×

NMB BANK
NIC ASIA

अग्रलेख

राजनीतिक तहको स्वस्थ कूटनीतिक पहल

साउन १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

एम्बेस्सी अफ् इण्डिया , काठमाण्डूको नामबाट श्रावण ७ गते (२३ जुलाई २०१८) अङ्ग्रेजीमा जारी गरेको प्रेस टिपोटलाई आधिकारिक मान्ने हो भने भारतीय दूतावासको विराटनगरस्थित्  ‘क्याम्प अफिस’ यही श्रावण १६ गते बन्द हुनेछ । त्यस दिनपछि यतिञ्जेल त्यहाँबाट उपलब्ध हुँदै आएका सेवाहरूको लागि सेवाग्राहीले काठमाडौंमा रहेको भारतीय दूतावासमा सम्पर्क राख्नुपर्नेछ । टिपोट पढ्दा विराटनगर कार्यालयका अधिकांश सेवाग्राही भारतीय नागरिकहरू रहने गरेको देखिन्छ । किनभने नेपाली मोटर वाहनहरूलाई भारतीय मार्ग प्रवेश गर्न दिइने इजाजत बाहेक अन्य ( भारतीय नागरिकका दर्ता, प्रमाणपत्र प्रमाणिकरण, जन्म-मृत्यु पञ्जिकरण आदि ) सेवा नेपालसित वा नेपाली नागरिकसित सरोकारका विषय होइनन् । हो, भारतीय दूतावासले यीमध्येका कतिपय सेवा वीरगञ्जस्थित् वाणिज्यदूतको कार्यालयबाट उपलब्ध गराउने सक्थ्यो, तर उसले त्यसो गर्ने चाँजो मिलाएको देखिएन यद्यपि वीरगञ्जको कार्यालय नेपाल सरकारको सहमतिबाट खुलेको नियोग हो ।

Muktinath Bank

यता, विराटनगरको भारतीय कार्यालय नेपाल सरकारको सहमति वा अनुमतिबाट सञ्चालन भएको कार्यालय थिएन । २०६५ सालको वर्षायाममा कोशी लगायतका नदीमा आएको बाढीले सडक यातायात अवरुध्द भएका बखत पूर्वतिरबाट आउने सवारी साधनलाई भारतको बाटो प्रयोग गर्न अनुमतिपत्र दिने सीमित प्रयोजनका लागि अस्थायी प्रकृतिको सेवाकेन्द्र सञ्चालन गर्न सहज गरिएको थियो । तर पछि भारतीय पक्षले त्यसलाई दूतावासको नियमित शाखा झैं कायम राख्यो । हाम्रो परराष्ट्र मन्त्रालयबाट कार्यालय बन्द गर्न पटक-पटक गरेको पत्राचारको उपेक्षा दिल्लीले गरिरह्यो । यो सरासर प्रचलित कूटनीतिक मर्यादा विपरीतको कार्य थियो । यसैबीच, हालै अर्थात् जेठ ७ गते भारतको परराष्ट्र मन्त्रालयले दिल्लीबाट एक वक्तव्य प्रकाशित गरी जुन उद्देश्यले विराटनगरको कार्यालय खोलिएको थियो त्यो पूरा भैसकेकोले त्यसलाई बन्द गरी कर्मचारीहरूलाई अन्यत्र खटाइने बेहोरा सार्वजनिक गरेको देखिन्छ । दिल्लीको यो वक्तव्य प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीबाट भारत-भ्रमणको क्रममा समकक्षी नरेन्द्र मोदीसितको भेटवार्तापछि आएको हो । स्पष्टै छ , नेपाल-भारत सम्बन्धलाई दुई स्वतन्त्र मुलुकबीचको सम्बन्धको रूपमा विकसित गर्न राजनीतिक स्तरका सम्पर्क र वार्ता नै उपयोगी हुने रहेछन्; दिल्लीको केन्द्रीय प्रशासनिक संयन्त्र यसको लागि उपयुक्त माध्यम होइन रहेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल र भारत बीचको सिमाना छुट्याउने दशगजा क्षेत्र नै मेटिने गरी भारतीय भन्सार कार्यालय निर्माण थालेको खबर हालै मात्र धनुषाको नगराइनबाट आएको थियो, नेपाली पक्षले विरोध गरेपछि हाल त्यसको जाँचबुझ गरिँदैछ । त्यसैगरी, भारतका विहार र उत्तर प्रदेश राज्यसित साँध जोडिएका कतिपय ठाउँमा नेपाली पक्षसित परामर्श नै नगरीकन उतापट्टिबाट अग्ला बाँध र सडकहरू निर्माण गरिनाले नेपालका बस्ती र खेती डुबानमा पर्ने मामिलामा ध्यानाकर्षण गरेपछि नरेन्द्र मोदीको तहबाट जाँच तहकिकातको निर्देशन भएपछि भारतको प्रशासन केही सकृय भएको देखिएको छ । नेपाल-भारत सम्बन्धको समीक्षा गर्न प्रबुध्दजन समूहको कृयाशीलतालाई पनि यसै सन्दर्भमा हेर्न सकिन्छ ।


Advertisment
Nabil box
Kumari

भारत नेपालको मुख्य व्यापारिक साझेदार हो तर यो व्यापार भारतीय सर-सामान खरिदमा केन्द्रित भयो, नेपालले उताको बजारमा बिक्री गर्न सक्ने सीमित वस्तुमा पनि भारतीय पक्षले कर, परिमाण, भन्सार र क्वारेण्टाइनजस्ता व्यवधान तेर्स्याइदिनाले नेपालले कहालीलाग्दो अङ्कको व्यापार घाटा खेप्नुपरिरहेको छ । निकट छिमेकीको यो स्थिति भारतको लागि कति सन्तोषको विषय हुनसक्ला !

Vianet communication
Laxmi Bank

अनुभवसिध्द कुरो हो, नेपालले सामना गरेका यस्ता समस्याबारे भारतको राजनीतिक तह जानकार रहेमा मात्र तिनको हल निस्कने र द्विपक्षीय सम्बन्ध स्वाभाविक र समझदारीपूर्ण रहने छ । यसको लागि नेपाली पक्षको सकृय पहल हुनुपर्छ र त्यसले निरन्तरता पाउनु पर्छ । भन्नु परोइन, यतिखेर यसको थालनी नेपाल सरकारले भारतको लागि योग्य, उपयुक्त व्यक्तिलाई राजदूत नियुक्तिबाट गर्न सक्दछ । यसमा जति ढिलो गर्‍यो त्यत्ति नेपाललाई नोक्सान छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ २४, २०८०

संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...

माघ २५, २०८०

काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...

कात्तिक १३, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ ।  नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...

पुस ११, २०८०

कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...

साउन १, २०८०

लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ ।  स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...

कात्तिक १९, २०८०

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्‍यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x