×

NMB BANK
NIC ASIA

विराटनगरमा अत्याधिक गर्मी, आवत–जावतमै सकस

साउन ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर–१८ वर्ष भन्दा पनि लामो समयदेखि रिक्सा चलाउँदै आएका ५४ वर्षीय  रामेश्वर चौधरी रिक्सा चलाउनै नसकेर लखतरान देखिन्थे । उनी विराटनगरको सन्सारीमाईइस्थान चौतारीको छहारी बसेर गर्मी छल्दै थिए । विराटनगर ८ मा रहेको इश्वर बचत तथा ऋण सहकारीका बजार व्यवस्थापक लक्ष्मण चौलागाई पनि त्यही छहारी मुनी भेटिए । 

Muktinath Bank

‘हैट यस्तो पनि गर्मी हुन्छ?’उनले भने ‘अबको दुई दिन सम्म यस्तै गर्मी भयो भने मान्छे वेहोस भएर मर्न वेर छैन ।’ उनी भन्दै थिए,  ‘यस्तो गर्मी त मैले थाहा पाए सम्म आज नै हो यति धेरै गर्मी महशुस गरेको ।’ मोटरसाईकलमा हिँड्दा पनि रोडको तातोले खुट्टा पोलेर हिँड्नै नसक्ने अबस्था आइएको उनले बताए । विराटनगरमा २ दिनदेखि अत्याधिक चर्को घाम लागेका कारण सर्वसाधारणको दैनिकी असहज बन्दै गएको छ । चर्को घामसँगै बहने तातो हावाका कारण झनै समस्या हुने गरेको रिक्साचालक रामेश्वरले बताए । 
अत्याधिक तातोका कारण मजदुरी गर्नेहरुलाई समस्या भएको छ । २ दिन यता अत्याधिक गर्मी बढेका कारण दिउँसो र रातको समयमा सुत्न झनै असहज हुने गरेको सर्बसाधारण बताउँछन् । 
विराटनगरमा हिजो ३७ डिग्री सेलसियस तापक्रम रहेको थियो आज ३८ डिग्रीसम्म तापक्रम पुगेको अनुमान गरिएको छ । विहान ५ बजे नै झुल्कने घामले गर्दा मध्यान्न सम्म आईपुग्दा झनै तापक्रम बढेको थियो । अत्याधिक चर्को घामका कारण विशेष गरी रिक्सा चलाएर मजदुरी र दैनिकी चलाउनेहरुलाई समस्या भएको छ ।अत्याधिक गर्मीका कारण स्कुले बालबालिकालाई पनि समस्या परेको छ । टिनको छाना मुनी बसेर पढ्ने विद्यार्थीहरु पनि समस्यामा परेको स्कुलहरुले जनाएको छन् । 
बढ्दो गर्मीकै कारण विभिन्न रोगको संक्रमण बढ्ने सम्भावाना त्यतिकै मात्रमा रहेको छ । । गर्मी अत्यधिक बढेपछि बजारमा चहलपहल पनि निकै घटेको छ । गर्मीका कारण अत्यावश्यक कामबाहेक सर्वसाधारण बाहिर निस्कने गरेका छैनन् । बजार तथा चोकमा दिउँसो चहलपहल घटेको छ । गर्मीले विशेष गरी मजदुरी गरी खाने वर्ग बढी समस्यामा परेको छ । साना बालबालिका तथा वृद्धवृद्धालाई गर्मीबाट प्रभाबित भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x