×

NMB BANK
NIC ASIA

नुवाकोटमा पहिरोले घर नै पुर्‍यो, ४ जना घाइते

साउन ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

नुवाकोट – यहाँको सूर्यगढी गाउँपालिका–३ चोकदेमा पहिरोले घर पुर्दा चार जना घाइते भएका छन् । अविरल वर्षाका कारण आज बिहान ४ बजे घरमाथिबाट आएको पहिरोले नवराज श्रेष्ठकोे दुईतले कच्ची घर भत्काउँदा ५० वर्षीय निजका साथै उनकी श्रीमती ४६ वर्षीया निरु, छोरी २२ वर्षीया निशा र १८ वर्षीय छोरा विकास घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए ।

Muktinath Bank

घाइतेहरूलाई स्थानीय प्रहरीले उद्धार गरेर विदुरको सिटी अस्पतालमा उपचारका लागि लगेकामा अहिले उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । घरमा किराना पसल र घरसँगै रहेको गोठमा १३ वटा बाख्रा, कुखुरा मर्नुका साथै घरभित्र रहेको सरसामग्री नष्ट भएको छ । प्रहरीले रु ६० लाख बराबरको क्षति भएको अनुमान गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै गए रातिको वर्षाकै कारण यहाँको तादी गाउँपालिका–५ बञ्चरेमा दुईवटा घर तथागोठ र खानेपानीको ट्याङ्की पहिरोले पुरेको छ । पहिरोका कारण अन्य ११ घर जोखिममा परेको छ । बञ्चरेका वीरबहादुर तामाङ स्याङतानको घर तथा गोठ पहिरोले पुर्दा भित्र रहेको बाख्रा सात, कुखुरा १० वटा र अन्नपात लत्ताकपडा गरी रु १५ लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ । 


Advertisment
Nabil box
Kumari

यसैगरी सोही स्थानका हरिबहादुर लामाको घर तथा गोठ पहिरोले पुर्दा गाईभँैसी अन्नपात लत्ताकपडा गरी रु १५ लाखबराबरको क्षति भएको र सोही गाउँमा रहेको खानेपानीको ट्याङ्की पहिरोले भत्काउँदा रु सात लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तादी–५ बञ्चरेमा पहिरोको कारण ११ घर जोखिममा परेकाले उनीहरू सुरक्षित स्थानमा बसेका छन् ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x