×

NMB BANK
NIC ASIA

विद्यालयको खानेपानी ट्यांकीमा ‘खतरनाक’ विष : २० विद्यार्थी बिरामी, २ गम्भीर

साउन २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर – मोरङको लेटाङ नगरपालिकाको जाँतेस्थित श्री माध्यमिक विद्यालयको खानेपानी ट्यांकीमा अज्ञात व्यक्तिले विष मिसाइ दिँदा २० जना विद्यार्थी बिरामी परेका छन् भने २ जनाको अवस्था गम्भीर रहेको छ ।

Muktinath Bank

मंगलवार बिहान विद्यालय आएका विद्यार्थी पानी खाएपछि बिरामी परेका थिए । प्रावि तहका बालबालिकाले पानी खाएपनि थाहा नपाएको र माविका विद्यार्थीले गन्ध आएको थाहा पाएपछि घटना बाहिर आएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विद्यार्थी पानी खाने बित्तिकै किन बिरामी परे भनेर सोधीखोजी भएको थियो । तर, केही विषादी गन्हाएको थाहा पाएपछि बिरामीलाई तत्काल उपचारको लागि उपस्वास्थ्य चौकी पठाइएको थियो । पानीमा विष कसले हाल्यो भन्ने बारेमा केही नखुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

पानीमा साइपर मेथिन १० विषादी मिसाइएको पाइएको प्रहरीले जनाएको छ । प्रहरी चौकी जाँतेका सहायक प्रहरी निरीक्षक (असई) हरीनारायण राजवंशीले कक्षा १ देखि १० सम्मकै २० जना विद्यार्थी बिरामी भएकोमा २ जनाको अवस्था गम्भीर रहेको जानकारी दिए । 

Vianet communication
Laxmi Bank

गम्भीर बिरामी भएकामध्ये २ जना सृष्टी निरौला र खुस्बु मिश्रलाई थप उपचारको लागि विराटनगर पठाइएको उनले बताए । अन्य बिरामी १८ जनाको मंगलवारे उपस्वास्थ्य चौकी उर्लावारीमा उपचार भइरहेको छ । टाढाबाट विद्यालय आएका विद्यार्थी शुरूमै पानी खाने बित्तिकै बिरामी परेका थिए ।

विषादी हानिकारक 

विद्यालयको पानी ट्यांकीमा मिसाइएको साईपर मेथिन १० विषादी हानिकारक विष भएको विज्ञले बताएका छन् । विषादी विशेषत खेती र बालीमा किरा मार्न प्रयोग गरिने विषादी भएकाले हानिकारक रहेको बाली रोग विशेषज्ञ सागर भट्टराईले जानकारी दिए । 

‘यो विष हो । विभिन्न खेती प्रयोजनमा प्रयोग गरिन्छ । यो निकै कडा विष तर चाँडै खण्डित हुने भएकाले यसको ७ दिन वेटिङ पिरियड हुन्छ,’ उनले भने, ‘यो सिन्थेटिक पाइरीफ्लोराइड विषादी हो ।’ 

विष मान्छेसम्म आइपुग्दा पानी र विषको तालमेल नमिल्न पनि सक्ने उनले बताए । ‘यसमा पानीको मात्रा थपघट हुँदा विषादीको प्रभावकारीता पनि थपघट हुन्छ । ठूलो पानीको भोल्युममा थोरै विष मिसाइएको हो भने मान्छे बाँच्ने सम्भावना बढी हुन्छ,’ उनले भने, ‘यदि विषादीको पानीमा हाल्नुपर्ने मात्रा मिलेको अवस्थामा यो विषदी घातक हुन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x