असोज १, २०७५
काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् । एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...
काठमाडौं – रुस अझै पनि अमेरिकाका लागि जोखिमका रूपमा रहेको विश्वास लिएको ह्वाइट हाउसले बताएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले गरेको टिप्पणीले ल्याएको अन्योलका बीच यो भनाइ आएको हो ।
रुसले अझै पनि अमेरिकी निर्वाचनलाई लक्षित गरिरहेको हो भन्ने प्रश्नको जवाफमा होइन भनेर ट्रम्पले अमेरिकी जासूसी संयन्त्रसँग अहमति जनाएको जस्तो देखिएको थियो ।
पछि ह्वाइट हाउसकी प्रेस सचिव साराह स्यान्डर्सले ट्रम्पले थप प्रश्नको उत्तर दिन नचाहेको भनी व्याख्या गरिन् ।
रुसका सम्बन्धमा ट्रम्पले हालै गरेका टिप्पणीमा आलोचनाको वर्षा भएपछि यो प्रसंग उठेको हो । रुसले अमेरिकी निर्वाचनमा हस्तक्षेप नगरेको भनी ट्रम्पले हेल्सिन्कीमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्तापछि भनेका थिए ।
‘राष्ट्रपति र उनको प्रशासन रुसले विगतमा जस्तो हाम्रो निर्वाचनमा हस्तक्षेप गर्न नसकोस् भन्ने सुनिश्चित गराउनका लागि कठोर मेहनत गरिरहेका छन्,’ स्यान्डर्सले बुधवार न्युज ब्रिफिङका क्रममा भनिन् ।
त्यसभन्दा केही घन्टाअघि एबीसी न्युजकी संवाददाता सिसिलिया भेगाले राष्ट्रपति ट्रम्पलाई रुस अझै पनि अमेरिकी निर्वाचनलाई लक्षित गर्न सक्छ कि भनी प्रश्न गरेकी थिइन् ।
ट्रम्पले टाउको हल्लाए र जवाफ दिए, ‘धन्यवाद, अँह ।’ उनले फेरि सोधिन्, ‘अँह ? त्यस्तो हुँदैन त ?’
उनले फेरि भने, ‘अँह ।’
राष्ट्रपतिले प्रश्नको उत्तर दिन नचाहेकोले अँह भनेको भनी ह्वाइट हाउसले बताएपनि भेगाले आफूलाई सीधै हेरेर राष्ट्रपतिले अँह भनेकाले रुसले हस्तक्षेप गर्दैन भनेको अर्थ लगाउनुपर्ने बताइन् ।
यसअघि ट्रम्पले संवाददाताको प्रश्नमा उत्तर दिन नचाहेमा उनीहरूतिर नहेरी अँह भन्ने गरेको तर यसपालि चाहिँ आँखामा हेरेरै अँह भनेको भेगाले बताइन् ।
बीबीसीबाट
काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् । एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ । आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...