×

NMB BANK
NIC ASIA

दुई वर्षपछि टर्कीमा संकटकाल टुंगियो

साउन ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – टर्कीमा दुई वर्षअघि लगाइएको संकटकाल बुधवार टुंग्याइएको छ । तर विपक्षी दलहरूले यसका ठाउँमा अझ दमनकारी कानून वैध तरिकाले लागू गर्न सरकार उद्यत रहेको आरोप लगाएका छन् । 

सन् २०१६ मा कूको असफल कोशिश, अंकारामा बमवर्षा र इस्तानबुलमा भएको हिंस्रक झडपमा २४९ मानिसको मृत्यु भएपछि संकटकाल लगाइएको थियो । 

सरकारी समाचार एजेन्सी अनादोलुका अनुसार, संकटकाल सामान्यतया तीन महिनाका लागि लगाइन्छ तर त्यसको अवधि सातचोटि बढाएर दुई वर्ष पु–याइएको थियो । बुधवार मध्यरातबाट यसलाई हटाइएको छ । 

संकटकालमा लगभग ८० हजार मानिसलाई हिरासतमा राखिएको छ । योभन्दा दुईगुणा बढी मानिसलाई जागिरबाट निकालिएको छ । उनीहरू सरकारी कार्यालयमा काम गर्थे । 

यस क्रममा फेतुल्ला गुलेन नामक अमेरिकामा बस्ने धर्मप्रचारकलाई तारो बनाइएको थियो अनि कुर्द कार्यकर्ता र वामपन्थीहरूलाई पनि निशाना बनाइएको थियो । 

अघिल्लो महिना राष्ट्रपति चुनाव प्रचार अभियानका बेलामा रेसेप तय्यप एर्दोगानले सत्तामा फर्किनेबित्तिकै संकटकाल अन्त्य गर्ने घोषणा गरेका थिए । 

विपक्षका नेता संसदमा प्रस्तावित गरिएको नयाँ कानूनप्रति आक्रोश व्यक्त गरेका छन् । कानूनमा संकटकालका केही कडा पक्षलाई औपचारिक गरिँदैछ । 

प्रमुख विपक्षी दल रिपब्लिकन पिपुल्स पार्टीले नयाँ कानून पनि संकटकाल जस्तै भएको प्रतिक्रिया दिएको छ । 

यसैबीच अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले संकटकालका बेलामा बन्दी बनाइएका एक अमेरिकी पादरीलाई रिहा नगरिएकोमा रोष प्रकट गरेका छन् र एर्दोगानलाई उनलाई मुक्त गर्ने अपील गरेका छन् । 

एन्ड्रु ब्रोन्सन इज्मीर शहरमा एक प्रोटेस्टेन्ट चर्च चलाउँछन् र उनलाई आतंकवादको आरोपमा पहिलोपटक सन् २०१६ मा हिरासतमा लिइएको थियो । त्यतिखेरदेखि उनको रिहाइ तीनचोटि टरिसकेको छ । यो मुद्दा नै अमेरिका र टर्कीको
सम्बन्धमा आएको तिक्तताको प्रमुख कारण बनेको छ ।

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x