कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौं – सोमवार विहान काठमाडौंको गोंगबु (नयाँ बसपार्क) क्षेत्रबाट बेपत्ता भएका बालक फेला परेका छन् ।
बालक सोमवार राति नै फेला परेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरायसी झगडाका कारण बालककी आमा सीता महतले ‘छोराको अपहरण’ भएको भन्दै मौखिक उजुरी दिएकी हुन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिका घर भएको बताउने सीताले आफू काठमाडौं आउने बेला बसमा चिनजान भएका दिलबहादुर कार्कीले बच्चा अपहरण गरेको उजुरी प्रहरीमा दिएकी थिइन् ।
काम विशेषले काठमाडौं आएकी सीताले बसपार्कमा ओर्लेर शौचालय जाने बेला बसमा चिनजान भएका कार्कीलाई बच्चा र झोला जिम्मा लगाएको बताएकी थिइन् । शौचालयबाट फर्किने बेला बच्चा र झोला लगेर कार्की फरार भएको भन्दै सीताले महानगरीय प्रहरी बृत्त बौद्धमा मौखिक उजुरी दिएकी थिइन् ।
महानगरीय प्रहरी बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामकुमार राईका अनुसार सीताले सोमवार विहान १० बजे मौखिक उजुरी दिएकी थिइन् ।
सीताको उजुरीका आधारमा प्रहरीले सोमवार दिनभर बच्चाको खोजी गरेको थियो ।
दिनभरी खोज्दा पनि बच्चा फेला नपरेपछि उजुरीकर्ता महिलामाथि नै छानबिन गरेको प्रहरीले बच्चा हराउनुको कारण घरायसी झगडा भएको पत्ता लगाएको छ ।
‘घरायसी झगडाका कारण बच्चा बेपत्ता भएको भनिएको रहेछ,’ महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले भन्यो, ‘पछि हराएका भनिएका बच्चा राति ८ बजेतिर परिवारको सम्पर्कमा आइसकेका छन् ।’
महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाबाट खटिएको विशेष टोलीले दिनभर बच्चाको खोजी गरेको थियो ।
साँझ आमासँग नै सोधपुछ गर्दा हराएका बच्चा फेला परेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धीरजप्रताप सिंहले लोकान्तरलाई बताए ।
प्रहरीका अनुसार आफू तनहुँबाट आएको बताउने महिला काठमाडौंको टोखामा बस्ने गर्छिन् ।
प्रहरीले सोमवार राति नै बच्चा र आमालाई उनीहरु बस्ने गरेको टोखाको घरमा पुर्याएर छाडेको छ ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...