कांग्रेस सभापति देउवाले भने– माइतीघर मण्डला र जुम्लामा सरकारबाट ज्यादती भयो

फाइल फोटो

साउन ३, २०७५

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरिएकामा असन्तोष प्रकट गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा संघीय संसद् भवन बाहिर सूचना टाँस गरी आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक साउन ११ गते शुक्रबारसम्मका लागि सारिएको छ । 

प्रतिनिधिसभाको बैठक सारिएकामा संसद् परिसर नयाँ बानेश्वरमा प्रतिक्रिया दिँदै सभापति देउवाले माइतीघर मण्डला र जुम्ला घटनामा सरकारले ज्यादती गरेको बताए ।

सभापति देउवाले डा केसीले उठाएका सबै माग र उनको स्वास्थ्य उपचारमा सरकारले ध्यान दिनुपर्ने बताए ।

यसअघिको सरकारले संसद्मा पेश गरेको चिकित्सा शिक्षा अध्यादेशको हुबहु विधेयक संसदमा ल्याइनुपर्ने उनको माग थियो । 

साउन ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस