×

NMB BANK
NIC ASIA

गिनिज बूकमा नाम लेखाउन मन्त्रीले गरेको प्रस्ताव किन गरे सुवालले अस्वीकार ?

साउन २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सोमवार प्रतिनिधिसभा बैठकमा सरकारले ५ वटा विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो ।

Muktinath Bank

पाँचमध्ये ४ वटा विधेयकमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले ४ वटा विधेयकमा विरोधको सूचना पेश गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुवाल संसदको बैठकमा शुरुदेखि अन्तिमसम्म बसिरहेका हुन्छन् । प्राय: विधेकयमा विरोधको सूचना दिने, संशोधन प्रस्ताव दर्ता गराउने तथा मन्त्रीलाई प्रश्न सोध्नेमा उनी अगाडि हुन्छन् ।


Advertisment
Nabil box
Kumari

सांसद सुवालको कामप्रति उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सोमवार खुलेर प्रसंशा गरे । सांसद सुवालको नाम गिनिज बूकमा लेखाउने पहल होस् भनेर सदनमा माग गरे ।

Vianet communication
Laxmi Bank

ʻधेरै माननीय आउनुहुन्छ, सही गरेर जानुहुन्छ, तर माननीय प्रेम सुवाल बैठकमा बस्नुहुन्छ र प्रत्येक चिजमा सचेत गराउनुहुन्छ । त्यस मानेमा पनि धन्यवाद दिनुपर्छ,ʼ उपभोक्ता संरक्षण विधेयकमा सुवालले दिएको विरोधको सूचनामाथि जवाफ दिने क्रममा मन्त्री यादवले भने, ʻमाननीयज्यूलाई सुझाव दिन चाहन्छु, हामीलाई सचेत गराउँदै गर्ने, कुरा आइसकेएपछि फिर्ता लिने । यसर्थ उहाँको नाम गिनिज बूकमा लेखियोस्, त्यसका लागि पहल होस् ।ʼ

प्रत्येक विधेकयमा विरोधको सूचना दर्ता गराउने भएकोले मन्त्री यादवले सुवालको नाम गिनिज बूकमा लेखाउन प्रस्ताव गरेका थिए । तर सुवालले मन्त्रीको प्रस्ताव अस्वीकार गरे ।

ʻगिनिज बूकमा नाम लेखाउन होइन, नेपाली जनताले यस्तो अधिकार पाए हुन्छ भनेर कुरा राखेको थिएँ,ʼ सांसद सुवालले भने, ʻमन्त्रीजीको जवाफमा मैले राखेको कुरा आएन, त्यसकारण विरोधको सूचना फिर्ता नलिएको जानकारी गराउँछु,ʼ सुवालले भने ।

यसैबीच उपभोक्ता संरक्षण विधेयक- २०७५ संसदमा पेश भएको छ । मन्त्री यादवले सो विधेयक सोमवार प्रतिनिधिसभा बैठकमा टेबुल गरेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x