×

NMB BANK
NIC ASIA

एउटा रमाइलो किस्सा छ – धेरै वर्षपहिले ग्रीसमा एकजना यौनपिपासु पक्राउ परे । तिनले सयौं महिलालाई यौनदासीको रूपमा प्रयोग गरेको आरोप लागेको थियो । प्रहरीले तिनलाई पक्राउ ग–यो । तिनलाई अदालत पु–याइयो । लामो समयको जेलजीवन बिताएर ती निस्के । जेलबाट निस्कने बेलामा पत्रकारहरूले ती यौन दुराचारीलाई गजबको प्रश्न गरे – ‘अब के गर्नुहुन्छ, फेरि पनि विगतमा जस्तै महिलाहरूमाथि यौन हिंसा गर्नुहुन्छ कि ?’

Muktinath Bank

ती यौन दुराचारीले जवाफ दिएका थिए, ‘अहँ, म त्यस्तो नालायकी काम अब कहिल्यै गर्दिनँ किनकि त्यसैले गर्दा मैले २२ वर्ष जेलमा पशुसरहको जीवन बिताउनुपर्‍यो ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर दुःखको कुरा जेलबाट छुटेको २२ दिनपछि ती व्यक्ति यौनजन्य हर्कत गरेको आरोपमा फेरि पक्राउ परे । तिनले बगैंचामा आफ्नो बच्चासँग रमाइरहेकी एकजना श्वेत महिलाको नितम्बमा सानो आकारको पत्थरले हिर्काएका थिए ।


Advertisment
Nabil box
Kumari

प्रसङ्ग जोडौं । हाम्रा गृहमन्त्रीहरू, आईजीपीहरू जो बन्छन्, शुरूका दिनमा यिनीहरू डनसँग, काम नगर्ने ठेकेदारहरूसँग, अवैधानिक सम्पत्ति अनि मानवतस्कर गर्ने दलालहरूसँग बडो दुर्भाव राख्छन् । एकदम खतरनाक दुर्भाव । अनि बिस्तारै फेरि तिनै डनहरूसँग, काम नगर्ने ठेकेदारहरूसँग, मानवतस्कर गर्ने दलालहरूसँग गहिरो प्रेम गर्छन् । एकदम खतरनाक प्रेम । प्रेम पनि त्यही ग्रीसको यौन दुराचारी जस्तो । घरि त्यही नितम्बप्रति चरम घृणा, घरि त्यही नितम्बप्रति अथाह प्रेम ।

Vianet communication
Laxmi Bank

सुन मालिकसँग प्रेम बसेकै हो त ?

तेत्तीस किलो सुन भेटिएला, अनि त्यसपछि ब्रासलेट लगाएर हिँडम्ला भनेर यो लेखोट लेखिरहेको छैन म । बडो दुःख गरेर पाएको तीन तोलाको बेरुवा औंठी थियो, बेचेर खाएँ । साला मानिसहरू झोलामा किलोका किलो सुन बोकेर हिँडेका छन् । तिनका पत्लुनका खल्ती टक्टक्यायो भने पनि दुईचार किलो सुन त पक्कै झर्छन् । कहाँ ३३ किलो, अनि कहाँ यो नाथे तीन तोलाको बेरुवा औंठी । औकात देखाउने यो माझी औंलाप्रति पनि चरम घृणा छ मलाई ।

तेत्तीस किलो सुन त बिम्ब मात्रै हो । प्रतिबिम्ब हजारौंहजार किलोको हो । तस्करीका सुनले कसका ज्ञानी छोराछोरी पाइलट पढ्न फिलिपिन्स उडे, कसका सुकोमल बुहारीहरूको गला पहेलैं भयो, र तिनले आफ्नो दर्जा ‘नवमहारानी’ का रूपमा निर्माण गरे, कसका आलिशान बंगलाको आँगनमा मर्सिडिज गाडी पार्किङ भइराखेको छ, कसले दिल्लीमा घरजग्गा खरिद गरेर राखेका छन्, यी सबै जान्ने ल्याकत नभएपनि पछिल्लो ३३ किलो सुन कहाँ छ ? थाहा चाहियो ।

सुन भेटिएको छैन । तर मझौला स्तरका मालिक भरियाहरू भने भेटिएका छन् । अदालतको विषय हो, अनुसन्धान हुँदै गर्ला । तर प्रहरीको काम ब्रिफिङ गर्दै जाने हो । तर प्रहरी नेतृत्वकोे मौनधारण निकै कडा देखिन्छ, मानौं कि कुनै ठूलै कुलघरानको प्रतिष्ठा जोगाउन लागिपरे जस्तो । के सुन मालिकसँग प्रेम बसेकै हो त, हजुर ? नेपालको सन्दर्भमा कुलघरान भनेको कुर्सी हो र कुर्सी भनेको कुलघरान हो । अब भनिदिनुप–यो, ‘ए आईजीपी साब ! ३३ किलो सुन कहाँ छ ?’

बेलाबेलामा कम्तीमा ब्रिफिङ गर !

हिजोआज मिडियामा ३३ किलो सुनका सन्दर्भमा खासै जाँगरका साथ अपडेटहरू प्रकाशन, प्रसारण गरिएका देखिन्नन् । सामाजिक सञ्जालमा यो प्रकरणले सम्भवतः विश्राम लिएको छ, केही थान झझल्को बाहेक । शायद ती सबै थाके । जस्तो जीवनदेखि थाकेर, हरेस खाएर अन्ततः मनुष्यहरू साधुसन्तको रूप धारण गर्दछन् । र यो कुरा साँचो हो, ३३ किलो सुन प्रकरणमा गृहमन्त्री रामबहादुर थापा मगरले साधुसन्तको रूप धारण गरिसकेका छन् ।

विमानस्थलबाट तस्करी हुने सुनमा विमानस्थलकै सुरक्षामा खटिएका प्रहरी अधिकारीहरूको संलग्नता निकै गम्भीर थियो । तस्करदेखि हत्यारा हुँदै प्रहरीकै उच्चपदस्थ अधिकारीहरू तानिएका छन् । तर त्यो ३३ किलो सुन कहाँ छ, थाहा छैन ।

यी गृहमन्त्री जसले विमानस्थलबाट खुलेआम टनका टन सुन तस्करी हुने खुला अभिव्यक्ति दिएका थिए । लडेर आएका हक्की स्वभावका यिनको खुलासाले महत्त्वपूर्ण अर्थ राख्थ्यो । सुन तस्करी त हुन्थ्यो नै, तर त्यसलाई रोक्नका लागि त्यो किसिमको उच्च तहबाट म गर्छु, ठोक्छु, हान्छु भनेको पहिलोपटक थियो । लोलाएका जनमनका नयनहरूले ह्वेल माछा, कत्ले माछा, रहु माछा, बुहारी माछा, जलकपूर माछा, हिले माछा, सिल्भरकार माछा रातारात समातिने जोखाना हेरेका थिए ।

अर्को खुशीको विषय के थियो भने प्रहरी संगठन तहसनहस पारेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको क्यारम्बोर्डको गोटीको रूपमा मात्रै ‘हस् हजुर, हुन्छ हजुर’ को नित्यकर्म सम्हालेका प्रकाश अर्याल आईजीपीको कुर्सीबाट बिदा हुँदैथिए र आशाको किरण बोकेका डीआईजी सर्वेन्द्र खनाल आईजीपी बन्दै थिए । ‘म सेलेब्रिटी पुलिस हैन, जिरो टोलरेन्स गर्छु, भगवान् कसम म अरू आईजीपी जस्तो खत्तम हैन, कि गरेर देखाउँछु, कि मरेर देखाउँछु’ भन्ने वाचाकसमका साथ सर्वेन्द्रले आफ्नो काँधमा फूली चढाएका थिए बाबै ।

हो, ३३ किलो सुन प्रकरणको अनुसन्धान रोकिएको छैन । जालझेल र गाँठाहरू अप्ठ्यारा छन् । यो अनुसन्धान चोकमा बसेर मुख मीठो मान्दै जेरी र पुरी तरकारी खाए जस्तो हैन, मुश्किल छ । तर यो अनुसन्धानमा सबैभन्दा ठूलो कुरा ‘गम्भीर शंका’ देखिन्छ । त्यो भनेको ठूला तथा महंगा माछाहरूलाई अनेक किवंदन्तीहरू खडा गरेर राक्षसलाई भगवान् बनाउने प्रयासहरू भइराखेका छन् । प्रहरी संगठनका बडे हाकिमहरू जो आफैं यो ३३ किलो सुन प्रकणमा मुछिएका थिए, उनीहरूले राजनीतिक सहयोगविना त्यो कुकर्म गरेका थिएनन् ।

खै कहाँ छौ..... तिमी कहाँ छौ ?

सुन तस्करहरू पक्राउ पर्ने अनि उच्च तहको दबाबमा छुट्ने चीज नौलो थिएन । सुन तस्करी गर्नेहरू आडभरोसा बोकेर भरिया भएका हुन्थे । विगतको नजिर हे–यो भने सुन तस्करीको आरोपमा सामान्य भन्सार तथा राजस्व ऐन अनुसार मुद्दा चलाइएकाहरू २, ४ हजार धरौटी तिरेर तारिखमा निस्किहाल्ने प्रचलन थियो । यसपटकको ३३ किलो सुन प्रकरणमा पक्राउ परेकाहरू विगतमा समेत पक्राउ परेर धरौटीमा रिहा भएकाहरू थिए । अदालतले उदारता देखाइरहेको थियो ।

तर यो ३३ किलो सुन प्रकरण निकै चर्चित रह्यो । यो प्रकणमा दुईजनाको हत्या भयो । फिल्मी शैलीको काण्ड भयो । कसैले फिलिम नै बनाए भने पनि, ‘द गोल्डेन डन गोरे’ नाम राखेर बनाए हुन्छ । विमानस्थलबाट तस्करी हुने सुनमा विमानस्थलकै सुरक्षामा खटिएका प्रहरी अधिकारीहरूको संलग्नता निकै गम्भीर थियो । तस्करदेखि हत्यारा हुँदै प्रहरीकै उच्चपदस्थ अधिकारीहरू तानिएका छन् । तर त्यो ३३ किलो सुन कहाँ छ, थाहा छैन ।

अरे यार कहाँ छ के ? नारायणगोपालको एउटा गीत छ – ‘केही त बताऊ, केही त भन, खै कहाँ छौ... तिमी कहाँ छौ ।

हावा कुरा गर्‍यो नभन्नुहोला । यो पंक्तिकार दशपल्ट छाती पिटेर दाबीका साथ भन्न सक्छ, यो ३३ किलो सुनको प्रकरणको अथाह ‘कनेक्सन’ गोरेको मुटुमा गुजुल्टिएको छ, गाँठो परेको छ । मामा, काका, भान्जा, ससुरा अनेक जोडिएका छन् । ती नेतादेखि केटासम्म, सुरासुन्दरीसम्म ।

मोरङको उर्लावारी घर भएका चूडामणि गौतम ‘गोरे’ बलिउडका सलमान खान जत्तिकै चर्चामा रहे । मिडियाहरूले महिनौंसम्म गोरेको नाम जपिरहे । मानौं कि यी गोरेले पनि हरिणको शिकार गरेका थिए । अहिले उनी प्रहरीको कठघरामा छन् । यिनी छिँडीमा बसेर बर्बराउँछन्, जीवनका तीन आरोह अवरोहहरू सम्झेर, उकाली ओराली भन्ज्याङ चौतारीहरू कल्पेर यी तड्पिन्छन् । फिल्मी कथा जस्तो उनको जीवनमा ओराली लागेको हरिणको चाल भएको छ, बाँचुन्जेलसम्म पनि मरेको हाल भएको छ ।

सुनको सम्झना

३३ किलो सुन प्रकरणमा छानबिन गरिरहेको सरकारी समितिले एसपी विकासराज खनाललाई नियन्त्रणमा लियो । पूर्व डीआईजी गोविन्द निरौलालाई पनि पक्राउ ग–यो । भरिया सनमको हत्या भयो । हत्या पनि फिल्मी तरिकाबाट भयो । आफूलाई धोका दिएको भन्दै गोरेले जंगलमा करेन्ट हाने । विमानस्थलका कामदार जो भरिया थिए, तिनको हत्या भएको शंका छ । प्रहरी हिरासतमा एकजनाको मृत्यु भयो । त्यो मृत्यु पनि शंकास्पद छ ।

करेन्ट लगाएर, चरम यातना दिएर मारिएका सनमको शव मेची राजमार्गअन्तर्गत इलामको लसुने–अर्यालचोक सडकखण्डको जमुनेडाँडाको सडकबाट करीब २० फिट तल जुटको बोराभित्र बेपत्ता बनेको नौ दिनपछि भेटिएको थियो । जुन शवलाई व्यवस्थापन गर्न प्रहरीका अधिकारीहरूले लागिपरेका थिए, जसको ‘फोनकल रेकर्ड’ सार्वजनिक भइसकेको छ । वास्तवमा गोरेलाई त हत्या आरोपमा समेत अनुसन्धान गर्नुपर्ने थियो । डीएसपी प्रजित केसीको नेतृत्वलाई थाहा होला यो विषय ।

यो पंक्तिकार दशपल्ट छाती पिटेर दाबीका साथ भन्न सक्छ- यो ३३ किलो सुनको प्रकरणको अथाह ‘कनेक्सन’ गोरेको मुटुमा गुजुल्टिएको छ, गाँठो परेको छ । मामा, काका, भान्जा, ससुरा अनेक जोडिएका छन् । ती नेतादेखि केटासम्म, सुरासुन्दरीसम्म ।

तेत्तीस केजी सुन प्रकरणको शंकाको घेरामा परेका महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई महाशाखाको जिम्मेवारीबाट हटाइयो । यस विषयमा धेरैले लेखे, बोले । पक्कै पनि आईजीपी साब आफ्ना मातहतका यी स–साना कुराहरूमा कम्प्रोमाइज गरेर बस्ने कुरा आउँदैन । कारवाही होला, हुनुपर्छ । कारवाहीसँगै प्रहरी संगठनलाई चुस्त र कर्तव्यनिष्ठ बनाउने जिम्मा पनि आईजीपीको काँधमा छ ।

न्युरोडस्थित आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य र जयमातादी गोल्डका सञ्चालक पवन अग्रवाल पक्राउ परे । थाई एयरका कर्मचारी लगायत राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, दोराम खत्री, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपालकुमार श्रेष्ठ, सम्बिर प्रसाद तोलाङ्गे, हेमन्त गौतम, ‘तक्लु’ भन्ने पुण्यप्रसाद लामा, वीरेन्द्रमान श्रेष्ठ, लालबहादुर मगर, राजु महर्जन पक्राउ परे । तर यिनीहरूउपरको अनुसन्धान कहाँ पुग्यो ? थाहा छैन । 

आईजीपी साबको ध्यान जाओस्

धेरैजसो विमानस्थल हुँदै दुबईबाट नेपालमा सुन भित्रिने गर्छन् । युकेबाट पनि यसरी सुन नआउने हैन तर कम अनुपातमा । सयौंजना मिलेर हातमा, घाँटीमा सुन बोकेर आउँछन् र नेपाल आएर जम्मा गर्छन् एकैठाउँ । भरियाको ज्यालादारी मिलेपछि ती बिदाबादी हुन्छन् । स्थलमार्ग हुँदै पनि नेपालमा अवैध सुन नभित्रिने हैन । पहिले तिब्बत जोड्ने तातोपानी नाकाबाट सुन तस्करी हुने गर्थ्यो । तस्करहरूबीच झडप पनि भएकै हो यो इलाकामा । आजकल रसुवागढी नाकाबाट सुन भित्रिने गरेको छ । खै किन हो आईजीपी साब, त्यता सरकारी नम्बर प्लेटका गाडी धेरै देखिन्छन् ।

यस्तो किसिमको तस्करीले सामान्य मानिसहरू रातारात मालामाल बनेका छन् । अन्तर्राष्ट्रिय मार्केटमा सुनको मूल्यसँग दाँज्ने हो भने ५० ग्राम सुनमा नै २० देखि २५ हजार रुपैयाँको मार्जिन हुन्छ । लगानी कटाएर पनि एक केजी सुनमा कम्तीमा पनि चार लाख रुपैयाँदेखि पाँच लाखसम्म फाइदा हुन्छ । त्यसैले यो अपराधको हिस्सा बन्दैछ । सरकारले एक ग्राम सुनमा ४ सय २० रुपैयाँ भन्सार तोकेको छ । उदाहरणका लागि ५० ग्राम सुन ल्याउँदा भन्सार मात्रै तिर्ने हो भने पनि २१ हजार रुपैयाँ त सोझै सरकारलाई बुझाउनुपर्छ । यहाँ राज्यको आम्दानीलाई गम्भीर नोक्सानी पुर्‍याउने काम भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x