×

NMB BANK
NIC ASIA

बाँदरबाट मकै जोगाइदिन सांसदसँग हारगुहार

साउन ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

—कृष्ण दर्नाल
 
    पाल्पा- पाल्पाको रिब्दीकोट गाउँपालिकामा बाँदरले मकै नष्ट गरेपछि यहाँका किसान चिन्तित बन्दै गएका छन् ।  
 
    पहाडी जिल्ला पाल्पाको प्रमुख अन्नबाली मकैमा घोगा हाल्न थालेसँगै बाँदरले नष्ट गर्न थालेपछि यहाँका किसान मकै जोगाइदिनका लागि गाउँपालिका प्रमुख र प्रदेश सांसदसँग हारगुहार गर्न पुगेका हुन् ।
 
    गाउँमा युवा पुस्ता नभएकाले अधिकांश महिला, वृद्ध र बालबालिकामा बसोबास गर्ने थलो बन्दै गएसँगै बाँदर धपाउन समस्या भएको छ । महिला तथा बालबालिकाले बाँदर धपाउन खोज्दा पटकपटक हैरानी परेको गुनासो बाँदर पीडितले गर्दै आएका छन् ।
 
    रिब्दीकोट गाउँपालिका–३ का ९५ घरपरिवार मकैबारीमा बाँदरको बगाल बस्तीमा पसेपछि मकै नष्ट गरेको स्थानीय बासिन्दा रामबहादुर सुनारले गुनासो गर्नुभयो । बाँदर पीडित सुनारले एउटा बगाल बाँदरलाई गाउँबाट धपाए पनि अर्को बगाल कताबाट आउँछ, थाहा नै हँुदैन, मकै, तरकारी बाली उत्पादन गरे पनि बाँदरले नष्ट गरेको गुनासो प्रदेश साँसद तुलाराम घर्ती ‘बसन्त’, रमा घर्ती गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीलाई एक साथ पोखे ।
 
    बाँदरलाई गाउँबाट धपाउन निकै मुश्किल बन्दै गएपछि आफूहरुले भरुवा बन्दुकसहित बाँदर नियन्त्रण गर्न पाउनुपर्ने प्रमुख माग राखेका छन् । वर्षभरि खाने पहाडी भेगको अन्नबाली नोक्सानी गरेपनि बाँदर पीडित संगठित भएका हुन् । रिब्दीकोट गाउँपालिका–३ का बाबुलाल रसालीले बाँदरले मकै र मृगले अन्नबाली नष्ट गरेसँगै किसानको मेहनत विफल भएको गुनासो पोख्नुभयो । मकै बाली भित्राउने समयसम्म बाँदरबाट मकै जोगाइदिनका लागि सांसद तथा गाउँपालिका प्रमुखसँग  बाँदर पीडितले अनुरोध गरे ।
 
    प्रदेश सांसद तुलाराम घर्ती ‘बसन्त’ले बाँदरको समस्या सुने पनि आफूमाझ समस्याका रुपमा पहिलोपटक नयाँ प्रकृतिको समस्या आएको बताउनुभयो । सिंह, बाघले क्षति गरे क्षतिपूर्ति पाउने व्यवस्था भएपनि बाँदरबाट भएको नोक्सानीको राहत पाउने व्यवस्था नभएको बताउनुभयो ।  
 
    उहाँले बाँदर प्रवेश गर्ने स्थानमा मान्छे राखेर बाँदर धपाउनुपर्ने घर्तीले बताउनुभयो । उहाँले भरुवा बन्दुक प्रयोग गरी बाँदर धपाउने व्यवस्था नभएकोले किसानलाई समस्या हुनु स्वभाविक नै हो । बाँदर नियन्त्रणका लागि कार्यविधि बनाएर भरुवा बन्दुक प्रयोग गरी बाँदर धपाउन सकिने सम्भावना रहेको बताउनुभयो ।
 
    प्रदेश सांसद रमा घर्तीले मकै तथा तरकारी उत्पादन गर्ने क्षेत्रमा बाँदरको समस्या रहिआएको अवस्था पशुपालन व्यवसाय गरेर पनि आम्दानी गर्न सकिने र बाँदरको समस्या पनि हट्ने बताउनुभयो । उहाँले गाईभैँसी, बाख्रा तथा बंगुरपालन व्यवसाय सञ्चालन गरी मनग्य आम्दानी गरेर युवाले स्वदेशमै केही गर्न सक्ने सांसद घर्तीको भनाइ थियो ।  
 
    गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीका अनुसार हाल बाँदरबाट अन्नबाली नोक्सानी हुन नदिनका लागि नियमित रुपमा स्थानीय बासिन्दाले संगठित भई बाँदर धपाउनुपर्ने बताउनुभयो । यो समस्या समाधानका लागि गाउँपालिकाले बाँदरबाट नोक्सानी कम हुने अन्नबाली तथा पेशातर्फ किसानलाई आकर्षित गर्नुपर्ने देखिएको छ ।
 
    मकै तथा तरकारी उत्पादन हुने क्षेत्रदेखि १० मिटर टाढासम्म बाँदर बेहोस हुने घाँसको खेती गर्दा बाँदर नियन्त्रण हुनेछ । बाँदर घाँसमा प्रवेशसँगै बेहोस हुने र सोही समयमा नियन्त्रणमा लिन सकिने यसका जानकार बताउँछन् ।
 
    पछिल्ला वर्ष वन संरक्षणसँगै पाल्पाका रैनादेवी छहरा, रिब्दीकोट, बगनासकाली माथागढी, तिनाउ गाउँपालिकालगायतका बाँदरका कारण किसान हैरानी भोग्न बाध्य छन् ।
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x