×

NMB BANK
NIC ASIA

नागरिकता संशोधन विधेयकमा सत्तारुढ दलकै सांसदको विरोध

साउन २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सरकारले संसदमा पेश गरेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक– २०७५ संविधानको व्यवस्थासँग बाझिने व्यवस्था ल्याइएको भन्दै संशोधनको माग गरेका छन् ।

Muktinath Bank

प्रतिनिधिसभामा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले विधेयकमा संशोधन जरुरी रहेको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पूर्वगृहमन्त्री समेत रहेका एमाले सांसद भीम रावलले विधेयक संविधानसँग बाझिएकोले संविधानसँग अमिल्दा कुराहरू संशोधन गर्न माग गरे । 


Advertisment
Nabil box
Kumari

‘संविधानले खारेज गरेको व्यवस्थालाई ऐनमा किन ल्याउनुपर्‍यो ? जन्मसिद्ध नागरिकता प्रमाणित गर्न तीनजनाले सिफारिश गर्ने व्यवस्था अन्तरिम संविधानको हो । नेपालको संविधान कार्यान्वयन गर्नका लागि पुरानो व्यवस्था किन ल्याइयो ? विधेयक संविधानसँग बाझियो । नागरिकता नियमित हुन्छ, टोली खटाएर व्यवस्था गर्ने होइन । संविधानसँग अमिल्दा कुराहरू संशोधन गर्नुपर्छ,’ रावलले भने ।

Vianet communication
Laxmi Bank

तत्कालीन नेकपा एमालेको चुनाव चिह्न (सूर्य)बाट चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका हृदयेश त्रिपाठीले नागरिकताको कुरा आउनेवित्तिकै सबैको ध्यान तराई र सीमामा जाने गरेको बताए । 

‘संविधानमा आमा या बुवाको नामबाट नागरिकता दिने व्यवस्था थियो । कुन नक्षत्र लागेपछि यो कार्यान्वयनमा आउँछ ? नागरिकता दिन राज्यलाई कब्जियत हुने कारण के हो ?’ त्रिपाठीले भने । 

नेपाली कांग्रेसका भरतकुमार शाहले वैवाहिक अंगीकृतमा थपिएको व्यवस्थाले जटिलता ल्याउने बताए । 

राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले खुला सीमा रहेको हाम्रो जस्तो देशमा नागरिकतामा कठोर नीति ल्याउनुपर्ने बताइन् ।

‘नागरिकता सार्वभौमिकता, राष्ट्रियता र राष्ट्रिय अखण्डतासँग जोडिएकोले कठोर विधि अपनाउनुपर्छ । बसको टिकटजस्तो वितरण गर्न हुँदैन,’ उनले भनिन्, ‘नेपालबाट विवाह गरेर छिमेक गएकी बुहारीलाई त्यहाँ नागरिकता पाउन ७ वर्ष लाग्छ, तर यहाँ नागरिकता दिने विधि फिलतो बनाउन मिल्छ ? नागरिकताको कारण फिजी गुलाम बन्नु परेको भूल्न मिल्छ ?’

नेमकिपाका प्रेम सुवालले नागरिकता सार्वभौमिमकता र स्वतन्त्रतासँग जोडिएको विषय भएकोले नागरिकता बस र सिनेमाहलको टिकटजस्तो सस्तो बनाउन नहुने बताए । 

त्यसअघि बैठकमा गृहमन्त्री रामबहादुर थापाले नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x