कात्तिक २४, २०८०
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
हामी के कस्तो अर्थसामाजिक संरचना र स्थितिमा छौं त्यसले नै राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा हाम्रो राष्ट्रियताको आधार निर्माण गर्दछ । यो मनोगत र भावनात्मक कुरा मात्र होइन । हाम्रो विकास रणनीति राष्ट्रिय क्षमता विकास गर्ने खालको छ कि त्यसलाई कमजोर तुल्याउने र पराश्रयी बनाउने खालको छ, त्यसले हामी कता गइरहेका छौं भन्ने प्रष्ट पार्दछ । हिजोको कुरा त्यही हो र आजको कुरा पनि ।
कुनै एक व्यक्तिको वीरता र बहादुरीले मात्र राष्ट्रियता बलियो तुल्याउन सम्भव छैन । यो कुरा हिजोको समयमा त सम्भव भएन भने आजको युगमा सम्भव हुने कुरै होइन ।
नेपालको जमिन, जल, जंगल, जडिबुटी, जनशक्ति जे जति प्राकृतिक र मानवीय विकासका स्रोत साधनहरू छन्, अर्थात पहाड, पर्वत, उपत्यका, तराईका फाँट आदि ती कसका लागि कसरी परिचालित र प्रयुक्त भइरहेका छन्, तिनको वस्तुगत लेखाजोखा गरेर मात्र हाम्रो विकास र हामी कता गइरहेका छौं भन्ने कुराको ठोस निरूपण हुनसक्छ ।
यहाँ काम गरी खाने जनता जो बस्छन्, तिनको जीविकोपार्जन के कसरी भइरहेको छ, जीवन व्यतित कसरी भइरहेको छ, वर्तमान र भविष्यबारे उनीहरूको सोच विचार र दैनन्दिन गतिविधि के कस्ता रहेका छन्, ती सबै कुरा स्रोत साधनहरूसँग उनीहरूको सम्बन्ध र पहुच के कस्तो रहेको छ भन्ने कुरामा भर पर्छ ।
विश्वमा आएको विज्ञान र प्रविधिको अकल्पनीय विकास र बाह्य प्रभावले हामी पनि २१औं शताब्दीका सभ्य मानिस जस्तो देखिए पनि हाम्रा ठोस वास्तविक स्थिति त्यस्तो छैन । हाम्रो बोझ बनिरहेको गरीबी, अशिक्षा, अभाव, असुरक्षा सबै कुराले हामी आज जसरी आक्रान्त छौं, जसरी केही मुठ्ठीभर व्यक्तिहरू रातारात मालामाल बन्ने र अधिकांश जनता कंगालीकरण हुने वर्गीय र सामाजिक विभेदको स्थिति विद्यमान छ, आर्थिक समाजिक असमानता र विभेदजस्तो किसिमले विद्यमान र व्याप्त छ त्यहाँ राष्ट्रियता र राष्ट्रिय एकता सबल र सुदृढ छ भन्ने कुरा नै सही र यथार्थ हुन सक्तैन । त्यो केवल एउटा ढोंगी आडम्बर मात्र ठहरिन्छ । त्यसैले हामीले राष्ट्रियतालाई अत्याधिक ठूलो जनसमुदाय अर्थात् आम जनताको आजीविका, उनीहरूको अवस्था र आवश्यकताभन्दा भिन्न किसिमले हेर्न मिल्दैन र हेर्नु गलत हुनेछ ।
निश्चय नै हामीले लाखौंलाख दीनहीन जनसमुदाय, उनीहरूको स्रोत साधनविहीनता र अनिश्चित भविष्यको बीचमा राष्ट्रियताको दुहाइ दिनु केवल एउटा ढोंगी र सत्ता स्वार्थको लागि तुरुप बनाउने कुरा मात्र हो । फेरि यो कुनै ढाकछोप गरी लुकाएर भित्र एउटा कुरा बाहिर अर्कै कुराको प्रदर्शन गर्ने विपय पनि होइन । यो देश विशेषका जनताको अवस्था के कस्तो छ र के कस्तो बन्दै गएको छ भन्ने प्रकट गर्ने कुरा हो । अनि ती देशको राजनीतिक अवस्था, राजनीतिक संस्कार र संस्कृति के कस्तो रहेको र विकसित हुँदै आएको छ, त्यस कुराले समेत देशको राष्ट्रियता, देशभक्ति र अरु राष्ट्रहरूको सम्बन्धको मापन गर्दछ, गरिरहेको हुन्छ ।
त्यसैले जनताजनता बीचको परस्पर सम्बन्धमा समानता छ कि छैन, शासक र जनताबीचको सम्बन्ध र अन्तरसंवाद औपचारिक÷अनौपचारिक के कस्तो रहँदै आएको या रहेको छ, त्यसले नै कुनै देशको राष्ट्रियता सबल या दुर्बल कस्तो छ भन्ने दर्शाउँछ । वास्तवमा जनताजनता बीचको एकता, परस्पर समानता, सम्मान र सहिष्णुताको भावले राष्ट्रिय एकतालाई सबल तुल्याउँछ भने त्यसको विपरीत भावले कमजोर पार्दछ । यसो हुनुमा उपलब्ध र विकसित हुने स्रोतसाधनसँग जनताको सम्बन्ध–स्वामित्व र अपनत्वको छ कि पराधीनताको छ त्यसले आधारभूतरूपमा राष्ट्रियता कमजोर छ कि सबल भन्ने कुराको बोध गराउँदछ ।
शासक वर्ग स्रोत साधनसम्पन्न, सर्वत्र पहुँच भएको छ, तर आम जनता स्रोतसाधनविहीन र परमुखापेक्षी छन् भने त्यहाँ जतिसुकै राष्ट्रियताको ढोल पिटे पिटाइए पनि त्यो राष्ट्र कमजोर र त्यसको राष्ट्रिय भावना र राष्ट्रभक्ति पनि कमजोर भएर रहन्छ । त्यसैले पनि राष्ट्रियता र जनतन्त्र एकअर्कासँग अभिन्नरूपले गाँसिएका हुन्छन् भनिएको हो । जनतान्त्रिक अधिकार र नागरिक स्वतन्त्रताविनाको राष्ट्रियताको कुनै अर्थ हुँदैन भन्नुको कारण पनि यही नै हो ।
हाम्रो जस्तो भाषिक, जातीय, सांस्कृतिक विविधताले भरीपूर्ण र भौगोलिक भिन्नता र विषमताका कारण उपलब्ध भएको जैविक विविधताले युक्त देशमा राष्ट्रियता र त्यसको सबलता तिनै कुराबाट निःसृत हुने हो । ती सबै जनसमुदायको साझा मान्यता, भावना र साझा लक्षले नै यसलाई बलियो र टिकाउ बनाउँछ । अन्यत्र खोजेर राष्ट्रियता पाइँदैन र राष्ट्रको विकास पनि हुँदैन । त्यस्तो हुन्छ भन्ने भ्रम छरिनु पनि हुँदैन ।
हुन पनि यो पृथ्वी पृथ्वीवासी सबैको साझा हो । यो पृथ्वीका सबै देशहरूमा बसोबास गर्ने सबै मानिस उत्तिकै समान छन् र तिनको विविधतालाई समान किसमले सम्मान गरिनुपर्दछ भन्ने मान्यता विकसित भएको हो । यही कुरा एउटा देशभित्र पनि उसैगरी लागू हुन्छ । कोही विशेष कोही सामान्य भन्ने किसिमले भेदभावजन्य सोचाइ र व्यवहार गर्ने स्थिति रहनु र रहन दिइनु हुँदैन । यसले राष्ट्र र राष्ट्रियताको भावनाको सही प्रतिनिधित्व हुन सक्दैन ।
यद्यपि यो राष्ट्रियताको कुरा पनि समय, परिस्थिति र युगसापेक्ष तथा गतिशील हुन्छ । परिवर्तन र विकास सँगसँगै राष्ट्रियताको भावना पनि विकिसित र परिमार्जित हुँदै जान्छ । मानव सभ्यताको विकासले यही कुरा दर्शाउँदछ । त्यसैले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकताको कुरा गर्दा राष्ट्र विशेषमा बसोवास र आजीविका चलाइरहेका आमजनतालाई केन्द्रविन्दूमा राखेर तिनको समोन्नति, प्रगति र त्यसमा ती जनसमुदायको सक्रिय सहभागिता तथा अपनत्वको भावना सिर्जना हुने आधारविनाको खोक्रो राष्ट्रवादको कोरा नारा आजको युगमा एउटा छल र प्रपञ्च मात्र हुनजान्छ भन्ने बुझ्नु र बुझाउनु आवश्यक छ ।
सत्ताले राष्ट्रिय विकासको कुन बाटो लिन्छ त्यसमाथि नै यो कुरा भर पर्दछ । वास्तवमा भ्रष्टाचाररहित एवं जनकेन्द्रित विकासको माग यसै अर्थमा सर्वत्र हुँदै आएको हो ।
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...