×

NMB BANK
NIC ASIA

दाजुभाईको दीर्घायूको लागि तीजको ब्रत : रानाथारुमा सावनको डोलाको रौनक

साउन २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी – 
कौने हि बनकी डाँडिया रे ।
कौने हि बनकी चारौं खम्बा रे ।
खम्बाके उप्पर रंग रोसनी
बजट मधुरी बेन रे ।।

Muktinath Bank

रानाथारु भाषामा गाइने पंक्तिको अर्थ हो – कुन वनको हाँगा । कुन वनको चार खमा । खमाको माथि रंगीविरंंगी । बज्दैछ माधुर बाँसुरी ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उल्लेखित पंक्ति पश्चिम नेपालको कैलाली–कञ्चनपुरको ग्रामीण बस्तीमा आजभोलि लोकलयमा गुञ्जिने साउने भाका हो । आदिवासी रानाथारु जातिका चेलीहरूले गीतको माध्यमबाट आफ्नो मनको भावना, पीर व्यथा पोख्ने, १२ औं मासको बखान गरी गाइने गरिन्छ ।


Advertisment
Nabil box
Kumari

साउनको प्रतिपदा अर्थात् पूर्णिमाको दोस्रो दिनदेखि औंशीको तृतीयासम्मको अवधिमा रानाथारु जातिमा सावनको डोला मनाउने प्रचलन रहिआएको छ । सावनको डोला अर्थात् साउन महिनामा सामूहिक झुला (पिङ) बनाएर झुल्ने, गीत गाउने, खानपान गर्ने महत्त्वपूर्ण पर्व हो ।

Vianet communication
Laxmi Bank

धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँस्थित नवदूर्गा यूवा क्लबका अध्यक्ष मेखराज रानाका अनुसार हाल उत्तरार्धमा पुगेको पर्वको निकै उल्लास बढेको छ । विवाहित चेलीहरू माइतीघर जाने क्रम पनि जारी रहेको छ भने बस्तीको पायक पर्ने स्थानमा सावनको डोला बनाएर रमाउने क्रम पनि बढेको अध्यक्ष रानाले जानकारी दिए ।

यति मात्रै नभइ सावनको डोलाको अन्तिम दिन अर्थात् औंशीको तृतीयामा मनाइने यस जातिको दोस्रो ठूलो पर्व तीजको तयारी पनि चलिरहेको छ ।

कमिलाको बली

रानाथारु जातिमा सावनको डोला बनाउने अनौठो विधि छ । जब विधिपूर्वक पूजापाठ गरी ४ वटा खमा गाडेर बलियो रसीले बाँधेर सावनको डोला तयार पारिन्छ । तब रसीको मुख्य गाँठो अर्थात् मुरियाको पूजापाठसँगै जंगलबाट चिटी (कमिला) ल्याएर सावनको डोलाको उद्घाटन गर्ने अनौठो विधि रहिआएको छ ।

जंगलबाट ल्याएको चिटीलाई सावनको डोलामा झुलाउने अर्थात् बली दिएपछि चेलीबेटीहरूले रमाइलो गरी पिङ खेल्ने प्रचलन रहेको बताउँछन् क्लबका अध्यक्ष राना । यसरी पूजापाठ गर्दा पिङ खेल्ने बेलामा हानी नोक्सानी नहुने जनविश्वास रहिआएको हो ।

दाजुभाईको लागि तीजको ब्रत

सावनको डोलाको अन्तिम तथा बिसर्जनको दिनलाई रानाथारुले विशेष तरिकाले मनाउँदै आएका छन् । उसैपनि दोस्रो ठूलो पर्वको रुपमा मनाउँदै आएको यो जातिले मनाउनुको उद्देश्य नै पृथक छ ।
हिन्दू धर्मावलम्बी नारीहरूले तीजमा राम्रो बर पाउन तथा पतिको दीर्घायूको लागि ब्रत बस्छन् भने यो जातिका नारीहरूले दाजुभाई, भतिजाहरूको सु–स्वास्थ्य र दीर्घायुको लागि ब्रत बस्दै आएको कैलाली गाउँकी ७७ वर्षीया छिद्दो रानाले बताइन् ।

उनले अगाडि भनिन्, ‘तीज हाम्रो महान पर्व हो । हामी माइतीमै गएर यो पर्व मनाउँछौ । खासगरी दाजुभाई र भतिजाको दीर्घायूको कामना गरी तीजमा निराहार ब्रत बस्छौं ।’

उनकै अनुसार तीजको दिन महिलाहरूले विहानै नुहाइ–धुवाई गर्छन् । त्यसपछि विभिन्न परिकार बनाउनमा जुट्छन् । तीजमा खासगरी सिम्ही, पुरी, गुलगुला, चनौसा तयार गर्छन् । साथै, पूजापाठको लागि फूलपाती, मिष्ठाई पनि तयार गर्छन् ।

पूजापाठको लागि चाहिने सबै परिकार तथा सामग्री तयार गरेपछि गाउँको नजिकैको नदी नाला, खोला या पोखरीमा सेलाउन जाने पनि प्रचलन यो जातिमा रहिआएको छ । सेलाउनु जानु पहिले ब्रतालु महिलाहरूले साउनको डोलामा खमा बाँध्न प्रयोग भएको रसीको मूल गाँठो मुरियालाई पनि काटेर सेलाउन लैजाने प्रचलन रहेको छ ।

रानाथारु अगुवा सन्तराम रानाका अनुसार जब नदी पुग्छन्, तब ब्रतालुहरूले झुर्की (कुश) मा गाँठो पारी उखेल्ने र अरु सामग्रीसँगै सेलाइन्छ । विवाहित महिलाले ७ वटा र अविवाहित महिलाले ५ वटा गाँठो पार्ने गर्छन् । सेलाउने क्रममा चाँदीलगायत धातु पानीमा छुवाउने पनि चलन गरेको छ । जसबाट भाजुभाईले गरेको कुकर्म पखालिने र सत्मार्ग लाग्ने जनविश्वास रहेको पनि रानाको भनाई छ ।

सेलाउने क्रममा विधिवारे उल्लेख गर्दै उनी भन्छन्, ‘घरबाट सेलाउन लगिएको चनौसा, मिष्ठान, फूलपाती, मुरिया, झुर्की लगायत सामग्री पानीमा सेलाछन् र गंगा मातासँग अनुनय गर्छन्, उरही–उरही जैसी नदियाक् धार बहे, ओइसी मेर दादा भैया भतिजके उमर बह्रे(जसरी नदीको धार बहन्छ, त्यसरी नै मेरो दाजुभाई भतिजोको उमेर बढोस्) ।’

उता, घर फर्किने बाटो नै बन्द गरेर गाउँका युवाहरू बसेका हुन्छन् । उनीहरूले सेलाएर बाँकी रहेका परिकार खान पाउँ भन्दै बाटो बन्द गरेर बसेका हुन्छन् । जब ब्रतालुहरूले बाटो छेकेर बसेकालाई त्यहाँ लगिएको परिकार बाँड्छन्, तब मात्रै बाटो खुला गर्छन् । यसरी लगिएको परिकार बाँडीचुडी खाइसकेपछि सबै जना घर फर्कन्छन् । र, विधिवत रुपमा सावनको डोला र तीजको समापन हुन्छ ।

पश्चिमा संस्कृतिको प्रभाव

अन्य वर्ग समु्दायको मौलिक संस्कृतिमामा जस्तै रानाथारु समुदायको संस्कृतिमा पनि पश्चिमा संस्कृतिले नराम्ररी प्रभाव पारेको छ । ७ नम्बर प्रदेशसभा सांसद तथा रानाथारु अगुवा मालामतिले पश्चिमा संस्कृतिको कारण रानाथारु समुदायको मौलिक पर्वहरू लोप हुने क्रममा रहेको बताइन् । मौलिक संस्कृति नवपिँढीमा पुस्तान्तरण नहुँदा सावनको डोलामा गाइने गीत लोप हुँदै गएको बताइन् । 

यति मात्रै नभई कतिपय राना वस्तीमा सावनको डोला बनाउने संस्कृति समेत हराउन थालेको बताउँदै उनले संरक्षण सम्वद्र्धनमा राज्यको ध्यान जान उत्तिकै जरुरी रहेको औल्याइन् । चाडपर्वको नकारात्मक पक्षलाई परिमार्जन गरेर भएपनि मौलिक संस्कृति संरक्षण र सम्वद्र्धन गर्नुपर्नेमा जोड दिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x