×

NMB BANK
NIC ASIA

भोजीपुर भाषाको मौलिकता जोगाउने प्रयाय, अश्लील गीत बजाउन नपाइने

साउन २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

वीरगञ्ज– भोजपुरी भाषाको मौलिकता जोगाउने अभियानमा पोखरियावासी लागेका छन् । 

पछिल्ला दिन मिठासपूर्ण तथा कर्णप्रिय भोजपुरी भाषामा अश्लीलता हावी हँुदै गएपछि उनीहरु यस्तो अभियानमा लागेका हुन् । 

भोजपुरी भाषामा अश्लील गीत बन्नु, डिजेबाट चर्को स्वरमा बजाइनु, मोबाइल पसलहरुमा जथाभावी रुपमा अश्लील गीत डाउनलोड गरिनु जस्ता कारण विकृति मौलाएको गुणासो पोखरियावासीको छ । 

यस्ता विकृतिलाई रोक्न पोखरिया नगरपालिकाले अश्लील भोजपुरी गीत बजाउन प्रतिबन्ध लगाएको छ । 

नगरपालिकाको बोर्ड बैठकले अश्लील भोजपुरी गीत बजाउनेलाई शुरुमा सम्झाउने, बुझाउने र यसो गर्दा पनि नमानेमा जरिवाना गर्ने निर्णय गरेको छ । 

पोखरिया नगरपालिकाका उपप्रमुख सलमा खातुनले भने, “समाजमा नकारात्मक प्रभाव पर्न थालेकाले अश्लील भोजपुरी गीत ठूलो स्वरमा बजाउन प्रतिबन्ध गरिएको छ ।” जबर्जस्ती यस्ता अश्लील गीत बजाउनेलाई दण्ड जरिवाना गर्ने निर्णयसमेत भएको उनले बताए । 

पोखरिया नगरपालिकाको यो निर्णयको सराहना गर्दै पोखरियावासीले यसले भोजपुरी भाषाको मौलिकता जोगाउन बल पुग्ने विश्वास व्यक्त गरेको छ । 

नगरपालिकाको यस निर्णयको स्वागत गदै वडा नं ४ का कन्हैया साह तथा वडा नं ९ का परमानन्दप्रसाद चौहान एकै स्वरमा भन्छन् – शहर बजारमा रहेको मोबाइल पसलमा यस्ता अश्लील भोजपुरी गीत डाउनलोड गर्नेहरुको भीडै लागेको हुन्छ । यसबाट विद्यालय जाने बालबालिकासमेत उच्छृङ्खल बनिसक्यो । 

प्रायः भोजपुरी चलचित्रमा हुने अश्लील गीतहरु परिवारसँगै बसेर हेर्न पनि लाज हुने उनीहरु बताउँछन् । 

पोखरिया नगरपालिकाभित्र करिब ४० हजार भोजपुरी भाषाभाषी रहेको अनुमान छ । 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x