×

NMB BANK
NIC ASIA

खेलाडीका लागि छुट्टै अस्पतालको आवश्यकता

साउन २०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –  नेपाल पछिल्लो समय अन्तर्राष्ट्रिय जगत्मा खेल र खेलाडीकै कारण चर्चामा रहने गरेको छ, चाहे त्यो फुटबल होस् वा क्रिकेट । 

Muktinath Bank

देशका लागि ज्यानको बाजी राखेर खेल्ने खेलाडीहरू घाइते हुँदा उपचार गर्ने कहाँ छ त ? अहिले यस्तो प्रश्न सबैतिरबाट उठाउन थालिएको छ । खेलाडीहरुका लागि छुट्टै अस्पताल बन्न नसक्दा उनीहरु निरुत्साहित बनेका मात्र हैन खेलकूद क्षेत्रबाटै पलायन पनि भइरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसो त खेलाडीका लागि छुट्टै अस्पताल हुनुपर्‍यो भनेर खेलाडीहरूले सरकारको ध्यानाकर्षण नगराएका पनि होइनन् । पछिल्लो पटक गगन थापा स्वास्थ्यमन्त्री हुँदा राष्ट्रिय खेलकूद परिषद् (राखेप) द्वारा गठित खेलाडी सुविधा सुझाव कार्यदलले खेलाडीको वर्गीकरणसहित स्वास्थ्य सेवामा सहुलियतको माग गर्दै एक ज्ञापनपत्र बुझाएको थियो । 


Advertisment
Nabil box
Kumari

राखेपका सदस्यसमेत रहनुभएका उपेन्द्रकुमार पौडेलको संयोजकत्वमा गठित उक्त कार्यदलले २०७४ वैशाख ६ गते तत्कालीन मन्त्री थापालाई बुझाएको ज्ञापनपत्रमा छुट्टै अस्पतालको माग पनि समेटिएको थियो । थापा नौ महिनापछि सरकारबाट बाहिरिएसँगै त्यो विषय पनि त्यतिकै सेलायो । 

Vianet communication
Laxmi Bank

त्यतिबेला मन्त्री थापाले सरकार आफैंले सञ्चालन गरेको अस्पताल र सरकारबाट अनुमति लिएर सञ्चालन गरिएका अन्य अस्पताल दुवैथरीलाई समेटेर खेलाडीलाई स्वास्थ्य सुविधा दिने योजना अघि बढाउन सकिने जानकारी दिएका थिए ।

सरकारले खेलाडीका लागि छुट्टै अस्पताल बनाउने भन्दा पनि राखेप परिसरमा रहेको ‘मेडिकल’ विभागलाई व्यवस्थित गरी खेलाडीको उपचारमा लगाउने सोच बनाएको छ । 

अस्पताल निर्माण गर्नु सामान्य कुरा नभएको मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपाने बताउँछन् । उनका अनुसार अस्पताल निर्माणका लागि जनशक्तिदेखि बजेटको व्यवस्थापन गर्नुपर्छ जुन कठिन काम हो । 

तत्कालका लागि सोही विभागमा जनशक्ति र उपकरण थपेर प्रशिक्षणमा रहेका वा प्रतियोगिता खेल्दै गरेका घाइते खेलाडीको उपचारको व्यवस्था मिलाउन सकिने उनको भनाइ छ । 

उपचार नपाएर खेलाडी हात बाँधेर बसेका भने छैनन् । केही खेलाडी सहयोग जुटाएरै भएपनि पुनः खेल क्षेत्रमा फर्किएका उदाहरणहरू छन् । 

जुडो खेलाडी रमेश मगरको देब्रे घुँडाको केही महिनाअघि सफल शल्यक्रिया भयो । मगरको धापासीस्थित ग्रान्डी इन्टरनेशनल हस्पिटलमा डा चक्रराज पाण्डेको टोलीबाट शल्यक्रिया भएको हो । 

नेपाली जुडो टोलीका आशलाग्दा खेलाडी मगरले अर्को वर्ष नेपालमा हुने दक्षिण एसियाली खेलकूद (साग) मा राम्रो नतिजा ल्याउने लक्ष्य राखेका छन् ।

सन् २०१० मा बंगलादेशमा आयोजित एघारौँ सागको उद्घाटन हुनु अघिल्लो दिन लिफ्ट दुर्घटनामा रमेशसहित केही नेपाली खेलाडी घाइते भएका थिए । 

दुर्घटनामा घाइते भएपछि मगर ६६ केजीमुनि तौल समूहको प्रतिष्पर्धामा उत्रन सकेनन् । दुई वर्षअघि भारतमा भएको १२ औँ सागमा भने उनी कास्य पदक जित्न सफल भए र ढाकामा दुर्घटनाको परेर बेहोर्नुपर्ने क्षतिको केही मात्रामा भएपनि पूर्ति गरे ।

सन् २०१० को दुर्घटनाको चोट दुई वर्षअघिको सागमा फेरि बल्झिएपछि उनको शल्यक्रिया गरिएको हो ।

सन् २०१९ मा नेपालमा हुने सागमा स्वर्ण पदक जित्ने उनको धोको छ र उनी छ महिनापछि प्रशिक्षणमा फर्कने सोचमा छन् ।

उनको शल्यक्रियामा रु तीन लाख पाँच हजार खर्च लाग्यो । नेपाल जुडो संघको आह्वानमा विभिन्न संस्था र व्यक्तिले गरेको उदार सहयोगबाट उनको उपचार सम्भव भएको छ । 

मगर जस्तै धेरै खेलाडीको उपचार अहिले ग्रान्डी अस्पतालले गरिरहेको छ । तर, अस्पतालले खेलाडीलाई यथेष्ट सहुलियत दिन सकेको छैन । खेलाडीहरूका लागि छुट्टै प्रकृतिको उपचार र सुविधाको खाँचो पर्दछ । नेपालमा भने खेलाडीका लागि त्यस्तो कुनै उपचार केन्द्र, अस्पताल वा चिकित्सकको व्यवस्था भइसकेको छैन । 

भलिबल खेलका प्रशिक्षक जगदीश भट्टले भने– “राम्रो अस्पताल सरकारी तवरबाटै व्यवस्था हुन सके आर्थिक अवस्था कमजोर भएका खेलाडीले पनि सहज उपचार सेवा पाउँछन् र उनीहरु फेरि खेल जीवनमा फर्कन सक्ने वातावरण बन्छ । तर, देशमा त्यस्तो अवस्था अझै आएको छैन ।” 

खेलाडीको उपचारका लागि छुट्टै अस्पताल खोल्नुपर्ने विषयमा धेरै अगाडि सरकारको ध्यान जानुपर्ने थियो भन्नुहुन्छ प्रसिद्ध म्याराथन धावक बैकुण्ठ मानन्धर । 

खेलाडीका लागि छुट्टै अस्पताल बनाइदिने दीर्घकालीन सोच सरकारमा हुनुपर्ने ठान्ने उनी त्यस्तो व्यवस्था नहुँदासम्म खेलाडीको उपचारका लागि अहिले भएकै ठूला सरकारी अस्पतालमा कमसेकम ‘कोटा सिस्टम’को व्यवस्था गरिनुपर्ने बताउँछन् ।

उनी भन्छन् – “खेलाडीको आर्थिक अवस्था दयनीय छ । खेलाडी राष्ट्रका गहना हुन् भन्ने मात्रै हैन उनीहरुको निःशुल्क उपचारको व्यवस्था पनि गरिदिनुपर्‍यो ।” 

पछिल्लो पटक सरकारले ल्याएको ‘खेलाडी स्वास्थ्य बीमा’ कार्यक्रमले केही राहत दिएको भएपनि त्यो पर्याप्त नभएको खेलाडीहरु बताउँछन् । अहिलेका लागि खेलाडीको सहजताका लागि राखेपमा भएकै मेडिकल विभागलाई थप प्रभावकारी बनाउनुपर्ने मानन्धरको सुझाव छ । 

पछिल्लो समय धेरै घाइते खेलाडीको उपचार गरिसकेका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा पाण्डे उपचार गर्न मात्र होइन, मनोपरामर्शका लागि पनि छुट्टै अस्पताल आवश्यक रहेको ठान्छन् ।

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका डा पाण्डे खेलाडीलाई कसरी जोगिएर खेल्ने, तनावबाट कसरी मुक्त रहने र के के पोषणयुक्त खाना खाने भन्ने जानकारी दिन पनि आवश्यक भएको बताउँछन् ।

उनी भन्छन् – “भोलि राम्रो खेलाडी बनाउन आजैदेखि पर्याप्त लगानी गर्नुपर्छ । आजको भोलि नजिता खोजेर हुँदैन । स्वस्थ खेलाडीका लागि उपचार मात्र होइन, पोषण र अनुशासन पनि त्यत्तिकै जरुरी हुन्छ । त्यसैले यी सबै सुविधा उपलब्ध हुने खालको राष्ट्रिययस्तरको अस्पताल आवश्यक छ ।”

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x