×

NMB BANK
NIC ASIA

लगातार दुई छोरी जन्मिएपछि गगनलाई सांसदले नै सिकाएछन् छोरा जन्माउने उपाय !

साउन २९, २०७५

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता गगन थापाले महिला र पुरुष समान हुन्छन् भनेर कागजमा लेखे पनि धेरै मानिसको मस्तिष्कले त्यसलाई स्वीकारिनसकेको बताएका छन् ।

Muktinath Bank

मंगलबार प्रतिनिधिसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक– २०७५ माथिको छलफलमा भाग लिँदै थापाले भने– 'लेख्न त हामीले लेख्यौं सम्माननीय सभामुख महोदय! (महिला/पुरुष) समान हुन्छन् भनेर दस्तावेजमा छ । हाम्रो मन र मस्तिष्कले मान्या छैन । अझै ठान्छौं– महिला पुरुषमा आश्रित नै छन् । निर्भर नै छन् ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले संविधान र कानून संशोधन नै गरेर भने पनि गल्ती सच्याउनुपर्ने बताए ।


Advertisment
Nabil box
Kumari

'कानूनमा समान बनाउन संविधानले छेक्छ भने सुधारौं, तर गल्ती नदोहोर्‍याउँ । अहिले आमाको नामबाट नागरिकता दिने कुरालाई सहज बनाउने मौका आएको छ, यसमा नचुकौं,' थापाले भने ।

Vianet communication
Laxmi Bank

सो अवसरमा थापाले आफैंले भोगेको कुरालाई उदाहरणको रूपमा सुनाए । लगातार दुई छोरी जन्मिएपछि केही सांसदले आफूलाई छोरा जन्माउन मन्दिर र तन्त्रमन्त्रबारे सुझाएको उनको भनाइ थियो ।

के भने गगनले ?

सम्माननीय सभामुख महोदय !

२०६८ सालमा हाम्रो पहिलो छोरीको जन्म भयो । २०७१ सालमा म दोस्रो संविधानसभामा सदस्यको रूपमा निर्वाचित भएर आएँ । संयोगले पहिलो छोरी जन्मेको ठीक तीन वर्षपछि त्यही दिन हाम्रो दोस्रो छोरीको जन्म भयो ।

हामी त्यो बेलामा संविधानसभामा अघिल्लो संविधानसभाबाट आएका दस्तावेजमा छलफल गरिरहेका थियौं, महिला हकअधिकारको सम्बन्धमा, समान वंशीय अधिकारको सम्बन्धमा ।

अहिलेभन्दा फरक थियो संविधानसभाको माहोल । हामी फरक पार्टीका फरकफरक सांसद सबै मिल्ने साथी पनि थियौं ।

दोस्रो छोरी भएपछि मलाई मेरा थुप्रै साथी सांसदले सोध्नुभयो– के भयो ? मैले छोरी भयो भनें ।

धेरैले बधाई दिनुभयो ।

केहीले अनुमान लगाउनु भयो ।

दोस्रो पनि छोरी भयो भनेपछि म चिन्तित छु भन्ने अनुमान लगाएर केही सांसदले मन्दिरबारे बताउनुभयो, त्यहाँ गएर भाकल गरे तेस्रो छोरै हुन्छ भनेर ।

कतिले केही सन्तमहन्तबारे बताउनुभयो ।

म चिन्तित पनि भएँ । दु:खी पनि भएँ ।

लेख्न त हामीले लेख्यौं सम्माननीय सभामुख महोदय समान हुन्छ भनेर । दस्तावेजमा छ । तर हाम्रो मन र मस्तिष्कले मान्या छैन । अझै ठान्छौं महिला पुरुषमा आश्रित नै छन् । निर्भर नै छन् ।

अहिले पनि बराबर हुन्छ भनेर हामीले स्वीकारेका छैनौं । त्यसैले चुक्छौं । अहिले आमाको नामबाट नागरिकता दिने कुरालाई सहज बनाउने केही मौका आएको छ ।

कानूनमा समान बनाउन संविधानले छेक्छ भने सुधारौं, तर गल्ती नदोहोर्‍याउँ । सच्याउने बेला आएको छ, सच्याऔं ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x