×

NMB BANK
NIC ASIA

सहरका लागि होइनन् टिपर

साउन ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ - मकवानपुरका २४ वर्षीय कान्छा लामा चालक अनुमतिपत्र (लाइसेन्स) बनाउँदा वीरगन्ज–काठमाडौं सामान ओसार्ने ट्रकमा सहचालक थिए । लाइसेन्स पाएपछि उनले धादिङबाट काठमाडौंमा गिटी–बालुवा ओसार्ने टिपर चलाउन थाले । ट्रकभन्दा टिपर चलाउन सजिलो लागे पनि बाटामा मान्छे जोगाउन हम्मे पर्ने अनुभव कान्छाको छ ।

Muktinath Bank

‘दुर्घटना हुन नदिन टिपरमा विशेषता नै कम छन्,’ उनी भन्छन्, ‘निकै अग्लो र चारैतिर खुला भएकाले टिपरमुनि स्कुटी र मोटरसाइकल सजिलै छिर्छन् ।’ ट्रकभन्दा टिपरमा कमाइ बढी छ । तर ठूलो सडकमा चलाउँदा जताबाट पनि मोटरसाइकल छिर्छ कि भन्ने पीरले टिपर चलाइरहने कि अरू नै गाडी चलाउने भन्ने दोधारमा पुगेको उनी बताउँछन् । कान्छाले अहिलेसम्म दुई पटक टिपर पल्टाए भने तीन पटक अन्य गाडीलाई ठक्कर हानिसके । ‘मैले मान्छे हानेको छैन,’ उनी भन्छन्, ‘साना गाडी र मोटरसाइकलको लापरबाहीमा समेत मान्छेहरू टिपरलाई नै गाली गर्छन् । हामी बदनाम भइयो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२० वर्षको उमेरदेखि टिपर चलाएको र कमाइ अनि साहुको विश्वासका कारण कान्छालाई टिपर चलाउन छाडिहाल्न मन छैन । ‘६ सिलिन्डरको गाडी यति छोटो छ, यति अग्लोमा बसेर चलाउन पाइन्छ । सानो ठाउँमा पनि मोडिने, निकै छिटो भगाउन सकिने,’ उनले टिपरका विशेषता बताए ।


Advertisment
Nabil box
Kumari

बीस वर्षदेखि टिपर र ट्रकको काम गरेका मेकानिक्स बसिरुद्दिन अन्सारी (रैना) भने टिपरका यिनै विशेषताका कारण सहरमा चलाउन नहुने बताउँछन् । भारतको आइचर र अशोक लेल्यान्डमा काम गरेर फर्केका रैना भन्छन्, ‘यो टिपर धेरै ट्राफिक चाप हुने स्थानमा चलाउने नै होइन । यसमा त्यो प्रकारको सुविधा पनि छैन । यसको साइडमा सेफ्टीगार्ड पनि छैन । यो गाडी खोला, गाउँ र कच्ची बाटाका लागि बनाइएको हो । मोटरसाइकल, स्कुटी चल्ने भीड ठाउँलाई बनाएकै होइन ।’ कान्तिपुर दैनिकमा खबर छ । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x