×

NMB BANK
NIC ASIA

बढे नेपाल आउने पर्यटक, छ महिनामै पाँच लाखद्वारा नेपाल भ्रमण

साउन ४, २०७५

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं – सन् २०१८ को पहिलो छ महिनामा पाँच लाख २० हजारभन्दा बढी बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । 

Muktinath Bank

अध्यागमन विभागको तथ्याङ्कअनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढी हो । सन् २०१७ को सोही अवधिमा चार लाख ६० हजार ३०४ पर्यटकले नेपालको भ्रमण गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पर्यटकीय दृष्टिकोणले ‘अफ सिजन’ मानिने बर्खा याममा पनि पर्यटकको संख्यामा उत्साहजनक वृद्धि भएको तथ्यांकले देखाएको छ । 


Advertisment
Nabil box
Kumari

पर्यटन प्रवद्र्धनको जिम्मा लिएको नेपाल पर्यटन बोर्डले ‘अफ सिजन’मा पनि पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले विभिन्न प्रवद्र्धनात्मक अभियान चलाएको थियो । 

Vianet communication
Laxmi Bank

तुलनात्मक रुपमा कम पर्यटक आउने मौसममा पनि बाह्य पर्यटकको संख्या बढ्नुले उत्साहित बनाएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए ।

“अफ सिजनमा पनि पर्यटकको संख्यामा उत्साहजनक वृद्धि भएको छ । पूर्वाधारको सीमिततामा थप पर्यटक भित्र्याउने अभियान चलाएका कारण यसमा सकारात्मक प्रभाव परेको देखिन्छ । आगामी दिनमा प्रवर्द्धनात्मक गतिविधिलाई थप प्रभावकारी बनाइन्छ”, उनले भने ।

पर्यटक वृद्धि हुनुको पछाडि निजी क्षेत्रले गरेको प्रयास सकारात्मक देखिएको छ । नेपालका व्यवसायीले भारतका विभिन्न शहरमा पर्यटन प्रवद्र्धनको काम गरेका छन् । पोखराका पर्यटन व्यवसायीले गर्मी छल्न ‘पोखरा आउनुहोस्’, ‘चलो पोखरा’ जस्ता अभियान सञ्चालन गरेका छन् । 

जुन महिनामा बंगलादेशी पर्यटकको संख्या अकस्मात् बढेको छ । विभागको तथ्यांकअनुसार सन् २०१८ को जुनमा एक हजार ८५० बंगलादेशी पर्यटक नेपाल आएका थिए । सन् २०१७ को जुनमहा कूल तीनजना बंगलादेशी पर्यटक मात्र नेपाल आएका थिए । 

भारतीय र चिनियाँ पर्यटक बढे 

पछिल्लो तथ्यांकअनुसार नेपाल आउने भारतीय पर्यटकको संख्यामा वृद्धि भएको छ । बोर्डका अनुसार पछिल्लो छ महिनामा ९६ हजार ३७२ भारतीय पर्यटक नेपाल आएका छन् । यो संख्या गत वर्षको छ महिनाको तुलनामा १९ प्रतिशतले बढी हो । 

यस्तै चीनबाट ७१ हजार हजार ३७९ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् । प्रतिशतका आधारमा चीनबाट नेपाल आउने पर्यटकको संख्यामा ३४.१ प्रतिशतले वृद्धि भएको छ । 

यस्तै संयुक्त राज्य अमेरिकाबाट ४३ हजार ८१६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा १५.३ प्रतिशत बढी हो । जापानबाट १३ हजार ८५१ पर्यटकले नेपाल भ्रमण गरेका छन् । 

दक्षिण एशियाली मुलुक भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाबाट कूल एक लाख ३१ हजार ७३० पर्यटक नेपाल भ्रमणमा आएका छन् । गत आवको सोही अवधिमा एक लाख २३ हजार ३८ पर्यटक नेपाल आएका थिए । यो गत वर्षको सोही अवधिको तुलनामा २५.३३ प्रतिशतले बढी हो । 

युरोपेली मुलुक अष्ट्रिया, बेल्जियम, चेक रिपब्लिक, डेनमार्क, फ्रान्स, जर्मनी, इजरायल, इटाली, नेदरल्याण्ड, पोल्याण्ड, स्पेन, स्विडेन, स्विट्जरल्याण्ड, संयुक्त अधिराज्य बेलायत र रुसबाट पछिल्लो छ महिनामा एक लाख दुई हजार ४०४ पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत वर्षको सोही अवधिमा ती देशका ९१ हजार ३८५ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो १९.६९ प्रतिशतले बढी हो । 

अष्ट्रेलिया र न्यूजिल्याण्डका १८ हजार ६७३ जनाले छ महिनामा नेपाल भ्रमण गरेका छन् । गत वर्षको सोही अवधिमा १७ हजार ३०७ जनाले नेपाल भ्रमण गरेका थिए । यो करीब ३.५९ प्रतिशतले बढी हो । 

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने निर्णय गरेको छ । करीब २० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्यसमेत राखिएको छ । त्यसका लागि भौतिक पूर्वाधारको विकास र पर्यटनमैत्री संरचनाको विकासमा ध्यान दिइएको छ । सरकारले विदेशमा रहेका कूटनीतिक नियोगलाई पनि नेपालका बारेमा प्रचारप्रसार गर्न र पर्यटकलाई नेपाल भ्रमणमा पठाउन आग्रह गरेको छ । विदेशका विभिन्न शहरमा नेपाल प्रवद्र्धनका कार्यक्रम भइरहेका छन् । गैरआवासीय नेपाली संघले समेत नेपाल प्रवद्र्धनका कार्यक्रम गरिरहेका छन् । 

होटल एशोसिएसन अफ नेपालका महासचिव विनायक शाहले पर्यटक आगमनमा वृद्धि हुनुलाई सकारात्मक रुपमा लिनुभएको छ । राजनीतिक स्थिरता, स्थिर सरकार तथा नीतिगत रुपमा गरिएका केही सुधारका कारण पर्यटक बढ्न थालेको जानकारी दिँदै उहाँले भन्नुभयो, “सन् २०१७ देखि नै पर्यटक आगमनमा वृद्धि भएको हो । यसले सरकारले घोषणा गरेको सन् २०२० को नेपाल भ्रमण वर्षलाई समेत सकारात्मक सन्देश प्रदान गर्ने र सफल बनाउन लाग्नुपर्छ ।” 

नेपाल वायु सेवा निगमले हालै भित्र्याएको वाइड बडी जहाज, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन र भारत भ्रमण र आगामी दिनमा हुने चिनियाँ उच्च अधिकारीको नेपाल भ्रमणले समेत पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने उनको विश्लेषण छ । 

टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले तुलनात्मक रुपमा पर्यटकको वृद्धि हुनुलाई सकारात्मक रुपमा लिन सकिने टिप्पणी गरे । उनले पछिल्लो समय धार्मिक पर्यटनमा वृद्धि भएको भए पनि पदयात्रामा जाने पर्यटक भने कमै मात्रामा नेपाल भित्रिएको जानकारी दिए ।

उनले भने- “पर्यटन क्षेत्रमा फैलाइएको गलत अफवाहलाई नियन्त्रण गरेर स्वच्छ, मर्यादित, व्यवस्थित पर्यटन प्रवद्र्धन गर्नुपर्छ । त्यसका लागि सरकार, व्यवसायी सबैले सकारात्मक पहल गर्नु आवश्यक छ ।” 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x