×

NMB BANK
NIC ASIA

पाकिस्तानमा आज १० करोड मतदाता चुनावी अभ्यासमा लाग्दैछन् । यो संख्या कुल जनसंख्याको आधाजति हो । १८ वर्ष उमेर पुगेको हुँदैमा सबैले भोट खसाल्न पाउँदैनन्; जसको नाम निर्वाचन आयोगमा दर्ता छ उसले मात्र चुनावमा भाग लिन पाउँछ । भनिन्छ, नाम दर्ताको प्रकृया सहज छैन । 

Muktinath Bank

पाकिस्तानमा त्यसै पनि ठूलो संख्यामा मतदाताहरू मतदान केन्द्रमा पुग्ने गर्दैनन्; त्यहाँ तीव्र चुनावी उत्साह, उमङ्ग देखिने गर्दैन । एक त राजनीतिक स्थिरता नहुने, अर्को कुरा सेनाले निर्वाचनको गतिविधिमा चाहिनेभन्दा बढी चासो राख्ने र नतीजालाई आफूले समर्थन गरेको पार्टी र नेताको अनुकूल लैजान खोज्ने प्रचलन । २१ वर्षअघि अर्थात् सन् १९९७ को निर्वाचनको घटनाको सम्झना हुन्छ जुन बखत पाकिस्तानमा ३५ प्रतिशतको हाराहारीमा मतदान भएको थियो; र नतीजा निस्केपछि नवाज शरिफ दोस्रोपल्ट प्रधानमन्त्री भएका थिए । सन् ९७ को निर्वाचनको सम्झना हुनुको कारण त्यस बखत सार्कराष्ट्रका निर्वाचन पर्यवेक्षकहरूमा सामेल हुन डा. देवेन्द्रराज पाण्डेको अगुवाइमा पाकिस्तान पुगेको टोलीमा म पनि परेको थिएँ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाकिस्तानको केन्द्रीय संसद्‌मा जम्मा ३४२ स्थान छन् जसमा ६० स्थान महिलाको लागि र १० स्थान अल्पसंख्यक ( गैर मुस्लिम ) को लागि छुट्याइएको छ । यो आरक्षित स्थानलाई कटाउँदा आम-निर्वाचनमा जितिने स्थान २७२ हुन आउँछ । यसमा विजयी भै सरकार गठन गर्न कम्तीमा १३७ स्थान आवश्यक पर्छ । बहुमत पाउने पार्टीका नेता प्रधानमन्त्री बन्छन् जसको कार्यकाल पाँचवर्ष हुन्छ । त्यस हिसाबले नवाज शरिफको तेस्रो पटकको प्रधानमन्त्रित्व यसवर्ष यसैबेला सकिनुपर्ने थियो तर त्यहाँको सर्वोच्च अदालतले भ्रष्टाचारको मामिलामा दोषी ठह-याई उनलाई पोहोर साल नै पदमुक्त गरिदियो; उनी अहिले कारावासमा छन् । शरिफ आफू पाकिस्तानी सेनाको दबाबमा रहेको न्यायपालिकाबाट राजनीतिक प्रतिशोधको शिकार भएको बताउँछन् । हुन पनि स्वतन्त्र पाकिस्तानले ७१ वर्षको कालखण्डमा करिव आधा समय सैनिक शासन नै बेहोरेको छ ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

आजको चुनावमा १२२ पार्टीका उम्मेदवार सहभागी हुँदै छन् तर तीनटा पार्टी मात्र सर्वाधिक चर्चामा रहेको देखिन्छ : (१) पाकिस्तान तेहरीक-ए-इन्साफ (पिटिआई) जसका नेता हुन् ६५ वर्षीय इमरान खान । साविकका क्रिकेट खेलाडी इमरान खानले सन् १९९२ मा पाकिस्तानलाई क्रिकेटमा विश्वकप दिलाएका थिए । (२) पाकिस्तान मुस्लिम लिग-नवाजका नेता शहबाज शरिफ । ६६ वर्षीय शरिफ यसअघि पञ्जाव प्रान्तका मुख्यमन्त्री थिए; र यिनी नवाज शरिफका भाइ हुन् । (३) पाकिस्तान पिपुल्स पार्टी जसको नेतृत्वमा पुगेका छन् २९ वर्षीय बिलावल भुट्टो जर्दारी । यिनी बेनजीरका छोरा हुन् । 

मुस्लिम लिगले नवाज थुनामा परेको हुँदा सहानुभूतिको मत पाउने र बिलावलले पनि यस्तै आधारमा जनसमर्थन पाउने अनुमान गरिन्छ तर यस पटकको चुनावमा विजयी हुने सर्वाधिक सम्भावना इमरान खानको छ भनिन्छ किनभने पाकिस्तानको सैनिक नेतृत्वले उनको पक्षमा वातावरण निर्माण गरिदिएको छ । सेनाले सुरक्षा संयन्त्र र प्रेसलाई इमरानको अनुकूल बनाएदिएको छ । पाकिस्तानको प्रसिध्द दैनिक पत्रिका ‘डन’ का व्यवस्थापक एवं राष्ट्रिय प्रेस संगठनका अध्यक्षले हालै बीबीसीलाई दिएको अन्तर्वार्तामा ‘मतदान अगावैको धाँधली’ ले निर्णायक नतीजा निकाल्ने अवस्था छ भनेका थिए । 
मतदान अगावै परिणाम थाहा भैसकेको छ भन्ने विश्लेषण अमेरिकामा पाकिस्तानका राजदूत रहिसकेका हुसेन हक्कानीले निकालेका छन् । उनको यस्तो विश्लेषण अमेरिकी प्रकाशन ‘फरेन पोलिसी’ मा छापिएको छ । पाकिस्तानी सेना शरिफ र भुट्टोका पार्टीहरूलाई पाखा लगाउने मानसिकतामा छ भनिन्छ । तर कदाचित् सेनाले खोजजस्तो भएन ( इमरानको पार्टीले स्पष्ट बहुमत ल्याएन) भने गठबन्धनको सरकार निर्माण गर्नुपर्ने हुन्छ तर इमरान खान यस्तो गठबन्धनमा अनिच्छुक देखिन्छन् । मतदान निष्पक्ष हुँदा प्रतिस्पर्ध्दामा आउने सम्भावना भएको पार्टी शरिफको पार्टी हो किनभने पाकिस्तानका चार प्रान्तमध्येको ठूलो प्रान्त पञ्जाब हो जसबाट १४१ जना सदस्य निर्वाचित हुन्छन् । यहाँ शरिफ दाजुभाइको स्पष्ट प्रभाव भएको मानिन्छ ।  

पाकिस्तानको चुनावलाई भारत र चीनले मात्र हैन अमेरिकाले पनि निकटबाट नियालिरहेका छन् । सेना हाबी हुनेगरी सरकार बनेमा चीनलाई त खास फरक नपर्ला तर भारत र अमेरिकाले भने यस्तो परिणामलाई सहज मान्ने छैनन् । पाकिस्तान पनि आणविक-शक्तिसम्पन्न देश भएको हुनाले दिल्लीले अतिरिक्त सजगता अपनाउनु एकहदमा स्वाभाविक नै हुनेछ । आउँदो केही महीनामा चुनावी अभ्यासमा जाने नरेन्द्र मोदीको सरकारले पाकिस्तानको घटना-विकासलाई ध्यानमा राखेर रणनीति तय गरेछन् भने त्यसलाई पनि अनौठो मान्न मिल्दैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x