फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
हाम्रो राजनीति जनकेन्द्रित भएन । लामो समयदेखि यो आत्मकेन्द्रित, संकीर्ण र सत्तामुखी हुँदै आयो । त्यसले गर्दा देशमा राष्ट्रिय जागरण र राष्ट्रिय एकता आउन सकेन ।
देशको इतिहासका धेरै पहिलेका किराँतकाल, लिच्छवीकाल, मल्लकालका कुरा अहिलेलाई थाती नै राखौं । नेपालको भौगोलिक एकीकरणलाई आधुनिक नेपालतर्फको प्रस्थानविन्दु मान्ने हो भने पनि त्यो एकीकरणपछि जुन राष्ट्रिय जागरण आउनुपर्दथ्यो, त्यो आउन सकेन ।
जबकि सामान्यतः अन्य देशको एकीकरणपछि त्यसलाई बल प्रदान गर्ने र समृद्ध तुल्याउने चरण शुरू भएको इतिहास हामी पाउँदछौं । बरू हामीकहाँ त्यो एकीकरणपछि राष्ट्रिय चिन्तन र चरित्रको निर्माणको साटो आत्मकेन्द्रित दरबारिया षड्यन्त्रकारी राजनीति शुरू भयो । भाउजु रानी हुने कि देवर राजा हुने विन्दुबाट शुरू भएको त्यो दरबारिया षड्यन्त्र थापा, बस्नेत र पाण्डे जस्ता भाइभारदारको मनोमालिन्य र काटमार हुँदै कोतपर्वपछि चरम उत्कर्षमा पुगेर एकतन्त्री जहानियाँ राणाशासनको उदय भयो ।
त्यसपछि पनि अनेक काण्डहरू भए तर जहानियाँ राणा शासकहरूले त्यसलाई दबाउँदै र दमन गर्दै १०४ वर्षको अन्धकार युग चलाए । त्यस सत्तालाई त्यतिबेलाको ब्रिटिश साम्राज्यवादको आडधाप र भरोसा रहेको कुरा इतिहाससिद्ध तथ्य भएर रहेको छ ।
नेपाली जनताले ठूलो मूल्य चुकाएर राणाा शासनको अन्त्य गरेपछि पनि अपेक्षित र सापेक्ष रूपमा राजनीति जनकेन्द्रित हुन सकेन । त्यो पनि आत्मकेन्द्रित र षड्यन्त्रमूलक नै रह्यो । फलतः १० वर्षको उतारचढावपछि पुनः राणाशाहीपछि शाहशाही चल्यो । तलैदेखि उठेको पञ्चायती प्रजातन्त्रको नाममा राजाको एकतन्त्री हुकुमी शासन शुरू भयो । त्यो सामन्ती अधिनायकवादी शासनका विरुद्ध तीन दशक लामो संघर्ष नेपाली जनताले चलाए ।
त्यस शासनको अन्त्यका लागि पनि ठूलो संघर्ष र बलिदान गर्नुपर्यो । तर इतिहास साक्षी छ, त्यसपछि पनि नेपाली राजनीति जालझेल, षड्यन्त्र र संकीर्ण तथा भ्रष्ट स्वार्थभन्दा माथि उठ्न सकेन । त्यसैमा रंगमंगियो र अन्ततः पुनः २०१७ सालकै प्रकृतिको शाही ‘कू’ दोहोरिन जाँदा नेपाली जनताको बृहत् संयुक्त जनआन्दोलन बढ्दै गएर व्यापक र राष्ट्रव्यापी बनेपछि त्यो शाहीतन्त्रले पञ्छिनुपर्यो । तर त्यसपछि आएको गणतन्त्रात्मक लोकतन्त्रले पनि जनतामा कुनै नवीन आत्मविश्वास र भरोसाको रक्तसञ्चार र आधार प्रदान गर्न आज सकिरहेको छैन ।
पुरानै सडेगलेका प्रवृत्ति र चरित्रलाई प्रश्रय दिने र काखी च्यापेर हिँड्ने सीमित र संकीर्ण स्वार्थ हाबी र प्रभावी छ । फलतः जुन भ्रष्टाचार, तस्करी, कालोबजारी, असुरक्षा र कुशासनको बोझ नेपाली जनताले सकीनसकी हिजो बोक्नुपरेको थियो भने त्यसबाट आज पनि कुनै त्राण पाउन सकेको छैन, निकट भविष्यमा पनि पाउन सकिने कुनै वस्तुगत आधार देखापरेको छैन । वास्तवमा उपरी ढाँचामा मात्र भएको सतही परिवर्तनले देश र जनताका सबै आधारभूत समस्याहरू – गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीका समस्या हल हुने कुरा पनि होइन ।
यस्तो अपेक्षा गर्नु नै अवस्तुवादी कुरा हो र हुन्छ । यद्यपि यही सतही उपरी ढाँचाको परिवर्तनलाई मात्र पनि देश र जनताको हितमा इमानदारीपूर्वक प्रयुक्त गर्ने हो भने राष्ट्रलाई सकारात्मक दिशातर्फ लैजाने संकेत र लक्षणहरू देखापर्दै जाने थिए । तर २०६३ सालको परिवर्तनपछि पनि उही पुरानै विकृति र विसंगतिहरू नै अझ बढेर गए । संकीर्ण सत्तास्वार्थको लागि आत्मकेन्द्रित अवसरवादी राजनीति यो कालखण्डमा पनि अत्यन्तै हाबी र प्रभावी भएर रह्यो ।
सत्तामा रहे बसेका राजनीतिक दलहरूको नेतृत्वको उठबस, हिमचिम, भेटघाट, कुराकानी कहीँ कतै पनि देश र जनसाधारणको पक्ष र हितमा केन्द्रित देखिएनन् । त्यसको विपरीत उनीहरू यहाँका माफिया, तस्कर, कालाबजारिया, कमिसनखोर, भ्रष्टाचारीहरूकै वरिपरि केन्द्रित रहे । यी हिजोदेखिकै त्याज्य, अमान्य र अस्वीकार्य विसंगतिहरू आज पनि झन् बढेर गए र सर्वत्र व्याप्त भए । त्यसैले जनताले ‘जुन जोगी आए पनि कानै चिरेको’ मात्र देखे भने आफूहरू ‘तावाबाट उम्केर भुंग्रोमा’ परेको अनुभव गर्न बाहेक अरू केही पाएनन् ।
वास्तवमा नेपाली जनताले जुनसुकै राजनीतिक परिवर्तनपछि पनि धोका खानुपरिरहेको अहिलेसम्मको तीतो अनुभव रहँदै आएको छ र रहिरहेको छ । यस्तो स्थितिमा सार्थक सुधार आउने कुनै सकारात्मक निकट संकेतको आशा गर्न अहिले सकिने स्थिति पनि बनेको छैन र बन्ने पनि देखिँदैन ।
सामान्यतः कुनै पनि देशमा सामान्य रूपमा पनि अग्रगामी मानिएको राजनीति परिवर्तनपछि जनजीवनमा उत्साह र आत्मविश्वास जाग्दैन, राष्ट्रिय जागरण आउँदैन र जनतामा एकताको मूलबाटोमा हिँड्ने उपयुक्त वातावरण बन्दैन भने त्यहाँ सत्ताको खेल र जालझेल मात्रै प्रमुख कारण हुने गर्दछ । दुनियाँका देशहरूमा राजनीतिक परिवर्तनपछिको नकारात्मक परिस्थिति र हाम्रो देशको पनि अनुभवले यही मात्र निचोड निस्कन्छ ।
राजनीतिमा रंगीचंगी सपना भन्दा पनि सत्ताको वास्तविक व्यवहार कस्तो छ त्यसले जनतामा पार्ने असरले कुनै मुलुक विशेष सही या गलत कुन बाटोमा गइरहेको छ त्यसको निर्धारण हुने गर्दछ र हुँदै आएको छ । हाम्रो देश पनि यसबाट अपवाद छैन र जुन स्तरको राजनीति यहाँ चल्दै आएको छ त्यसले अपवाद हुन पनि नदिने स्थिति विद्यमान छ । त्यसैले राजनीतिमा अझै पनि गडबडी नै गडबडीको शृंखला कायमै रहेको छ ।
त्यसमा पनि हाम्रो छिमेकसँगको जस्तो सम्बन्ध ब्रिटिश साम्राज्यवादी कालदेखि नै रहँदै आयो, त्यसमा पनि अहिलेसम्म कुनै तात्त्विक परिवर्तन भएको छैन । साम्राज्यवादले झण्डै २०० वर्षसम्म गाँजेको र शासन गरेको भारतवर्षको शासकवर्ग अहिले पनि नेपालसँग त्यही ब्रिटिशकालीन गलत सम्बन्धकै वरिपरि केन्द्रित रहेको छ । त्यसैले यो सम्बन्ध जतिसुकै गाढा र आत्मीय भनेर शासकहरूले भजन गाउने गरेपनि यथार्थतः त्यस्तो छैन । बरू त्यसको विपरीत केन्द्र र सेरोफेरोकै गलत धरातलमा यो खडा छ । आन्तरिक गडबडीयुक्त राजनीतिमा यो अविवेकी र गलत छिमेकी सम्बन्ध पनि नेपालको परिवर्तनको सही दिशामा प्रायः सधैं अवरोधक बनेर रहँदै आएको छ ।
यसमा पश्चिमा शक्तिहरूको खेल पनि जेलिएको छ । यसरी आन्तरिक र बाह्य गलत चरित्र र चिन्तनको राजनीतिबाट मुक्त नभएसम्म नेपालले सही दिशा र गति लिन नसक्ने कुरा दिउँसोको घामजत्तिकै छर्लंग छ । बितेको करीब सात दशकको अनुभवले यो जीवन्त यथार्थ सबैका अगाडि खडा गरिदिएको छ ।
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...