बार्सिलोना डेम्बेलेलाई बेचेर हजार्ड भित्र्याउने सुरमा

साउन ३, २०७५

काठमाडौं – बार्सिलोनाले आफ्नो खेलाडी उस्मान डेम्बेले चेल्सीलाई बेचेर इडन हजार्डलाई भित्र्याउन चाहेको खबर आएको छ । 

हजार्डले चेल्सी छोड्न खोजेको र रियल मड्रिड जान चाहेको संकेत दिएका छन् । 

हजार्डले रियल मड्रिडसँग मौखिक सहमति गरिसकेको दाबी गरिएको छ र क्लबले अब चेल्सीसँग पैसाको कुरा गरिरहेको छ ।

बार्सिलोना पनि हजार्डलाई ल्याउन इच्छुक देखिन्छ । स्पेनी च्याम्पियन क्लबले हजार्डका प्रतिनिधिसँग कुराकानी गरिरहेको छ । तर चेल्सी अहिले सम्झौताको दह्रो स्थितिमा छ किनकि हजार्डले उक्त क्लबसँग गरेको सम्झौताको अवधि अझै दुई वर्ष बाँकी छ । 

हजार्ड

तर स्पेनको रेडियो स्टेसन ओन्डा सेरोका अनुसार, बार्सिलोनाले चेल्सीको अडानको परीक्षण गर्नका लागि डेम्बेले दिएर हजार्ड ल्याउन खोजिरहेको छ । 

बार्सिलोनाले अघिल्लो वर्ष बोरुसिया डोर्टमन्डबाट डेम्बेलेलाई किनेको थियो । डेम्बेलेले क्याम्प नूमा खासै प्रदर्शन गरेनन् र उनी क्लब छोड्ने मनस्थितिमा छन् । 

फ्रान्सेली टोलीका सदस्य डेम्बेले अहिले छुट्टी बिताइरहेका छन् ।

एजेन्सी
 

साउन ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस