×

NMB BANK
NIC ASIA

प्रमुख समाचार : तनावका बीच डा. गोविन्द केसी काठमाडौंमा, अब कर्मचारीको तलब स्थानीय तहबाटै

साउन ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– जुम्ला सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत प्रा डा केसीलाई बिहिबार काठमाडौँ ल्याइएको छ । 
२१ दिनदेखि अनशनरत प्रा डा केसीलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको हो । टुँडिखेलमा हेलिकप्टर अवतरण गराइएलगत्तै प्रा डा केसीलाई एम्बुलेन्समार्फत त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको थियो । 
डा केसीलाई काठमाडौँ ल्याउन खोज्दा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालभित्र झडप हुँदा एक जना प्रहरी गम्भीर घाइते हुनुका साथै केही व्यक्ति घाइते भएका छन् । सो क्रममा अस्पतालभित्रै गोली चल्न पुगेको थियो ।  
केसीको जीवनरक्षाका लागि भन्दै सरकारले बिहिबार बिहान काठमाडौँ ल्याउन हेलिकोप्टर पठाएको थियो । 

Muktinath Bank

उनको  जीवनरक्षा र स्वास्थ्य उपचारका लागि काठमाडौँ ल्याउनु अत्यावश्यक भएकाले हेलिकोप्टर पठाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रालयका सचिव खगराज बरालको टोली उनलाई लिन गएको थियो । 
तर हेलिकप्टर लिन गएपनि केसीले फर्किन अस्वीकार गरेका थिए । सो क्रममा केसी समर्थक र प्रहरीबीच झडप भएर तनाव उत्पन्न भएपछि हुन सक्ने सम्भावित थप तनाव रोक्न केसी काठमाडौं फर्किन सहमत भएको बताइएको छ । केसी फर्किँदा जुम्लाबासीले भावुक हुँदै बिदाई गरेका थिए । 
 काठमाडौँ  ल्याइएसँगै केसीले  महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा अनसनलाई निरन्तरता दिएका छन् ।  अहिले प्रा डा केसीलाई त्रिवि शिक्षण अस्पतालको नाक, कान घाँटी वार्डमा राखिएको छ । 


Advertisment
Nabil box
Kumari

अपहरणको शैलीमा काठमाडौं ल्याइएको आरोप
केसीले केपी ओली नेतृत्वको सरकारले आफूलाई अपहरणको शैलीमा  जुम्लाबाट काठमाडौं ल्याएको आरोप लगाएका छन् । त्रिवि शिक्षण अस्पतालबाट बिहिबार साँझ एक विज्ञप्ति जारी गर्दै केसीले इच्छाविपरित आफूलाई बल प्रयोग गरी ल्याइएको भन्दै भत्सर्ना गरेका छन् । 

Vianet communication
Laxmi Bank

‘चिकित्सा शिक्षा सुधारको माग गर्दै म जुम्लामा २० दिनदेखि अनसन सहितको सत्याग्रह गरिरहेको सबैलाई विदितै छ’, केसीले विज्ञप्तिमा भनेका छन्, ‘ त्यसै क्रममा खड्ग प्रसाद ओलीको नेतृत्वको वर्तमान सरकारले अमानवीयरूपमा क्रूरतापूर्वक सत्याग्रहीको इच्छा विपरीत अस्पताललाई युद्धभूमि जस्तो बनाई अपहरण शैलीमा बल प्रयोग गरी जुम्लाबाट काठमाडौँ ल्याएको छ । सरकारले गरेको ज्यादतीपूर्ण व्यवहारको घोर भन्सर्ना  गर्दछु । ’

उनले आफ्नो  सत्याग्रहमा ऐक्यबद्धता जनाउने जुम्ला लगायत देश तथा विदेशमारहेका नेपालीहरूप्रति आभार व्यक्त गर्दै जुम्लामा प्रहरीसँग भएको झडपमा घाइते भएकाहरुको सीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

उनले घटनाका दोषीहरूलाई कारवाहीको माग समेत गरेका छन् । केसीलाई काठमाडौं ल्याउन गएको सरकारी टोलीलाई केसीका समर्थकले अवरोध गर्ने क्रममा भएको झडपमा केसी समर्थक एक दर्जन घाइते हुनुका साथै एक प्रहरीसमेत गम्भीर घाइते भएका थिए । 

केसीले आफ्नो माग पूरा नहुँदासम्म सत्याग्रह जारी रहने बताउँदै आम नागरिकहरूलाई सदा जस्तै ऐक्यबद्धताको लागि आह्वान समेत गरेका छन् ।

डा केसीसँग सम्बन्धित समाचार शीर्षकहरुः

डा. केसीलाई काठमाडौं ल्याउन सरकारले जुम्ला पठायो हेलिकप्टर

डा. केसीलाई लिन सरकारी हेलिकोप्टर जुम्लामा, चिकित्सक र विद्यार्थीको अवरोध

डा. केसी काठमाडौं जान मानेनन्, भन्छन्–मलाई सरकारले अपहरण गर्न खोज्यो

जुम्लामा घमासान : गोविन्द केसी विद्यार्थीको घेरामा, सरकारी टोलीलाई निषेध
डा. गोविन्द केसीलाई भेट्न खोज्दा गेटमै रोकिए मुख्यमन्त्री, समर्थकको घेरामा केसी
भीडलाई तितरबितर पारेर प्रहरी डा. केसीको अनशनस्थलमा, हेलिकप्टरमा काठमाडौं लगिँदै

गोविन्द केसीका समर्थकमाथि लाठीचार्ज, १० जनाभन्दा बढी घाइते

काठमाडौं जान डा. केसी तयार, हेलिकप्टरमा राखेर केहीबेरमा लगिँदै

हङकङको सिको गर्दै काठमाडौंमा डा. केसीका समर्थकको छाता जुलुस !

डा. केसी अनसन बसेको अस्पतालमा गोली चल्यो

गोविन्द केसीका मागमा सहमति नजुटेपछि संसद बैठक ११ गते सम्मका लागि स्थगित

सरकारले पठाएको हेलिकप्टरमा काठमाडौं नजाने डा. केसीको अडान

कांग्रेस सभापति देउवाले भने– माइतीघर मण्डला र जुम्लामा सरकारबाट ज्यादती भयो

सरकारी हेलिकप्टरमै काठमाडौं जान केसी तयार

जुम्लामा गोली नचलेको प्रहरी दाबी, ‘शीशाका बोतलले घाइते’ प्रहरीको उपचार हुँदै

डा. केसीका पक्षमा कांग्रेसद्वारा प्रदेश ३ को संसद पनि अवरुद्ध

जुम्लावासीले माला लगाइदिएर डा. केसीलाई काठमाडौं पठाए

गोविन्द केसी लिएर काठमाडौं उडेको हेलिकप्टर यसकारण पुग्यो सुर्खेत

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड गर्नेलाई कारवाही हुन्छ- मुख्यमन्त्री शाही

डा.केसीको फोटो खिच्न सेनाका कर्नेलले दिएनन्, मुख्यमन्त्रीको निर्देशन मानेनन्

गोविन्द केसी नपुग्दै अस्पतालमा प्रहरी तैनाथ, सुरक्षा व्यवस्था कडा

डा. केसी पक्ष र प्रहरीको झडपबारे बोल्यो गृह मन्त्रालय : ‘प्रहरी जवानमाथि शीशा र चिर्पट प्रहार’

डा. गोविन्द केसीलाई काठमाडौं ल्याइयो, शिक्षण अस्पतालमा उपचार हुने

गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न टिचिङ पुगे रविन्द्र र मनिषा कोइराला

कर्णालीबाट काठमाडौं ल्याइयो डा. केसीलाई, शिक्षण अस्पतालमा भर्ना [फोटो फिचर]

टिचिङबाट गोविन्द केसीले भने–ओली सरकारले अपहरणको शैलीमा काठमाडौं ल्यायो

काँग्रेसद्वारा गोविन्द केसीलाई काठमाडौँ ल्याउने क्रममा भएको झडपको विरोध

अब कर्मचारीको तलब स्थानीय तहबाटै
सरकारले आर्थिक वर्ष २०७५÷७६ बाट सरुवा भएर जाने कर्मचारीलाई सम्बन्धित ठाउँबाट नै पारिश्रमिक पठाउने भएको छ । 

स्थानीय तहमा सरुवा भएर जाने कर्मचारीको पारिश्रमिक सम्बन्धित तहमा पठाउन थालिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । 

“सरुवा गरिएका कर्मचारीले सम्बन्धित स्थानीय तहमा नजाने भएकाले पारिश्रमिक यो आर्थिक वर्षदेखि कर्मचारी जहाँ सरुवा भएका छन् त्यहीँ नै पठाउने गरेका छौँ”, उनले भने, “पारिश्रमिक पठाउँदा अनिवार्य कर्मचारी जाने भएकाले कर्मचारीलाई स्थानीय तहमा पठाउन सजिलो होस् भन्नका लागि पनि पारिश्रमिक पठाउन थालेका हौँ ।” 

यसअघि केन्द्रका कर्मचारी सरुवा भए पनि पहिल्यैको कार्यालयबाट पारिश्रमिक बुझ्ने भएकाले स्थानीय तहमा नजाने गरेको पाइएको उनले बताए । 

मुलुक संघीय संरचनामा गइसकेपछि स्थानीय तहमा अपुग भएका कर्मचारीलाई केन्द्रबाट पठाउँदै आएको छ । 
स्थानीय तहमा करीब ५७ हजार कर्मचारी रहनेछन् । 

दुुर्घटनामा ५८ विद्यार्थी घाइते
काठमाडौँको मूलपानीस्थित क्रिश्चियन कम्युनिटी स्कूलबाट विद्यार्थी लिएर भक्तपुरको थिमितर्फ आउँदै गरेको बा २ क ९२५० नं को स्कूल बस मध्यपुरथिमिको नीलबाराहीमा दुर्घटना हुँदा ५८ विद्यार्थी घाइते भएका छन् । 

दुर्घटनामा घाइतेमध्ये ४१ जनाको मध्यपुर अस्पताल र १७ जनाको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये गम्भीर पाँच जनाको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायब उपरीक्षक मनोज केसीले जानकारी दिए । 

पोखरा विमानस्थल 
प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्ष्भित्र राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा विमानस्थल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । 


प्रधानमन्त्री ओलीले विमानस्थलका लागि थप जग्गा आवश्यक पर्ने भए अधिग्रहण गर्नसमेत सम्बद्ध निकायलाई निर्देशन दिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 


प्रधानमन्त्री ओलीले विकास निर्माणका आयोजनाको अनुगमन गर्ने निकायको समेत अनुगमन गर्ने घोषणा यसअघि नै गरेका छन् ।  काममा ढिलासुस्ती गर्ने, बहाना निकालेर बस्ने तथा कमजोरी गरेर दोष दिने प्रवृत्तिको समेत अन्त्य गर्न आग्रह गरे । 

प्रधानमन्त्री ओलीले हालसम्मको कार्यसम्पादनमा सन्तोष व्यक्त गर्दै यस विमानस्थलको निर्माणमा प्रदेश सरकार, स्थानीय जनता, पोखरा महानगरपालिका, कार्यरत कर्मचारीसमेतको भूमिकाको प्रशंसा गरेका छन् । 

पोखरा विमानस्थलमा अन्तर्रा्ष्ट्रिय वायु यान कम्पनीले महत्व दिई सेवा सञ्चालनमा चासो राखेको भन्दै उनले बिहिबार पोखरामा आयोजित कार्यक्रममा सोहीअनुसारको सेवा तथा सुविधाको प्रबन्ध गर्नसमेत निर्देशन दिए । 
यसैबीच बिहिबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले  गण्डकी प्रदेशसभामा विशेष सम्बोधन गरेका छन् । 


संघीय संरचनाअनुरुप प्रदेशसभा गठन भएपछि पहिलोपटक प्रधानमन्त्रीले गण्डकी प्रदेशसभामा सम्बोधन गरेका हुन् । 

प्रदेशसभा सचिवालयमा प्रधानमन्त्री ओलीलाई सभामुख नेत्रनाथ अधिकारी, प्रदेश प्रमुख बाबुराम कुँवर, मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, उपसभामुख सिर्जना शर्मा, प्रदेश सरकारका मन्त्री लगायतले स्वागत गरेका थिए । 

सरकारबाट ज्यादती भयो – सभापति देउवा
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरिएकामा असन्तोष प्रकट गरेका छन् । 

प्रतिनिधिसभाको बिहिबारको बैठकमा संघीय संसद् भवन बाहिर सूचना टाँस गरी प्रतिनिधिसभाको बैठक साउन ११ गते शुक्रबारसम्मका लागि सारिएको छ । 

प्रतिनिधिसभाको बैठक सारिएकामा संसद् परिसर नयाँ बानेश्वरमा प्रतिक्रिया दिँदै सभापति देउवाले माइतीघर मण्डला र जुम्ला घटनामा सरकारले ज्यादती गरेकाबताए । 
सभापति देउवाले डा केसीले उठाएका सबै माग र उनको स्वास्थ्य उपचारमा सरकारले ध्यान दिनुपर्ने बताए । 


कामपा भन्छ- फोहर उठ्न थालिसक्यो
कालिमाटी चोकदेखि बल्खु निस्कँदा झण्डै एक दर्जन स्थानमा फोहरको डंगुर देखिन्छ् । काठमाडौँका कैयौँ स्थानको अहिले यस्तै अवस्थाले नागरिकको जनजीवन प्रभावित भएको छ । 

कामपाबाट दैनिक ५०० मेट्रिक टन र काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुन नसकेकाले अहिले सडकको दायाँ–बायाँ थुपारिएको फोहर माथिबाट यातायातका साधन र सर्वसाधारण आवतजावत गर्न बाध्य छन् । 

तर, कामपाका सहप्रवक्ता नवराज ढकाल गत मंगलबारबाट नियमित फोहर उठिरहेको दाी गर्छन् । नियमित फोहर उठिरहेको समयमा पनि किन जहातहीँ फोहोर छ त भन्ने प्रश्नको जवाफमा उनले लामो समयदेखि उठ्न नसकेको फोहर एकै दिनमा व्यवस्थापन गर्न नसकिने भएकाले त्यस्तो भएको बताए । 

छोरी जन्माएको भन्दै घर निकाला
सुनसरी जिल्लाको दुहबी नगरपालिका–६ कि राधा साह छोरी जन्मिएकोमा दुई वर्षदेखि घरेलु हिंसाबाट पीडित भएकी छिन् । 

सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरेर साहले आफू छोरी जन्माएकै कारण घरबाट निकाला भएको र अपहेलितसमेत भएको बताइन् । उनले े छोरी जन्मिएका कारण श्रीमान् र घरपरिवारबाट अपहेलित हुँदै अहिले माइतमा बस्न बाध्य भएको बताइन् । 

साहले २०७२ सालमा २० वर्षको उमेरमा रामधुनी नगरपालिका–३, प्रिपाहका २४ वर्षीय गोपाल साहसँग विवाह गरेकी थिइन् । 

ट्रम्पप्रति पुटिनको आशंका
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पप्रति आशंका व्यक्त गरेका छन् । 

केही दिन अघि भएको वार्तामा दुई नेताकाबीचमा भएका सहमति ट्रम्पले कार्यान्वयन गर्नेमा उनले आशंका व्यक्त गरेका हुन् ।  राष्ट्रपति पुटिनले ट्रम्पसँग भएको वार्ता ‘सफल’ भएको टिप्पणी पनि गरेको समाचारमा जनाइएको छ । 

रुसका राजदूतहरुको एउटा सम्मेलनमा पुटिनले दुई नेताका बीचमा निकै उपयोगी र अवश्यक सहमति भएको बताए ।  आफुहरु द्विपक्षीय हितका विषयमा मिलेर अगाडि बढ्न तयार भएको पनि उनले जानकारी दिए। एक आपसमा अन्त्यन्त सन्तुष्ट राष्ट्रका रुपमा रहने उनको भनाइ छ । 

एक आपसका अत्यन्त आलोचक र आक्रमक देखिने पुटिन र ट्रम्पबीच गत सोमबार हेल्सिन्कीमा शिखर वार्ता भएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x