×

NMB BANK
NIC ASIA

‘इन्काउन्टर स्पट’मा एक नजर : रुखमा खोपिएको ब्लेड र भूइँमा छरिएका पञ्जा !

साउन २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक चोकबाट दक्षिणतर्फ घ्याम्पेडाँडा जाने बाटो छ । हाल उक्त सडक ‘पाइलट बाबाको आश्रम जाने रोड’का रूपमा प्रसिद्ध छ । 

Sagarmatha Cement
Muktinath Bank

अरनिको राजमार्ग छाडेर दक्षिणतर्फ लाग्दा डेढ किलोमिटरजति हिँडेपछि गणेश मन्दिर पुगिन्छ । मन्दिरबाट बायाँतर्फ (पाइल बाबाको आश्रम जाने सडकमा) २ सय मिटरजति हिँडेपछि एउटा पिकनिक स्पटमा पुगिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार दिउँसो १ बजेको आसपास भारी वर्षा भइरहेको थियो । वर्षा भएपछि पिकनिक खान गएकाहरू पनि ओत लागे । 


Advertisment
Nabil box
Kumari

वर्षा भइरहकै बेला त्यहाँ गोली चलेको आवाज सुनियो । स्थानीयले लगातार ५ पटक (राउन्ड) गोली चलेको आवाज सुने । 

Vianet communication
Laxmi Bank

गोली चलेको आवाज सुनेपछि सबैको ध्यान त्यसतर्फ जाने नै भयो । तर त्यहाँ प्रहरीले जान रोक्यो । केही समयपछि त्यहाँ थप संख्यामा प्रहरीदेखि सञ्चारमाध्यम (मिडिया)का मानिसहरू देखा परेपछि गाइगुइँ सुनिन थाल्यो, ‘ काठमाडौंको काँडाघारीमा बच्चा अपहरण गरेका २ जनालाई प्रहरीले गोली हानेर मारेको रहेछ ।’ 

त्यहाँ गोली हानेर मारिनेमा सिन्धुपाल्चोकका गोपाल तामाङ र नुवाकोटका अजय तामाङ थिए । प्रहरीका अनुसार गोपाल र अजयले आइतवार साँझ काठमाडौंको काँडाघारीबाट ११ वर्षीय निशान खड्काको अपहरण गरी भक्तपुरको सानोठिमीमा लगेर हत्या गरेका थिए ।

गोपाल र अजयमाथि ‘इन्काउन्टर’ भएको २ दिनपछि (बुधवार) दिउँसो लोकान्तरकर्मी ‘इनकाउन्टर स्पट’मा पुग्दा सुनसान थियो । सडकमा फाट्टफुट्ट सवारीका साधन चलिरहेका थिए । छेउमै बस्ती र प्राथमिक तहको विद्यालय पनि छ । तर स्थानीयहरू त्यो ठाउँमा जान डराइरहेको जस्तो देखिन्थ्यो ।

यद्यपि त्यो ठाउँमा जाने नयाँ व्यक्तिहरूले भने ‘इन्काउन्टर स्पट’लाई ब्याकग्राउन्डमा राखेर ‘सेल्फी’ समेत खिचिरहेको देखियो ।

घुम्न आउने पर्यटकले घटनास्थललाई ब्याकग्राउन्डमा राखेर सेल्फी खिचिरहेको देख्दा सडकमा यात्रा गरिरहेका यात्रीहरू भने अचम्म मान्दै हेरिरहेका थिए । 

‘मान्छे मारेको ठाउँ भनेपछि त्यसैत्यसै डर लाग्दो रहेछ,’ सडकमा पैदल हिँडिरहेकी एक महिलाले भनिन्, ‘तपाईंहरू त फोटो खिच्न आउनुभएको रहेछ, हामीलाई त यहाँ हिँड्न पनि नपरोस् भन्ने लाग्छ ।’

घटनास्थलनजिकै घर भएको बताउने उनले घटना भएको बेला आफूले ५ पटक गोली चलेको आवाज सुनेको बताइन् । ‘ठूलो पानी परिरहेकाले राम्ररी सुन्न त सकिनँ,’ लोकान्तरकर्मीको जिज्ञासामा ती महिलाले भनिन्, ‘भटटट... गरेको आवाज भने ५ पटक सुनिएको थियो ।’

पैदलयात्री महिलासँग कुराकानी गर्दागर्दै स्कुटरमा आएका एक युवकले भने ‘अपहरणकारी’लाई गोली हान्दा आफू घटनास्थलनजिकै रहेको बताए । 

‘प्रहरीले सडकमा उभिन समेत दिएका थिएनन् । तर हामीले तलबाट के भइरहेको छ भनेर हेरिरहेका थियौं । हामी त्यहाँ पुगेको ५ मिनेटपछि त गोली नै चल्यो,’ नाम उल्लेख नगर्ने शर्तमा ती युवाले घटना विवरण सुनाउँदै भने, ‘हामीले त प्रस्ट देखेनौं, तर हामीभन्दा अगाडि नै त्यहाँ पुगेका अरु व्यक्तिले भने दुईजना केटाहरूलाई गाडीमा ल्याएर गोली हानेको कुरा गरिरहेका थिए ।’

रुखमा खोपिएको ब्लेड र भूइँमा छरपस्ट परेका पञ्जा

महानगरीय प्रहरी अपराध महाशाखाले गोपाल र अजयसँगको ‘मुठभेड’का क्रममा १९ राउन्ड गोली चलाएको प्रारम्भिक जानकारी दिएको थियो ।

निशानका अपहरणकारीलाई ‘इनकाउन्टर’मा मारिएको घटनाबारे बुझ्न जाँदा सोमवार दिउँसो १:४५ बजेतिर महानगरीय प्रहरी अपराध महाशाखाको प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक नरेन्द्र उप्रेती घटनाबारे विवरण लिइरहेका थिए । इन्काउन्टर भएको स्थानमा रहेका रहेका एक प्रहरी नायव उपरीक्षकसँगको मोबाइल कुराकानीमा सोध्दै थिए, ‘कति गोली चल्यो भनेर भनुँ यता मैले मिडियालाई ?’

उताबाट केही जवाफ आएपछि उनले भने, ‘त्यसो भए १९ गोली लाग्यो भनेर भनिएदिएँ है त मैले...’  अाफ्नाे अगाडि उभिएका सञ्चारकर्मीलाई उप्रेतीले भने, ‘सुन्नुभयो त, १९ राउन्ड गोली चलेको रहेछ ।’

तर घटनास्थलमा भने १९ गोली चलेको जस्तो अवस्था देखिँदैनथ्यो । जंगलको बीचमा १९ गोली चल्दा सबै गोली ‘भागिरहेका’ अपहरणकारीलाई लाग्ने अवस्था हुँदैन । केही गोली रुखमा लाग्ने स्वभाविक अवस्था हुन्छ । तर घटनास्थलमा हेर्दा एउटा पनि रुखमा गोली लागेको देखिएन । बरु एउटा रुखमा खोपिएको ब्लेडले भने थुप्रै आशंका गर्ने ठाउँ छाडिदिएको छ ।

प्रहरीले इन्काउन्टर गरेर ढलेका गोपालको छेउमै रहेको रुखमा एउटा ब्लेड खोपिएको देखिन्छ । पानीपरेपछि ब्लेडमा लागेको रगत बगेर रुखमा लागेको रातो दाग देख्न सकिन्छ । 

इन्काउन्टरको फोटो खिच्न घटनास्थलमा पुगेका एक दैनिक पत्रिकाका फोटोग्राफरले आफूले खिचेको तस्वीर देखाउँदै गोपालको पेटमा ब्लेडले चिरिएको जस्तो घाउ देखाएका थिए । फोटोमा हेर्दा अजयको पेट र छातीमाथि देखिएको घाउ गोली लागेको जस्तो देखिँदैनथ्यो । उनको छातीमा ब्लेडले चिरेकोजस्तो देखिन्थ्यो । 

यस्तै अजय र गोपाललाई इन्काउन्टर गरिएको जंगलभित्र यत्रतत्र छरिएको अवस्थामा तीन जोर पञ्जा समेत देखिए । पञ्जामा भने रगतको दाग थिएन ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x