भदौ ७, २०८०
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
काठमाडौं – स्विडेनकी एक दन्तचिकित्सक एली होल्मनलाई उनकी चार वर्षीया छोरी बीबीसँगै तीन दिन हिरासतमा पठाइएकोमा अहिले मुक्त गरिएको छ ।
लन्डनबाट दुबई गइरहेकी एलीले उडानमा एक गिलास वाइन मागेकी थिइन् । उनलाई दुबईमा ओर्लिनेबित्तिकै पक्राउ गरियो ।
तीन दिन हिरासतमा राखेपछि एलीलाई एक वर्षका लागि कारागार पठाइने सजाय सुनाइयो । एलीको राहदानी पनि सीज गरियो ।
एलीलाई सोधियो, ‘तपाईंले रक्सी पिउनुभएको छ ?’ उनले 'छ' भन्नेबित्तिकै पक्राउ गरियो ।
एलीलाई कारागार पठाइनुअघि पाँच दिन ब्रेक दिइएको थियो र त्यस अवधिमा आफ्ना साथी र नातेदारलाई भेट्न दिइएको थियो ।
तर एलीको परिवारले निकै धेरै पैसा खर्च गरिसकेपछि यूएई सरकारले उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै उनलाई रिहा गरिदिएको छ । उनी आइतवार बेलायत फर्किंदैछिन् ।
यूएईकी एक अधिकारी राधा स्टर्लिङका अनुसार, ‘हाम्रो देशमा विदेशीले रक्सी पिउन छुट छ भनी भ्रम फैलाइएको छ । तर कुनै पनि पर्यटकको रगतमा एक थोपा पनि अल्कोहल पाइनु पूरै अवैध हो ।’
एलीले जेलको वर्णन गर्दै भनिन्, ‘हामीलाई सुत्नका लागि फोहोरी गद्दा दिए । खानबाट पनि फोहोरको गन्ध आइरहेको थियो । म तीन दिन झिमिक्कै गर्न सकिनँ । उनीहरूले हामीलाई कसैसँग पनि भेट्न दिएनन् । हामीले कसैसँग कुरा गर्न
पाएनौं ।’
एजेन्सी
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...