि भएर मात्र सर्पदंशका बिरामीको उपचार सम्भव नभएको भन्दै उहाँले सर्पदंशका बिरामीको सफल उपचारका लागि भेन्टिलेटरको व्यवस्था अनिवार्य रहेको बताउनुभयो ।
देउखुरी क्षेत्रमा त्यहाँ व्यवसायीको पहलमा सर्पदंशको उपचार केन्द्र स्थापना ल्याउने तयारी गरिहेको छ । देउखुरी उद्योग वाणिज्य संघले सर्पदंश केन्द्र स्थापना गर्ने गरी प्रक्रिया अगाडि बढाएको छ । देउखुरी क्षेत्रमा सर्पदंशका बिरामी धेरै हुने भएकाले सर्पदंशको उपचार केन्द्र स्थापना गर्ने तयारी थालिएको देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले बताउनुभयो ।
लमही अस्पतालको मातहतमा रहने गरी केन्द्र सञ्चालनको तयारी गरिएको छ । उक्त केन्द्रका लागि करीब रु २०÷२५ लाख रकम लाग्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो । वर्षेनी दाङमा सर्पको टोकाइबाट मानिसको मृत्यु भएपनि त्यसको तथ्यांक कुनै पनि निकायमा छैन ।
विश्वभर करीब तीन हजार ४०० प्रकारका सर्प पाइन्छन् । नेपालमा भने पहाडदेखि तराईसम्म ९० प्रकारका सर्प छन् ।
तर ती सबै सर्प विषालु हुँदैनन् । केही सर्पमात्र मानवलाई असर गर्ने विष भएका हुन्छन् । करीब १७ प्रजातिका अति विष भएका सर्प छन् । गर्मीयामको शुरुवातबाटै सर्प भू–सतहमा आउँछन् । त्यसैले, सर्पको टोकाइबाट प्रभावित हुने र ज्यानको जोखिम हुने सम्भावना हुन्छ ।
जिल्लामा करेत र गोमन सर्पको दंशबाट धेरै व्यक्तिको ज्यान जाने गरेको छ । यी सर्पको विष साह्रै विषालु हुने र मानव शरीरलाई असर पु¥याउने किसिमका हुन्छन् । यी सर्पको विषको कारणले शरीरमा पक्षाघात हुने गर्छ । श्वासप्रश्वासमा पक्षाघात भई सास फेर्न नसकेर बिरामीको मृत्यु हुने चिकित्सकको भनाइ छ ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...