×

NMB BANK
NIC ASIA

मिथिलामा मधुश्रावणी : हजारौं नवविवाहित महिलाले ‘अग्निपरीक्षा’ दिँदै !

साउन २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – मिथिलाञ्चल क्षेत्रमा आज हजारौं महिलाले अग्निपरीक्षा दिइरहेका छन्, आफ्नो पतिको लामो आयूको कामनाका लागि ।

Muktinath Bank

मिथिलाञ्चलमा केही समुदाय ब्राम्हण, कायस्थ र सोनार जातिमा नवविवाहिता महिलाले आफ्नो पतिको दीर्घायूको कामनाका लागि आज अग्निपरीक्षाबाट गुज्रिनुपर्ने हुन्छ । रामायण कालमा सीताले अग्निपरीक्षाबाट आफूलाई परीक्षित गर्नुपरेको भएपनि आजको एकाइसौं शताब्दीमा समेत मिथिलामा महिलाले अग्निपरीक्षा दिने प्रचलन छ । तर, महिलाले त्यसलाई अन्यथा मान्दैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हजारौं वर्षदेखि चल्दै आएको लोक परम्परालाई सहर्ष स्वीकार गर्छन् ती महिलाहरू । अग्नी परीक्षाबाट जति ठूलो घाउ भयो, त्यत्ति नै आफ्नो नवविवाहित पतिको आयू पनि लामो हुने विश्वास छ । मधुश्रावणीको राति हजारौं नवविवाहित महिलाले अग्निपरीक्षा दिनुपर्नेछ ।


Advertisment
Nabil box
Kumari

मंगलवार मधुश्रावणीको अन्तिम दिन हो । नवविवाहित महिलालाई पतिले दुबै आँखा बन्द गर्ने छन् र १ जना महिलाका सहयोगी ‘बिधकरी’ महिलाले पानको पातमा प्वाल पारेर बल्दै गरेको दियोको ‘टेमी’ले खुट्टा र घुँडामा डाम्ने छन् । विधकरी ती महिला हुन्, जसमा विभिन्न पूजा तथा विधिविधान मिलाउन नवविवाहित महिलाकै दिदी, बहिनी वा आफन्त रहन्छन् ।

Vianet communication
Laxmi Bank

विहे भएको दिनदेखि नै विधकरी नवविवाहित महिला र पुरुष दम्पत्तिको सहयोगमा खटिएका हुन्छन् । टेमी भन्नाले बल्दै गरेको धागोको दियो हो । त्यो टेमीले डाम्दा नवविवाहित महिलालाई जति ठूलो फोका हुन्छ, त्यति नै लामो आयू उनको पतिको हुन्छ भन्ने मान्यता रहँदै आएको छ ।

के हो मधुश्रावणी पर्व ?

मिथिलामा नवविवाहित महिलाले मनाउने अति नै विशिष्ट पर्व हो मधुश्रावणी । साउन महिनाको कृष्ण पक्षको पञ्चमी तिथिदेखि मधुश्रावणी पर्व शुरू हुन्छ । साउन महिनाकै शुक्ल पक्षको तृतीया तिथि अर्थात् मंगलवार सम्पन्न हुँदैछ । पूजाको समयावधि १३ दिनको हुन्छ ।

ब्रत शुरू हुने पञ्चमीका दिन नवविवाहित महिलाको ससुराली पक्षबाट खानेकुरा, कपडा लत्ता, पूजाका विभिन्न सामग्री, माटोले बनाइएका नाग अर्थात् ‘विषधर’का मूर्ति भारको रूपमा आउने गर्छ ।

बेहुला पक्ष वा बेहुली पक्षबाट विभिन्न सामग्री पठाउँदा त्यसलाई भार भन्ने गरिन्छ । अहिले मधुश्रावणीमा बेहुला पक्षबाट बेहुली पक्षलाई भार आएको छ, ठीक त्यसैगरी कोजाग्रात पूर्णिमामा बेहुली पक्षले विभिन्न खाने सामग्री, लत्ताकपडा सहितका सामग्रीको भार बेहुला पक्षसमक्ष पुर्याउनुपर्ने हुन्छ ।

ब्रतमा शिव, पार्वती, नाग, नागिन, बिषधर वा अन्य देवीदेवताको पूजा हुने गर्छ । प्रत्येक दिन ब्रतालु नवविवाहित महिला आफ्ना सखीसंगी, साथीसँगै भगवतीका गीत गाउँदै फूल टिप्न बागबगैंचामा जाने गर्छन् ।

कतिपय देवस्थल, तीर्थस्थल भएका ठाउँमा पुगेर विभिन्न बगैंचाबाट संकलन गरिएका फूललाई बाँसले बनेको हस्तनिर्मित डालामा सजाउने गरिन्छ । फूल टिप्ने कामलाई मिथिलामा ‘फूल लोरही’ पनि भनिन्छ ।

संकलित फूलले नै भोलिपल्ट बिहानको समयमा पूजा गर्दै देवी देवतालाई अर्पण गरिन्छ । १३ दिनसम्म प्रत्येक दिन अलग–अलग पूजा हुन्छ । प्रत्येक दिन अलग–अलग देवीदेवताका विभिन्न कथाहरू ब्रतालु महिलालाई सुनाइन्छ ।

मंगलवार तेह्रौ दिन अन्तिम दिन ‘मधुश्रावणी’ ब्रत समापन हुँदैछ । आजकै दिन पूजामा सहभागी हुने सबै सुहागिन (विवाहित) महिलालाई चुडी, सिन्दुर, टिका, लगायत शृंगारका वस्तु वितरण गरिन्छ । आजकै दिन विवाहित महिलालाई उनको पतिले सिन्दुर दान गर्ने छन् । विवाहका दिन गर्ने सिन्दुर दान आज पनि दोहोरिन्छ । त्यसपछि पतिले महिलाको दुवै आँखा आफ्नो हातले बन्द गर्ने छन् र बिधकरीले बल्दै गरेको दियो अर्थात् टेमीले दुवै खुट्टा र घुँडामा डाम्ने छन् ।

१३ दिनसम्म विवाहित महिलाले र बिधकरीले अनूना अर्थात् नुन नभएको खाना खान्छन् । ससुराली पक्षबाटै आएको लुगा लगाउँछन् । मंगलवार समापन भएका दिन मीठो परिकार खाने गरिन्छ । खीर, मिठाइ आदिको भोज हुने गर्छ ।

जनकपुरधाम उपमहानगरपालिका–९ की वर्षा झाको पनि केही महिनाअघि मात्र विवाह भएको छ । उनी पनि यस पटक मधुश्रावणी ब्रत गरिरहेकी छन् । ‘अग्निपरीक्षाभन्दा पनि आफ्नो सभ्यता, संस्कृति र परम्परालाई निरन्तरता दिँदा असाध्यै खुशी लागेको छ,’ वर्षाले भनिन्, ‘आदि–अनादि कालदेखि चलिआएको परम्परालाई अब आउने पुस्ताले पनि निरन्तरता देओस् भन्ने कामना समेत गर्दछु ।’

मिथिलाको सभ्यता, संस्कृति, परम्परा नै मिथिलाको सम्पत्ति रहेकाले पनि परम्परालाई दिन पाएकोमा आफूलाई गौरवपूर्ण अनुभूति समेत भएको वर्षाले बताइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x