×

NMB BANK
NIC ASIA

अनशनपछि बल्ल बन्यो सडक

साउन ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बैतडी -दशरथचन्द नगरपालिका–१ खाल निवासी वृद्ध अनशनमा बसेपछि स्थानीय तहले सडक निर्माण गरेको छ । ७८ वर्षीय वृद्ध हरिजितसिंह टेर सडक निर्माणको माग गर्दै गत १४ देखि १७ जेठसम्म सडकमै अनशन बसेका थिए ।

Muktinath Bank

बजेट विनियोजन गरिएको भए पनि गाउँलेकै विरोधका कारण सडक निर्माण हुन सकेको थिएन भने विनियोजित बजेटसमेत अन्यत्रै रकमान्तरण गर्ने प्रक्रिया वडा कार्यालयले सुरु गरेको थियो । तर, वृद्धको अनशनपश्चात् वडा कार्यालयको पहलमा स्थानीय नागरिकले सडक खन्ने सहमति दिए । सबैको सहमतिपछि अहिले गुरुखोलादेखि खालसम्मको ग्रामीण सडक निर्माण भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टेर भन्छन्, ‘आज मेरो घरकै बाटो भएर हाम्रो गाउँदेखि थप १ किलोमिटर सडक खनिएको छ, म निकै खुसी छु, सडकका लागि छुट्याइए पनि अन्तै रकमान्तरण गरिन्थ्यो, गाउँ परिषद्मा मैले सडकको माग गर्दा मलाई विरोधीहरूले खुकुरीसमेत देखाए तर म पछि हटिनँ ।’
टेर अनशन बसेकै कारण गाउँलेहरू सडक खन्नका लागि जग्गा दिन पनि सहमत भएको दशरथचन्द नगरपालिका–१ का वडाध्यक्ष भुवनराज भट्टले बताए । उनले भने, ‘सडकका लागि वडा कार्यालयबाट १४ लाख ५० हजार रुपैयाँ विनियोजन गरेका थियौं तर त्यहाँका नागरिक जग्गा दिन सहमत नभएपछि त्यो योजना रकम अन्यत्रै हाल्ने सोच्दै थियौं ।’ राजधानी दैनिकमा खबर छापिएकाे छ । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x