×

NMB BANK
NIC ASIA

घरबिदामा आएका कामदार पुनः कतार जान पाएनन्

साउन २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौ-विगत लामो समयदेखि श्रम स्वीकृति दिने कार्य बन्द भएकाले वैदेशिक रोजगारीमा गई घर बिदामा आएका कामदार पुनः कतार जान पाएका छैनन् । घरेलु कामदारको रुपमा विभिन्न मुलुकमा पुगेका नेपाली युवा÷युवतीले ज्यादै दुःख पाएको र घरेलु हिंसामा परेको जनगुनासो आएपछि सरकारले विगत डेढ वर्षअघिदेखि घरेलु कामदारलाई श्रमस्वीकृति नदिने निर्णय लिएकाले अहिले घर बिदामा आएर पुनः श्रम स्वीकृति लिएर जाने तयारीमा रहेका ती कामदारहरु मर्कामा परेका हुन ।
संसदको श्रम समितिले निर्देशन दिएपछि सरकारले २०७३ सालको २२ चैतदेखि खाडी मुलुकमा घरेलु कामदार पठाउन प्रतिवन्ध लगाएको थियो । सोही निर्देशन पछि वैदेशिक रोजगार विभागले घरेलु कामदारलाई पुनः श्रमस्वीकृति दिने कार्य बन्द गरेका कारण अहिले विगत १२÷१५ वर्षदेखि विदेशमा रहेका नेपाली कामदार आफ्नो घर आउन पाएका छैनन् भने उताबाट घरबिदामा आएकाहरु समेत पुनः श्रमस्वीकृति लिएर जान पाएका छैनन् । विगत १५ वर्षदेखि कतारको एक राजपरिवारको घरमा काम गर्दै आएका बेल्कोटगढी नगरपालीका –११ नुवाकोटका कृष्णमुरारी पाण्डेले वैदेशिक रोजगार विभागले पुनः श्रमस्वीकृति नदिएकाले आफु गम्भिर मारमा परेको बताए ।

Muktinath Bank

तीन महिनाअघि सामान्य बिरामी भई घरबिदामा आएको बताउँदै उनले भने, ‘मैले उताबाट स्वदेश फर्किने बेला कतारस्थित नेपाली दूतावासको पत्र बोकेर आउँदा पनि पुनः श्रमस्वीकृति पाइएन’। उनले अहिले यहाँका केही बिचौलियाहरुले आफुलाई बढी पैसा लिएर श्रम स्वीकृति दिन्छु अथवा भारतीय बाटोहुँदै गए भइहाल्छनी भन्दाभन्दैपछि अहिले आफु वैधानिक रुपमा मात्र जान चाहेकाले जान नपाएको गुनासो गरे ।
 उनले घर बिदामा आएको भिषाको समय त्यसै खेर गएपछि आफुले कतारमा १५ वर्षभन्दाबढी समय एउटै कम्पनीका काम गरेर पनि त्यहाँबाट आफुले सबै हिसावकिताव गरि पाउने करिब १५÷१८ लाख रुपैयाँ त्यसै गुमाउनुपरेको बताए । पुनः श्रमस्वीकृति नपाएकै कारण अहिले पाण्डे मात्र नभएर धेरै कामदार मर्कामा परेका छन् । राजधानी दैनिकमा खबर छापिएकाे छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x