×

NMB BANK
NIC ASIA

नेपाली भूमि मिचेर भन्सार बनाउँदै भारत, सीमा क्षेत्रमा भिडन्तको खतरा ! (भिडियोसहित)

साउन ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम–  भारतीय पक्षले नेपाल–भारत सीमा क्षेत्रमा पुनः सीमा अतिक्रमण गर्न थालेको छ । अन्तर्राष्ट्रिय कानूनअनुसार अन्तर्राष्ट्रिय सीमा क्षेत्रको दशगजा (नो म्यान ल्याण्डस्)मा कुनै पनि देशले भौतिक संरचना निर्माण गर्न पाउँदैनन् । तर भारतले भने दशगजाबाट नेपालतर्फको भूमिमा भन्सार कार्यालय निर्माण गर्न थालेको छ । 

Muktinath Bank

धनुषाको नगराईन नगरपालिका–२ अन्तर्गत पर्ने नेपाल–भारत सीमा क्षेत्रमा भारतले नेपाली भूमि मिचेर भन्सार कार्यालय निर्माण गर्न थालेको हो । भारतीय पक्षले नेपाली भूमिमै पर्ने पक्की पुलमा समेत रेखा तानेर आफ्नो भूमि भनेर दावी गर्न थालेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

सीमा सुरक्षाका लागि खटिएका नेपाली सुरक्षाकर्मीको असहमतिका बाबजुत पनि भारतीय पक्षले नेपाली भूमि मिचेर बनाउन लागेको भन्सार कार्यालयको निर्माण कार्य रोकेको छैन । 

Vianet communication
Laxmi Bank

नेपालको जटही गाउँको जमुनी नदी किनारमा भारत बिहारको पिपरौन कस्टमका सुपरिटेन्डेन्ट मोहम्मद अन्सारीको नेतृत्वमा भारतीय पक्षले जबरजस्ती गरेर भन्सार कार्यालय निर्माण गरिरहेको छ । 

२८४/३५  नम्बरको सीमास्तम्भ र एसपी ५१ नम्बर सीमास्तम्भको बीचको भू–भाग (दशगजा) क्षेत्रसहित सीमास्तम्भको पश्चिमतर्फको नेपाली भूमि अतिक्रमण गरेर भारतीय पक्षले भन्सार कार्यालय निर्माण गरिरहेको छ । त्यहाँ तैनाथ सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट जटहीका सशत्र प्रहरी निरीक्षक जगदीश प्रसाद थारुका अनुसार गत जेठ १५ देखि नै भारतीय पक्षले जवर्जस्ती भवन निर्माणको प्रक्रिया थालेको हो । सशत्र प्रहरीले उनीहरूलाई निर्माण कार्य रोक्न भनेर भनेको चौथो पटक भइसक्यो, तर निर्माण कार्य भने रोकेका छैनन् । 

प्रहरी निरीक्षक थारु भन्छन्, ‘हामीले दशगजा र नेपाली भूमिमा निर्माण कार्य भइरहेको भनेर रोक्न पटक पटक भन्यौं, दुईपटक त निर्माण कार्य रोकियो पनि । तर, अब उनीहरूले हामीलाई पूर्णतः अटेरी मात्र गरेका छैनन्, नेपालको भूभागमा नेपाल सरकारले नै बनाएको जमुनी नदीमाथिको पूलको आधा भाग समेत भारतकै हो भनेर धम्की दिइरहेका छन् ।’

शुरुमा भारतको सीमा सुरक्षा बल (एसएसबी)ले भन्सार कर्मचारीलाई मद्दत मात्रै गरेको थियो । तर भारतीय पक्षले अहिले नेपाली भूमिमा भन्सार बनाउन ठूलो संख्यामा एसएसबी समेत परिचालन गरेको छ । 

‘भारतीय पक्षकाले हामी निर्माण कार्य रोक्दैनौं जे गर्न सक्छौ गर भनेर धम्की दिइरहेका छन्,’ सशस्त्र प्रहरी निरीक्षक थारुले लोकान्तरसँग भने, ‘हामीले चाह्यो भने बोर्डर नै बन्द गरिदिन्छौं भनेर उनीहरुले चेतावनी दिन थालेका छन् ।’

भारतीय कस्टमका अधिकारीले आफ्नो नापी विभागको टोली झिकाएर नाप–जाँच नै गराएर नेपाली भूमिमा भन्सार निर्माणको कार्य शुरु गरेको दावी गरेका छन् । ‘उनीहरुले आफ्नो नापी विभागको टोलीलाई बोलाएर सीमा क्षेत्रमा चेकजाँच गरेर निर्माण अगाडि बढाएका छन्,’ सशस्त्र प्रहरी निरीक्षक थारु भन्छन्, ‘हामीले पनि एसपी कार्यालयमार्फत नापी विभागको टोली खटाइदिन अनुरोध गरेका छौं ।’ 

नेपालतर्फबाट नापीको टोली परिचालन नहुँदा आफूहरुले सीमामा निरिह हुनु परेको सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका अधिकारीको भनाइ छ । 

भारतीय सीमा सुरक्षा बल (एसएसबी)को पिपरौनस्थित कम्पनी हेडक्वार्टरका प्रमुख आरसी मल्होत्राको कमान्डमा रहेको टोलीले नेपाली भूमिमा भइरहेको भन्सार निर्माणमा सुरक्षा प्रदान गरिरहेको छ ।  

साउन ६ गते (आइतवार) लोकान्तरकर्मी सीमा क्षेत्रमा पुग्दा त्यहाँ भारतीय पक्षले द्रुत गतिमा भन्सार कार्यालयको निर्माण गरिरहेको देखिन्थ्यो । भारतीय पक्षले नेपाली भूमिमै भन्सार निर्माणका लागि पिलर बनाउन रडहरु ठड्याएको देखिन्थ्यो । भन्सार कार्यालय निर्माणका लागि भारतीय पक्षले दशगजा र नेपाली भूमिमा माटो भर्नुका साथै इट्टा समेत जम्मा गरेर राखेको छ । 

भारतीय पक्षले नेपाली भूमिमा संरचना निर्माण गर्दा सुरक्षाकर्मीले किन केही नगरेको ? भन्ने प्रश्नमा सशस्त्र प्रहरी निरीक्षक थारुले लोकान्तरसँग भने, ‘हामीले त मौखिक रुपमा ध्यानाकर्षण गराउने हो । रोक्नका लागि गोली चलायो भने पनि हामीले सक्ने अवस्था छैन । किनभने सुरक्षाका दृष्टिकोणले आधुनिक हतियारसहित एसएसबीको टोली हाम्रो भन्दा ठूलो संख्यामा तैनाथ छ ।’

स्थानीय प्रशासन तहबाट वार्ता र संवाद तथा कूटनीतिक पहलमार्फत समस्या समाधान हुने निर्देशन आएकाले आफूहरुले भारतीय पक्षले गरिरहेको निर्माणकार्य हेरेर बस्नु बाहेकको विकल्प नभएको सशस्त्र प्रहरी निरीक्षक थारुको भनाइ छ । 

स्थानीयका अनुसार त्यस क्षेत्रमा धेरै पहिलेसम्म ठूलो (जंगे) पिलर थियो । तर पछि उक्त पिलर हराएपछि भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गर्दै लगेको स्थानीयबासी रोहित चौधरीले बताए । 

भारतीय पक्षले भन्सार निर्माण गरिरहेको नेपाली भूमि पर्ने नगराईन नगरपालिका–२ का वडाध्यक्ष देवनारायण यादव संघीय सरकारले पहल नगर्दासम्म भारतीय पक्षले गरिरहेको अतिक्रमण रोक्न नसकिने बताउँछन् । ‘अहिलेसम्म सीमाको सुरक्षा गर्न नागरिकहरु खटिएका छन् । आवश्यक परे अहिले पनि सिंगो गाउँ र नगरपालिकाका बासिन्दा सीमामा लामबद्ध हुन्छन्,’ वडाध्यक्ष यादव भन्छन्, ‘हाम्रो पहिलो प्राथमिकता केन्द्र सरकारले भारतीय पक्षसँग वार्ता गरेर समस्या समाधान गरोस् भन्ने हो ।’ वडाध्यक्ष यादवले नापी विभागको टोली खटाएर छिटोभन्दा छिटो सीमा क्षेत्रको नाप–जाँच हुनुपर्ने माग गरे । 

भारतीय पक्षले नेपाली भूमि मिचेर संरचना बनाउन शुरु गरेपछि नेपालको सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा सुरक्षा बलका सुरक्षाकर्मीबीच तनावको स्थिति देखिए पनि अप्रिय घटना भने घटेका छैन । दुवै पक्षका सुरक्षाकर्मीबीच तनाव बढे जुनसुकै बेला पनि अप्रिय घटना घट्न सक्ने अवस्था रहेकाले केन्द्र सरकारले तत्काल समस्या समाधानका लागि पहल गर्नुपर्ने वडाध्यक्ष यादवको भनाइ छ । 

सीमा क्षेत्रमा तनाव बढ्दै गएपनि जिल्ला प्रशासन कार्यालयबाट कुनै पहल नभएको स्थानीयबासीको भनाइ छ । ‘जिल्लाबाट निरीक्षणका लागि सिडिओ सावसमेत आउनुभएको छैन,’ वडाध्यक्ष यादवले भने, ‘न त प्रदेश सरकारका कुनै मन्त्रीले पनि यहाँको अवस्थाबारे चासो दिएका छन् ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x