×

NMB BANK
NIC ASIA

तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा, भैरे र चक्करसँग पण्डित बाजेको लौरीको भिडन्त !

साउन ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –आज (शुक्रबार)बाट तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा अाएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

अघिल्लो साता अर्थात् असारको अन्तिम शुक्रवार चारवटा चलचित्र जुधेकोमा यसपटक तीनवटा जुध्नु खासै नौलो कुरा त भएन, तर नेपाली चलचित्रहरू एक आपसमा जुध्दा घाटा भने स्वयं निर्माताहरूलाई नै पर्नेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आजबाट भैरे, चक्क र पण्डित बाजेको लौरी एकसाथ प्रदर्शनमा आएका हुन् ।


Advertisment
Nabil box
Kumari

कुन चलचित्रले राम्रो व्यापार गर्ला भनेर त अहिले नै भन्न सकिन्न, तर फरक विषयवस्तुमा निर्माण भएको चलचित्र पण्डित बाजेको लौरीप्रति धेरैको आशा छ ।

Vianet communication
Laxmi Bank

चलचित्र चक्करको प्रचार खासै भएको छैन भने भैरेको प्रचार प्रभावकारी देखिएको छैन ।

चलचित्र भैरे एभरेस्ट सूर्य बोहराले निर्देशन गरेका हुन् । चलचित्रमा दयाहाङ राई, वर्षा सिवाकोटी, सुरक्षा पन्त, बिक्रान्त बस्नेत तथा बुद्धि तामाङ लगायतका कलाकारको भूमिका छ । 

गत वर्ष प्रदर्शनमा आएको चलचित्र कारखानापछि अभिनेत्री वर्षा सिवाकोटी १ वर्षको अन्तरालमा पर्दामा देखिन लागेकी हुन् भने हप्तैपिच्छे हलमा देखिने बुद्धि र पछिल्लो समय अपेक्षित सफलता हासिल गर्न नसकेका दयाहाङलाई दर्शकले कत्तिको पत्याउने हुन्, त्यो भने हेर्न बाँकी नै छ ।

चलचित्रमा वर्षाको जोडी बुद्धिसँग बाँधिएको छ भने सुरक्षा पन्त दयाहाङको जोडीका रूपमा देखिएकी छन् ।

भैरे पूर्णरूपमा नेपालीपन बोकेको चलचित्र भएको अभिनेता दयाहाङ राई बताउँछन् । ‘यो चलचित्रमा रोमान्स, प्रेम, द्वन्द्व इमोसन सबै छ,’ उनले भने ।

नेपालय सिनेमा इन्टरनेसनलद्वारा निर्मित चलचित्रलाई बनिष शाहले सम्पादन गरेका हुन् भने पुरुषोत्तम प्रधानले खिचेका हुन् । यो चलचत्रिका गीतमा वसन्त श्रेष्ठ, रामजी लामिछाने, कविराज गहतराज आदिले कोरियोग्राफी गरेका छन् ।

अर्को चलचित्र चक्कर टीमले खासै प्रचार गरेको छैन । अनुष्क रौनियारको निर्देशनमा अभोनराज उप्रेती, अर्पण थापा, सिर्जना सुब्बा, रिचा शर्मा, भोलाराज सापकोटा तथा स्मृति पोखरेल लिड क्यारेक्टरमा देखिए पनि दर्शकमा भने चलचित्रलाई लिएर खासै उत्साह देखिँदैन ।

प्रेम, धोका तथा द्वन्द्वमा आधारित यो चलचित्रको कथाजस्तो यसअघि धेरै बनिसकेका छन्, निर्माण टीमले दाबीका साथ हामी यो कारणले फरक छौं, भन्न सकेको छैन ।

यसअघि पत्रकार सम्मेलन र अन्तर्वार्तामा समेत उनीहरूले चलचित्र राम्रो बनाएको दाबी गरे पनि खास विषयवस्तुमा केन्द्रि भएर बनाएको भन्न सकेनन् ।

चलचित्रलाई निर्देशक रौनियार स्वयंले सम्पादन गरेका हुन् । उनको नाम न सम्पादनमा बिकेको नाम हो न त निर्देशनमा नै । चलचित्रमा अधिकांश नचलेका कलाकार छन् । नेशनल मिडिया प्रोडक्सन तथा केटीएम आर्ट्सको ब्यानरमा निर्मित चलचित्र चक्करलाई रबिन आचार्यले निर्माण तथा छायाङ्कन गरेका हुन् । हेरौं, यो चलचित्रले के कस्तो व्यापार गर्ने हो ।

चलचित्र पण्डित बाजेको लौरी पनि एकसाथ हलमा गएको छ । पश्चिम नेपालका निर्देशक दीपक ओलीले यो चलचित्रले पूर्ण सामाजिक कथावस्तु उठाएको छ ।

प्रविन खतिवडा, भोलाराज सापकोटा, प्रमोद अग्रहरि, विजय बराल, सन्ध्या केसी, मरिष्का पोखरेल लगायतका कलाकारले निर्देशक ओलीले भनेजस्तो क्यारेक्टरमा भिज्न सकेका छन् कि छैनन् अहिले नै पूर्वानुमान गर्न त सकिँदैन, तर निर्देशकको दाबीअनुसार चलचित्रको कथावस्तुलाई उनिहरूले न्याय गरेका छन् । 

वादी समुदायको कथावस्तु समेटिएको यो चलचित्र छुवाछुतमा आधारित रहेको चलचित्रका निर्देशक दीपक ओली बताउ“छन् । मित्र डी गुरुङले सम्पादन गरेको चलचित्रको बुधवार मात्रै प्रिमियर शो गरिएको थियो । फिल्म हेरेपछि अधिकांश पाहुनाले राम्रो प्रतिक्रिया दिएका छन् भने कतिपयले यो चलचित्र वर्षकै उत्कृष्ट चलचित्र भएको भन्दै हेर्न सिफारिस समेत गरेका छन् ।

कथावस्तु दमदार भएर मात्र त भएन, प्रस्तुतीकरण कस्तो छ भन्ने कुराले धेरै अर्थ राख्छ ।

अब हलमा एकसाथ प्रर्दशनमा आउने तीनवटा चलचित्रमध्ये कसले बाजी मार्ने हो सायद शुक्रवार र शनिवारको शो हेरेपछि मात्र थाहा हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x