×

NMB BANK
NIC ASIA

'गरीब' प्रदेशका मन्त्रीको भ्रमण भत्ता – ५ महिनामा ६ लाख

साउन २७, २०७५

NTC
Sarbottam
कर्णालीको मन्त्रिपरिषद्
Premier Steels
Marvel

सुर्खेत –मुलुकका सात प्रदेशमध्ये कर्णाली प्रदेशलाई सबैभन्दा गरीब प्रदेश भन्ने गरिएको छ । सरकारी तथा विभिन्न गैरसरकारी निकायले समयसमयमा सार्वजनिक गर्ने तथ्याङ्कहरूले पनि यस्तै देखाउँछन् ।

Sagarmatha Cement
Muktinath Bank

मुख्यमन्त्री र मन्त्रीहरूले पनि बारम्बार कर्णाली प्रदेश गरीब भएको बताउँदै आएका छन् । तर गरीब प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले शपथग्रहण भएको फागुन ६ गतेदेखि असार मसान्तसम्म ६ लाख रुपैयाँ भ्रमण भत्तामै खर्चेको पाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत आर्थिक वर्ष २०७४ र ७५ को फागुन ६ गतेदेखि असार मसान्तसम्म मन्त्रीहरूले ६ लाख २ हजार २ सय भ्रमण भत्ता बुझेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

कार्यालयकाअनुसार सबैभन्दा कम सामाजिक विकास मन्त्री दल रावलले जम्मा ४५ सय बुझेका छन् भने सबैभन्दा बढी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले १ लाख ४८ हजार  २ सय २५ रुपैयाँ बुझेकी छिन् ।

Vianet communication
Laxmi Bank

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले एक लाख २९ हजार ३०० रुपैयाँ बुझेका छन् भने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ९२ हजार  ६ सय बुझेको कार्यालयले जनाएको छ ।

त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले ९० हजार ४२५ रुपैयाँ बुझेका छन् भने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले ७२ हजार ४ सय २५ र भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीले ६४ हजार ७२५ रुपैयाँ भ्रमण भत्ता बुझेका छन् ।

सरकारले मुख्यमन्त्रीको दैनिक भ्रमण भत्ता २५ सय र मन्त्रीहरूको २ हजार तोकेको छ । त्यस्तै मुख्यमन्त्रीले मासिक रूपमा ५९ हजार ९ सय तलब लिँदै आएका छन् भने मन्त्रीहरूले ५२ हजार तलब बुझ्दै आएका छन् ।

स्रोतका अनुसार मुख्यमन्त्री तथा मन्त्रहिरूलाई उक्त दैनिक भ्रमण भत्ताबाटै खाने र बस्ने व्यवस्था गर्नुपर्ने बाध्यता रहेको जनाएको छ । स्रोतले उक्त रकम कम हुन जाने बतायो ।

यता, कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रीहरूले प्रति भ्रमणमा बढीमा ५ दिनसम्मको भ्रमण भत्ता मात्रै लिने निर्णय गरेको बताइएको छ । 

त्यो भन्दा बढी दिन बस्नुपरेमा कसैले पनि बढी दिनको भत्ता नलिने गरेको स्रोतको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x