माघ १८, २०८०
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...
काठमाडौं –दूरसञ्चार सेवा प्रदायक संस्था नेपाल टेलिकमले संस्थाको सेवा, सुविधा र गतिविधिबारे समाचार सम्प्रेषण गर्ने २ सञ्चारकर्मीलाई पुरस्कृत गर्ने भएको छ ।
टेलिकमले सूचना जारी गर्दै पुरस्कारका लागि समाचार सामग्री पठाउन सार्वजनिक आह्वान गरेको छ । टेलिकमले सेवा उपलब्ध गराइएको १ वर्ष पूरा भएको अवसरमा गत वर्षदेखि सञ्चारकर्मीलाई पुरस्कृत गर्न शुरू गरेको थियो ।
‘२०७४ सालमा नेपाल टेलिकमको सेवा, सुविधा र गतिविधि सम्बन्धमा प्रकाशित/प्रसारित समाचार सामग्रीमध्ये ३ वटा सामग्री प्रमाणसहित (प्रकाशित/प्रसारित मिति र बाइलाइन नभएकोमा सम्पादकले प्रमाणित गरेको) मिति २०७५ भदौ १३ गतेभित्र यस कम्पनीको केन्द्रीय कार्यालय, सूचना तथा प्रकाशन शाखा, कोठा नम्बर ३०२ मा दर्ता गराउनुहुन अनुरोध छ,’ सूचनामा उल्लेख गरिएको छ ।
हेर्नुस् टेलिकमले प्रकाशित गरेको सूचनाको पूर्णपाठ :
पुरस्कारका लागि समाचार सामग्री पठाउने सम्बन्धी सूचना
सर्वसाधारण नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको १ सय वर्ष पूरा (२०७४ जेठ १ गते) भएको उपलक्ष्यमा गत वर्ष नेपाल टेलिकमले कम्पनीको सेवा, सुविधा आदि सम्बन्धमा आमसञ्चार माध्यममा २०७३ सालमा प्रकाशित/प्रसारित समाचार सामग्रीमध्ये उत्कृष्ट २ वटा सामग्री छनोट गरी २ जना सञ्चारकर्मीलाई पुरस्कृत गरेकोमा यस वर्ष पनि सो कार्यक्रमलाई निरन्तरता दिइने भएकोले २०७४ सालमा नेपाल टेलिकमको सेवा, सुविधा र गतिविधि सम्बन्धमा प्रकाशित/प्रसारित समाचार सामग्रीमध्ये ३ वटा सामग्री प्रमाणसहित (प्रकाशित/प्रसारित मिति र बाइलाइन नभएकोमा सम्पादकले प्रमाणित गरेको) मिति २०७५ भदौ १३ गतेभित्र यस कम्पनीको केन्द्रीय कार्यालय, सूचना तथा प्रकाशन शाखा, कोठा नम्बर ३०२ मा दर्ता गराउनुहुन अनुरोध छ ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड
नेपाल टेलिकम
केन्द्रीय कार्यालय, भद्रकाली प्लाजा
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो । यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ । ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...