पुस ११, २०८०
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
साउन ११, २०७५
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४०औं स्मृति दिवस प्रायः सबै कम्युनिस्ट घटकहरूले भर्खरै मनाएका छन् । यो कार्यक्रममा कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूले पुष्पलालको योगदानको मुक्तकण्ठले प्रशंसा मात्र गरेनन्, पुष्पलालका विचारहरू यथार्थपरक रहेको स्वीकार पनि गरे ।
नेपाली कम्युनिस्ट आन्दोलनमा पुष्पलालले पुर्याएको योगदानका साथै वर्तमान स्थितिमा उनका विचारहरूको सान्दर्भिकताका विषयमा कम्युनिस्ट पार्टीका नेताहरूले सतही र छिपछिपे कुराहरू मात्र प्रस्तुत गरे । पुष्पलालले नेपाली कम्युनिस्ट आन्दोलन निर्माणमा मात्र होइन, यो आन्दोलनलाई जुन दिशा र गति दिए र त्यसपछिका दिनमा नेपाली प्रजातान्त्रिक आन्दोलनलाई वैचारिकीकरण गर्नमा उनले खेलेको भूमिकाका विषयमा नेताहरूको त्यति ध्यान गएन । विगतमा पुष्पलालले नेपाली राष्ट्रिय राजनीतिलाई पुर्याएको योगदान भन्दा पनि वर्तमान परिस्थितिमा उनका विचारहरू कति सान्दर्भिक र उपयोगी छन्, यसतर्फ विचार विमर्श हुन आवश्यक छ ।
पुष्पलालले नेपाली कम्युनिस्ट आन्दोलनलाई सैद्धान्तिकरण र नेतृत्व गर्न निभाएको भूमिका उल्लेखनीय छ । पुष्पलाल कम्युनिस्ट बन्ने भनेर कम्युनिस्ट बनेका होइनन् । राष्ट्रिय राजनीतिको उतारचढावमा हेलिँदै राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न उनी कम्युनिस्ट बनेका र कम्युनिस्ट पार्टी स्थापनामा नेतृत्वदायी भूमिका निभाएका हुन् ।
राणा शासनविरुद्धको संघर्षमा दाजु गंगालालको सहादत भएपछि दाजुकै प्रेरणामा पुष्पलाल नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएका थिए । तत्कालीन अवस्थाको राष्ट्रिय कांग्रेसका कार्यालय सचिव भई निभाएको भूमिकाबाट उनको राजनीतिक यात्रा प्रजातान्त्रिक आन्दोलनबाट शुरु भएको पाइन्छ ।
तत्कालीन अवस्थामा राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापनाका साथै राष्ट्रियताको संरक्षण र संवद्र्धन गर्नु पर्ने प्रमुख दायित्व रहेकोमा आफू कार्यरत रहेको पार्टीले राणा शासन (सामन्तवादी शक्ति) र भारतसँग सम्झौतापरस्त नीति अबलम्बन गरेकोबाट असन्तुष्ट भई उनी कम्युनिस्ट बनेको र नेपाल कम्युनिस्ट पार्टी आफ्नो नेतृत्वमा स्थापना गरेको पाइन्छ ।
पुष्पलालले सामन्तवादी व्यवस्थालाई समूल नष्ट गर्न र राष्ट्रियताको संरक्षण गर्न कम्युनिस्ट पार्टी आवश्यक रहेको कुरालाई गम्भीरतापूर्वक विश्लेषण र मनन गरेर यो पार्टी स्थापना गरेका थिए । २००७ सालको क्रान्तिलाई कांग्रेस, राणा र भारतबीच त्रिपक्षीय दिल्ली सम्झौता गरी टुङ्ग्याइएकोप्रति पुष्पलालाको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीले गरेको चर्को आलोचना यसको उदाहरण हो ।
यो दिल्ली सम्झौताले ढल्दो राणा शासन (सामन्तवाद)लाई टिकाउन र भारतीय हस्तक्षेपको ढोका खोलिदिएको मात्र थिएन, राष्ट्रिय स्वतान्त्रता र राष्ट्रिय स्वाभिमानमा गहिरो चोट पुगेको थियो । नेपाली कम्युनिस्ट आन्दोलनलाई सामन्तावादविरोधी सम्झौताहीन संघर्ष र राष्ट्रियताको संरक्षणको प्रश्नलाई सैद्धान्तिकरण गर्नमा जीवनपर्यन्त पुष्पलालले अथक प्रयास गरेका थिए । नेपाली कम्युनिस्ट आन्दोलनलाई आमूल परिवर्तनकारी र राष्ट्रियतावादी आन्दोलनका रूपमा स्थापना गर्न उनले निभाएको भूमिका स्मरणीय छ ।
नेपाली कम्युनिस्ट आन्दोलनमा आमूल राजनीतिक परिवर्तनलाई प्राथमिकता दिँदा राष्ट्रियतालाई बेवास्ता गर्ने, राष्ट्रियतालाई प्राथमिकता दिँदा आमूल राजनीतिक परिवर्तनलाई भुल्ने विचलनहरू पटक–पटक देखा परे, जुन विचलनले नेपाली कम्युनिस्ट आन्दोलनलाई पटक–पटक दिग्भ्रमित बनायो । पुष्पलालको राजनीतिक दृष्टिकोण आमूल परिवर्तनको राजनीति र राष्ट्रियताको एजेण्डालाई साथसाथै लिएर हिँड्नु पर्ने रहेको थियो ।
पार्टीभित्रको एउटा तप्काले २०१७ सालको राजाको प्रजातन्त्रविरोधी काण्डलाई राष्ट्रियताका नाममा समर्थन गर्यो । तर पुष्पलाल त्यो काण्डको विरुद्धमा रहनुभयो । प्रजातन्त्रविनाको राष्ट्रियता अपाङ्ग हुन्छ भन्ने उहाँको दृष्टिकोण थियो । राजनीतिक घटनाक्रमले उनको यो विचार सही थियो भन्ने कुरा पुष्टि भएको छ ।
२०१७ सालभन्दा अगाडि नेपाली कम्युनिस्ट आन्दोलनमा मूलतः दुई धार– संघर्षशील (सन्तुलित) र दक्षिणपन्थी धार रह्यो । २०१५ सालको संसदीय आमनिर्वाचनमा नेपाली कांग्रेसको दुईतिहाइ बहुमत थियो भने कम्युनिस्ट पार्टीले जम्मा चार सिटमा मात्र विजय हासिल गरेको थियो । तर जनमतको हिसाबले कांग्रेसपछिको प्रभावशाली नेपाल कम्युनिस्ट पार्टी नै थियो ।
राजाले प्रजातन्त्रको अपहरण गरेपछि यो आन्दोलनमा स्पष्टरूपमा तीन धार देखा परे, जसमा उग्रवामपन्थीधार, सन्तुलित र दक्षिणपन्थी धार । त्यतिबेला कम्युनिस्ट आन्दोलनको दक्षिणपन्थी धारमा कांग्रेसलाई टाढा र राजालाई नजिक राख्ने प्रवृत्ति थियो । तर पुष्पलालको कांग्रेसप्रतिको दृष्टिकोण एकता र संघर्षको थियो ।
कांग्रेसले जनविरोधी काम गर्दा विरोध गर्ने र जनपक्षीय कार्य गर्दा समर्थन गर्ने उनको विचारले यही कुराको पुष्टि हुन्छ । त्यसैले पुष्पलाल सधैँ सन्तुलित धारमा खडा भएको पाइन्छ । प्रजातान्त्रिक आन्दोलन भित्रैबाट नेपाली कम्युनिस्ट आन्दोलनलाई अघि बढाउँदा मात्र सफलता हासिल गर्न सकिने दृष्टिकोण उनको थियो ।
तत्कालीन अवस्थामा कम्युनिस्ट आन्दोलनमा देखापरेको दरबारलाई सहयोग पुर्याउने दक्षिणपन्थी प्रवृत्ति र उग्रवामपन्थी भड्काउबाट अभिप्रेरित भई प्रजातान्त्रिक आन्दोलनलाई कमजोर बनाउने प्रवृत्तिसँग पुष्पलालले गरेको सैद्धान्तिक संघर्ष यसका ज्वलन्त उदाहरण हुन् । यही क्रममा पुष्पलालबाट पञ्चायती व्यवस्थाको अन्त्य गरी प्रजातन्त्रको स्थापनाका लागि संयुक्त जनआन्दोलनको नीति प्रतिपादन भयो । यो संयुक्त जनआन्दोलनको नीतिलाई उग्रवामपन्थीहरूबाट कांग्रेस परस्त नीति भन्दै प्रहार गर्दा पनि पुष्पलाल विचलन हुनु भएन । आखिरमा यही नीतिको आधारमा पञ्चायतको मात्र होइन, राजतन्त्रको पनि अन्त्य भयो ।
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन सम्बन्धमा पनि पुष्पलालको धारणा सन्तुलित र यथार्थपरक रहेको पाइन्छ । अन्तर्राष्ट्रिय रूपमा कम्युनिस्ट पार्टीहरू रुस र चीनको नाममा विभाजित हुँदा सबै देशका कम्युनिस्ट पार्टीहरू कोही रूसवादी र कोही चीनवादी बने । त्यसको प्रभाव नेपालको कम्युनिस्ट आन्दोलनमा पनि पर्यो । माओवाद र तत्कालीन चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओ नै हाम्रो अध्यक्षजस्ता भ्रमपूर्ण दृष्टिकोणहरू नेपाली कम्युनिस्ट आन्दोलनमा निकै प्रभावी रहे ।
त्यतिबेला पुष्पलालले चिनियाँ काम्युनिस्ट पार्टी र रुसी कम्युनिस्ट पार्टीलाई गुण र दोषको आधारमा समर्थन र विरोध गरेबाट मार्क्सवाद र लेलिनवादलाई नेपाली मौलिकतामा ढालेर प्रयोग र अभ्यास गर्नुपर्ने दृष्टिकोण उनको रहेको पाइन्छ । यही दृष्टिकोण नेपाली राजनीतिमा कारगर सावित भयो । जुन देशमा मार्क्सवाद र लेलिनवादको प्रयोग अन्य देशको नक्कल गरेर भयो, त्यहाँ परिणाम सकरात्मक आएन । नेपालमा पनि त्यस्तो नक्कल गर्ने प्रयोग असफलतामा टुङ्गियो । झापा विद्रोह र माओवादी जनयुद्ध यसका उदाहरण हुन् ।
नेपाली कम्युनिस्ट आन्दोलनमा प्रायःजसो उग्रवामपन्थी भड्काउ प्रभावी हुँदा प्रजातान्त्रिक आन्दोलन कमजोर बनेको छ । यो भड्काउले कम्युनिस्ट आन्दोलन र प्रजातान्त्रिक आन्दोलनलाई एक अर्काको विरोधिको रूपमा अवलम्बन गरेको पाइन्छ । नेपाली कम्युनिस्ट आन्दोलनमा उग्रवामपन्थी भड्काउ प्रभावी रहेका बेला राष्ट्रिय राजनीतिमा हलचल पैदा गरे पनि त्यसले उपलब्धि भने दिन सकेको पाइँदैन । झापा विद्रोहको जगमा खडा भएको तत्कालीन माले २०४६ सालमा प्रजातान्त्रिक धारमा आएपछि मात्र नेपाली कम्युनिस्ट आन्दोलनले उल्लेखनीय उपलब्धि हासिल गरेको हो ।
त्यसैगरी जनयुद्धबाट प्रजातान्त्रिक धारमा तत्कालीन माओवादी आएपछि मात्र सामन्तवादको समूल नष्ट भई लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । नेपाली समाजको यथार्थपरक वर्गीय विष्लेषण गरी कम्युनिस्ट आन्दोलनलाई अघि बढाउने पुष्पलालको दृष्टिकोणकै आधारमा २०४६ सालको जनआन्दोलनबाट प्रजातन्त्रको पुनस्र्थापना र २०६२/६३ को जनआन्दोलनबाट लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो ।
मुलुकको राष्ट्रिय राजनीति संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने प्रक्रियाबाट अघि बढिरहेको छ । सौभाग्यवश संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने जिम्मेवारी नेपाली जनताले नेपाली कम्युनिस्ट आन्दोलनलाई प्रदान गरेका छन् ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकताबाट निर्मित नेपाल कम्युनिस्ट पार्टीले यसका लागि नेतृत्वदायी भूमिका निभाउनुपर्ने स्थिति छ । तर यो पार्टीले परिवर्तित सन्दर्भमा सैद्धान्तिक, राजनीतिक मार्ग तय गर्न सकेको छैन । यो पार्टीले राज्यसत्ताको लगाम समातेको ५ महिनासम्म पनि देखिने गरी काम गर्न नसक्नुको कारण पनि स्पष्ट राजनीतिक मार्ग तय गर्न नसक्नु नै हो । चाँडोभन्दा चाँडो आफ्नो लक्ष्य निर्धारण गर्न सकेन भने यो पार्टी गोलचक्करमा फस्ने वा दुर्घटनाग्रस्त हुने खतरा मडारिन थालेको छ ।
अबको नेपाली कम्युनिस्ट आन्दोलनको बाटो के हो ? यस विषयमा अझैसम्म पनि अन्यौल र अनिश्चितता छ । विशेष परिस्थितिलाई सम्बोधन गर्न ल्याइएका बहुदलीय जनवाद वा एक्काइसौं शताब्दीको जनवादले वर्तमान राजनीतिक परिस्थितिलाई सम्बोधन गर्न नसकिने पुष्टि भएको छ । यो कुरा पार्टीको नेतृत्व पंक्तिले पनि स्वीकारेको छ ।
नेपाली कम्युनिस्ट आन्दोलन उग्रवामपन्थी भड्काउबाट सन्तुलित धारमा आउने त्यसपछि दक्षिणपन्थी धारमा छलाङ मार्ने गरेको पाइन्छ । अहिले यही खतरा सत्तासिन नेपाल कम्युनिस्ट पार्टीको अगाडि छ । जुन दिशा र गतिमा यो पार्टी दक्षिणपन्थी मार्गतर्फ अग्रसर भरहेको छ, यसलाई समयमा नै सन्तुलित वैचारिक धारमा फर्काउन सकिएन भने २०६२/६३ सालका जनआन्दोलनका उपलब्धिहरू खतरामा पर्ने सम्भावनाहरू बढ्दै गएको छ ।
कम्युनिस्ट पार्टीलाई सही राजनीतिक लिकमा ल्याउन अभ्यासमा सही सावित भएका पुष्पलालका विचारहरू उपयोगी र कारगार हुने प्रबल सम्भावना छ । राजनीतिक परिवर्तनको लागि जति संयुक्त आन्दोलनका आवश्यकता हुन्छ । त्यति नै आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्न पनि संयुक्त प्रयासको आवश्यकता रहने पुष्पलालको विचार वर्तमान सन्दर्भमा निकै मननीय छन् ।
राजनीतिक उपलब्धि संस्थागतको प्रक्रियामा प्रमुख दलहरूबीच देखिएको असमझदारी र द्वन्द्वले प्रप्त उपलब्धिहरू संकटमा पर्दै गएको परिदृष्यहरू सतहमा देखिन थालेका छन् । सत्तासीन कम्युनिस्ट सरकारविरुद्ध संघर्ष गर्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उदण्ड अभिव्यक्त र कांग्रेसलाई ठीक गरेरै छाड्ने ओली–प्रचण्डको उद्घोषले यही कुराको संकेत गर्दछ ।
कांग्रेस पार्टी र सत्तासीन कम्युनिस्ट पार्टीबीचको यस्तो विध्वंशकारी द्वन्द्वको निकासका लागि पनि पुष्पलाका विचार उपयोगी छन् ।
बाह्य अस्थिरतावादी शक्तिहरूले प्रमुख राजनीतिक शक्तिहरूबीच द्वन्द्व चर्काएर राजनीतिक स्थिरता हुन नदिने खेल खेलिरहेका छन् । अहिले सत्तासिन कम्युनिस्ट पार्टी र कांग्रेस पार्टीबीचको द्वन्द्व यसको ज्वलन्त उदाहरण हो । सामान्य घटनालाई उछालेर नेपाली कम्युनिस्ट आन्दोलनलाई नै बदनाम गर्ने र किनारा लागाउने मात्र होइन, राष्ट्रिय राजनीतिमा चरम अस्थिरता खडा गर्ने षडयन्त्र भइरहेको सतहमा देखिन थालेको छ ।
राजनीतिक अस्पष्टता र परिस्थितिको सही मूल्याङ्कन गर्न नसकेर सत्तासीन पार्टी मूल लक्ष्यबाट विचलित हुँदै गएको छ । विकसित राजनीतिक घटनाक्रमहरूलाई सुक्ष्म विश्लेषण गर्दा पुष्पलालका विचारका आधारमा मात्र नेपाली कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनलाई सही दिशा र गति दिन सकिने पुष्टि हुँदैछ ।
सत्तासीन नेपाली कम्युनिस्ट पार्टीले कुन बाटो अबलम्बन गर्ने हो, त्यसैमा नै नेपाली कम्युनिस्ट आन्दोलनको मात्र होइन राष्ट्रिय राजनीतिको भविष्य पनि निर्धारण हुनेछ ।
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...