कात्तिक १९, २०८०
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
विराटनगर –गत बैशाख २२ गते साँझ साढे ७ बजे तीर्थयात्रामा गएको एउटा माइक्रोबस सडक ‘डिभाइडर’सँग ठोक्किएर दुर्घटना हुन पुग्यो । माइक्रोमा सवार सबै १० महिला घाइते भए ।
माइक्रो चालकले तीव्र गतिमा चलाएको कारण ‘डिभाइडर’ भए÷नभएको पत्तै लगाउन सकेनन् । माइक्रो अचानक डिभाइडरमा ठोक्कियो । घटनामा परेका सबै घाइते हाल सकुशल छन् । माइक्रो चालक आजसम्म पनि फरार छन् ।
माइक्रोबस दुर्घटनाको कारण थियो सडकका विचमा राखिएका डिभाइडर । त्यसलगत्तै असार १६ गते पिपलचोकमा पिक अप भ्यान र कार राति ८ बजेको समयमा एकआपसमा ठोक्किन पुगे । साउन ४ गते एउटा यात्रुवाहक बसले सिकारु चालकले सडक पार गराइरहेको भ्यानलाई ठक्कर दियो ।
सबै घटनाको साझा कारण थियो, रंग नपोतिएका डिभाइडर । बरगाछीदेखि दुग्ध विकास संस्थान अगाडिसम्म सडकबीच राखिएका डिभाइडर यतिबेला सवारीचालकको लागि दुर्घटना गराउने थलो बनेका छन् ।
सडक विस्तारका क्रममा ६ लेन परियोजना अन्तर्गत जोगबनीदेखि किमाथाङ्गकासम्म सडक बनाउने काम भइरहेको छ । पहिलो चरण अन्तर्गत रानी–विराटनगर–इटहरीदेखि तरहरासम्मको सडक ६ लेनको बनाउने काम धमाधम भइरहेको छ । हरेक दिन विराटनगर–धरान चल्ने यात्रुवाहक बस चलाउने सवारी चालक गंगा बराललाई पनि सडकको विचमा राखिएका डिभाइडरले निक्कै तनाव दिने गरेको छ ।
‘कहिलेकाहीँ बस चलाउँदा डिभाइडरले तर्साउँछ,’ उनी भन्छन्, ‘सडकमा डिभाइडर त राख्यौ । तर, राति अँध्यारोमा टल्कने ट्राफिक चिन्ह नराख्दा सबै सवारी चालकलाई समस्या हुने गरेको छ ।’ नियमित सवारीसाधन चलाउँदै आएका सिन्धुलीका ट्यांकर चालक खेम राईलाई पनि डिभाइडर राखेर पनि रंग अर्थात् डिभाइडरमा रंग नलगाएकोमा चित्त बुझेको छैन ।
हप्तामा ३–४ पटक आयल निगममा तेल किन्न आउने उनी आयल निगममा सडक पार गरेर जान राति डिभाइडर मधुरो देखिने गरेका कारण दुर्घटनाको त्रास हुने बताउँछन् । उनी भन्छन् ‘डिभाइडर राखेपनि यसलाई व्यवस्थित रुपमा नराखिँदा हामी सवारी चालकलाई सवारी चलाउनै असहज भएको छ ।’
ट्राफिकको ‘जेब्रा क्रसिङ’
निर्माण कम्पनीले सवारी साधनको आवतजावत हुने व्यस्त सडकको डिभाइडरमा राखिनुपर्ने सन्देशमूलक चिह्न नराखिँदा दुर्घटना बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले राखिएका डिभाइडरमा केही ठाउँमा रातो, पहेलो टल्कने स्टीकर राखेको जनाएको छ । ट्राफिकले राखेका भनिएका स्टीकर सबै च्यातिएका छन् । स्टीकर कुनै स्थानमा छन् भने कतिपय स्थानमा स्टीकर राखिएको छैन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका ट्राफिक प्रहरी निरीक्षक शिव पोखरेलले सडक बनाउने प्रक्रिया भइरहेका कारण कतिपय स्थानमा समस्या भएको बताए । ‘प्रायः रोड क्रसिङ स्थानमा चिह्न लगाइसकेको तर डिभाइडरमा रंग लगाउने जिम्मा सडक निर्माणको जिम्मा लिएको ठेकेदारको हो,’ उनले भने, ‘ठेकेदारबाट ढिलो भएका कारण अलि समस्या देखिएको छ, हामीले रोडक्रस गर्नको लागि जेब्रा क्रसजस्ता चिह्न बनाइसकेका छौं ।’
तर, जेब्रा क्रसिङ बनाउने दायित्व पनि ६ लेन सडक आयोजना अन्तर्गतको ठेकेदार कम्पनीको हो । जिल्ला ट्राफिक कार्यालय मोरङको तथ्यांकमा ४ महिनाको अवधिमा करीब १ दर्जन सवारी दुर्घटना डिभाइडरमा ठेक्किएर भएका छन् ।
ठेक्कामै लापरवाही
सडक आयोजनाले यस बारेमा ठेकेदार कम्पनीको दोषभन्दा पनि टेण्डर नै गलत भएको बताएको छ । शुरूको सडक बनाउने बेला भएको टेण्डरमा नै डिभाइडरमा लगाउने रिफ्लेक्सन कलर गर्ने दायित्व ठेकेदारलाई दिइनुपर्नेमा छुटेको रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक परियोजनाका इन्जिनियर सुमोद पोखरेलले बताए ।
तत्काल फेरि अर्काे ठेक्का लगाउने अवस्था नरहेका कारण समस्या भएको उनले बताए । ‘अहिले काम गरिरहेको ठेकेदार कम्पनी एआइपीएल–पप्पु जेभीले सम्पन्न भएको काम जिम्मा नलगाउँदासम्म अर्को ठेक्का लगाउन सक्ने अवस्थामा परियोजना छैन,’ इन्जिनियर पोखरेलले भने । ‘रातिको समयमा दुर्घटना हुन नदिनको लागि डिभाइडरको दुवै साइडमा टल्किने रातो बत्ति (क्याट आई) राखिएको छ, त्यसले केही हदसम्म दुर्घटना न्यूनिकरण गराएको छ,’ उनले भने ।
एकै ठाउँमा ३ ठेकेदार कम्पनीले काम गर्दा एकले अर्कोको कामको व्यवस्थापन नमिल्दा सडकको काम पूरा गर्ने काममा ढिलाइ भएको छ भने निर्माणाधीन सडकका कारण दुर्घटना पनि भइरहेका छन् ।
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...